आलोक नेम्वाङ

नेपाली चलचित्र निर्देशक

आलोक नेम्वाङ (सन् १९७४ - सन् २०१४) एक नेपाली चलचित्र निर्देशक थिए । एक दशकको अन्तरालमा उनले निर्देशन गरेका चलचित्र र सङ्गीत भिडियोहरू नेपालमा निकै चर्चित र लोकप्रिय छन् ।[१]

आलोक नेम्वाङ
जन्मसन् १९७४
मृत्युनोभेम्बर ६, २०१४
धापासी, काठमाडौँ, नेपाल
पेशा
  • चलचित्र निर्देशक
  • भिडियो जकी
  • अभिनेता

कार्य जीवन सम्पादन गर्नुहोस्

संयुक्त राज्यमा चलचित्र निर्देशनको शिक्षा प्राप्त गरी नेपाल फर्केका आलोकले ५०० भन्दा बढी नेपाली गीतका भिडियोका निर्देशन गरे ।[२] एउटा अन्तर्वार्तामा उनले भनेका थिए, "म दैनिक रूपमा विभिन्न कुराहरूबाट प्रेरित हुन्छु र तिनीहरूलाई मेरो कार्यमा दर्शाउने प्रयास गर्छु तर म कैले अरूहरूको प्रत्यक्ष नक्कल भने गर्दिनँ ।" सन् १९९८ मा नेपालमा इमेज च्यानल टेलिभिजनमा भिडियो जकीको भूमिकामा आफ्नो कार्य जीवनको सुरुवात गरेका आलोकले निर्देशन गरेको पहिलो गीति भिडियो नविन के भट्टराईको लाखौँ पटक थियो । सन् २००४ मा उनले लिम्बू भाषा चलचित्र नुमाफुङमा अभिनय गरेका थिए । चलचित्र निर्माणको उनको सपना सन् २००८ को लोकप्रिय चलचित्र सानो संसारको उत्पादनसँगै पूरा भएको थियो । सन् २०१० मा उनले निर्देशन गरेका दोस्रो चलचित्र कोही मेरोले उनलाई नेपाली चलचित्र जगतमा प्रसिद्ध बनायो ।[३] उनको तेस्रो चलचित्र अझै पनि फेब्रुअरी २०१५ मा उनको मृत्युपश्चात सार्वजनिक गरिएको थियो ।

निर्देशित चलचित्रहरू सम्पादन गर्नुहोस्

मृत्यु सम्पादन गर्नुहोस्

नोभेम्बर ६, २०१४ को दिन आलोक आफ्नो काठमाडौँको घरमा आत्महत्याको कारण मृत फेला परेका थिए ।[४][५][६]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्