गुरुदोङमार ताल
गुरुदोङमार ताल भारतको सिक्किम राज्यको उत्तरी सिक्किम जिल्लामा अवस्थित एउटा ताल हो। यो ताल समुद्र सतहबाट ५,४३० मिटर (१७,८०० फिट) को उचाइमा अवस्थित छ। यो ताल हिन्दू र बौद्ध धर्मावलम्बीहरूको लागि पवित्र मानिन्छ। ८औँ शताब्दीमा तालको भ्रमण गरेका तिब्बती बौद्ध धर्मको स्थापनाकर्ता बौद्ध धर्मगुरु पद्मसम्भव जसलाई गुरु रिन्पोछेको नामले पनि चिनिन्छ, उनकै नाउँमा यो तालको नामकरण गरिएको छ।[१]
गुरुदोङमार ताल | |
---|---|
स्थान | उत्तर सिक्किम जिल्ला, सिक्किम |
निर्देशाङ्क | २८°०१′N ८८°४३′E / २८.०२°N ८८.७१°Eनिर्देशाङ्कहरू: २८°०१′N ८८°४३′E / २८.०२°N ८८.७१°E |
प्रवाहित राष्ट्रहरू | भारत |
सतहको क्षेत्रफल | ११८ हेक्टर (२९० एकड) |
किनारा लम्बाइ1 | ५.३४ किलोमिटर (३.३२ माइल) |
सतह उचाइ | १६,९०९ फिट (५,१५४ मी) |
स्थानहरू | मङ्गन १२२ किमी लाचेन ६७ किमी |
1 किनाराको लम्बाइ उपयुक्त तरिकाले परिभाषित छैन। |
वर्णन
सम्पादन गर्नुहोस्हिन्दू र बौद्धहरू बीच लोकप्रिय यो ताल सिक्किमको पवित्र तालहरू मध्ये एक मानिन्छ। समुद्री सतहबाट १७,८०० फिटको उचाइमा रहेको यो ताल गान्तोकबाट १९० किलोमिटर टाढा छ। धार्मिक किम्बदन्ती अनुसार यो विश्वास गरिन्छ कि यो ताल सधैँ हिउँले जमेको थियो र यो क्षेत्रमा खानेपानीको अभाव थियो। जब गुरु पद्मसम्भव यसै तालको बाटो भएर यहाँ पुगे, यस ठाउँका स्थानीय जनताले उनलाई पानीको व्यवस्था गर्न भनेका थिए। जनताको यो समस्याको समाधान गर्नको लागि गुरुले तालको एक भागलाई छोएपछि तालको पानी पग्लिएको विश्वास गरिन्छ। हिउँदमा समेत तालको सो भागमा पानी जम्दैन। यो तालको भ्रमण गर्न आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्छन्।
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "North Sikkim - Tourist Places - Gurudongmar Lake", District North Sikkim, Government of Sikkim | District Administrative Centre, Mangan, North Sikkim | India, District North Sikkim, Government of Sikkim | District Administrative Centre, Mangan, North Sikkim | India।