गोठालो जाँदा एक बहुचर्चित तथा प्रख्यात नेपाली भाषाको आधुनिक गीत हो।[१] यस गीतमा स्वर नेपाली गीत सङ्गीत क्षेत्रमा ख्याति कमाउन सफल गायिका कुन्ती मोक्तानको रहेको छ। यो बहुचर्चित गीत भएकाले विभिन्न राष्ट्रिय पुरस्कार समेत प्राप्त गर्न सफल भएको थियो। यो कुन्ती मोक्तानको ४अौँ गीति सङ्गालो कृतिमा समावेश सर्वाधिक लोकप्रिय गीत हो।[१]

"गोठालो जाँदा"
कुन्ती मोक्तानको एकल
ढाँचा
  • डिजिटल डाउनलोड
किसिम
लम्बाई:११
लेबलम्युजिक नेपाल
गीतकार(हरू)शिलाबहादुर मोक्तान
साङ्गीतिक भिडियो
"गोठालो जाँदा" युट्युबमा हेर्नुहोस्

यस गीतमा छायाङ्कन विदुर पाण्डेले गरेका छन् भने सम्पादन प्रकाश तुलाधरले गरेका छन् र यस गीतलाई निर्देशन आलोक नेम्वाङले गरेका छन्। यस गीतमा शब्द गायिका कुन्ती मोक्तानका श्रीमान शिलाबहादुर मोक्तानको रहेको छ। गीत नेपाली गीत सङ्गीत बजारको लोकप्रिय प्रकाशन म्युजिक नेपालको युट्युब खातामाका ८ अगष्ट २०१३ दिन सार्वजनिक गरिएको थियो भने यसले असोज २०७६ सम्ममा २४ लाख अवलोकन प्राप्त गरेको छ।[२]

साङ्गीतिक श्रव्य दृश्य सम्पादन गर्नुहोस्

यसको आधिकारिक श्रव्य दृश्यको लम्बाई ५ मिनेट ११ सेकेण्डको रहेको छ। यसको सिआरबिटी अङ्क ०१३०००४१७१ हो। यस गीतलाई मादलको सुमधुर धुनले स्वागत गरेको छ। गीतको सुरुवाती छायाङ्कन रातमा गरिएको छ जसमा काठको मुडाहरू बालेर सबै जना साङ्गीतिक साधन लिएर उपस्थित छन्। एकैछिन पछि गायिका (कुन्ती मोक्तान)को पनि सवारी हुन्छ र उनी एउटा कुर्सीमा बस्छिन्। गायिकाको उपस्थिति पश्चात् सबै जना गीत सुन्नका लागि तयारी अवस्थामा रहि ताली बजाउन थाल्छन र बाध्यबाधन लिएर उपस्थित हुनेहरूले एकैसाथ बजाउन थाल्छन्। एकैछिन पछि गीतकी प्रमुख महिला पात्रको पनि आगमन हुन्छ। उनी भुँइमा राखेको बस्ने कुरा माथि बस्छिन् र गायिकाले आफ्नो गीत प्रस्तुत गर्न थाल्छिन् र उनले गीत सँगसँगै मुखको ताल मिलाउन थाल्छिन् ( गोठालो जाँदा लाएको माया…)। त्यसको केही बेर पछि, श्रव्य दृश्यको झलक गौचरनमा पुग्न जान्छ।

गीतकी प्रमुख महिला पात्रकी प्रेमी एउटा जीपमा त्यहाँ पुग्छन्। उनी एउटा रूख पछाडि लुक्छिन् र उनका प्रेमीले उनलाई यताउती खोज्छ्न। पछि दुबै जनाको भेट खुला ठाउँमा हुन्छ र प्रमुख पुरुष पात्रले उनको हात समाउँछन् र उनी रमाउँदै नाच्न थाल्छिन्। सो देखेर उनका प्रेमी खुसी हुन्छन्। एकैछिन पछि रातको दृश्य पुनः देखा पर्दछ जसमा गायिकाले गीतका साथै हातको लय मिलाउँछिन्। धुवाँ पछाडिको भागमा उनी टोलाउदै बस्छिन्। उनका प्रेमीले एउटा रूखको आड लागेर बस्दै गर्दा उनी आउँछिन् र पछाडिबाट आँखा छोप्छिन्। उनको हातमा पहिला देखिनै एउटा पत्र हुन्छ जुन उनले आफ्नी प्रेमिकालाई दिन्छन् र सो देखेर उनी दङ्ग पर्छिन्। सो पत्रमा उनी घर जाने कुरा समावेश हुन्छ। उनले आफ्ना प्रेमिका लिई जिप भएको ठाउँमा जान्छन् र उनी त्यसमा चढेर जान्छन् र उनले भ्याएसम्म उनलाई देख्न चेष्टा गर्छिन्। केही समयको अन्तराल पछि उनी गोठलो जाने क्रममा आफ्ना प्रेमीको सम्झनामा बसिरहेको बेलामा एउटा बालक पत्र लिएर दौडिदै उनी ठाउँमा आउँछ। पत्र पाउने बित्तिकै उनी एक फन्को घुमेर नाच्न थाल्छिन् र अत्याधिक खुसी हुन्छिन्। ढिस्कोको आढेर लागेर उनले चिठी खोल्छिन् जसमा उनले अर्कै जीवनसाथी खोजीसकेको लेखेका थिए जसमा उनको नाम पवन लेखिएको थियो। उनले उक्त पत्र प्राप्त गरेपछि दु:खी हुँदै चौरमा पल्टिएर वेदनाको गीत गाउँन थाल्छिन्। पुन: श्रव्य दृश्यमा रातको दृश्य समावेश हुन्छ जसमा गायिका (कुन्ती मोक्तान)ले गीत गाएको देखाइएको छ। एकैछिन पछि, उनका पूर्व प्रेमी र उनकी श्रीमती त्यहाँ आउँछन् र उभिएर मजा लिन थाल्छन्। उनले उनका पूर्व प्रेमी र उनका श्रीमतीलाई एकसाथ देख्छिन्। पछि उनीहरूको हेराहेर भएपछि उनकी श्रीमतीले उनलाई तानेर लग्छिन् र उनी एक्लै गोठालो जाँदै सो पलहरू सम्झिदै गीत गाउन थाल्छिन् र एकैछिन पछि उनका पूर्व प्रेमी त्यहाँ आउँछन् जुन उनको भ्रम हो त्यो आफै बिलाएर जान्छ।[३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ म्युजिक नेपाल (८ अगष्ट २०१३), "गोठालो जाँदा - नेपाली बहुचर्चित आधुनिक गीत", युट्युब, अन्तिम पहुँच १६ असोज २०७६ 
  2. म्युजिक म्याच, "गोठालो जाँदा गीतको शब्द (नेपालीमा)", अन्तिम पहुँच १६ असोज २०७६  वेब्याक मेसिन अभिलेखिकरण २०१९-१०-०६ मिति
  3. "गोठालो जाँदा बहुचर्चित गीत", जेन युट्युब, १६ असोज २०७६, अन्तिम पहुँच १६ असोज २०७६ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्