गाल गादोत[१][३][४] (यहूदी: גל גדות, [ˈɡal ɡaˈdot];[५] जन्म ३० अप्रिल १९८५)[६] एक इजरायली अभिनेत्री, मोडल तथा निर्मात्री हुन्। १८ वर्षको उमेरमा, उनलाई मिस इजरायल सन् २००४ को ताज दिइएको थियो। उनले इजरायल प्रतिरक्षा बलमा फिटनेस/लडाई तत्परता प्रशिक्षकको रूपमा लागि दुई वर्षसम्म सेवा गरेकी थिइन्, त्यसपछि उनले आइडिसी हर्जलिया कलेजमा कानुन र अन्तर्राष्ट्रिय सम्बन्धको अध्ययन गर्न गर्दै आफ्नो मोडलिङ र अभिनय करियर निर्माण गरेकी थिइन्।[२][७][८]

गाल गादोत
גל גדות
जन्मगाल गादोत[१]
(1985-04-30) ३० अप्रिल १९८५ (उमेर ३८)
पेटाह टिकवा, इजरायल
राष्ट्रियताइजरायली
मातृ शिक्षाप्रतिष्ठानआइडिसी हर्जलिया
पेशा
  • अभिनेत्री
  • मोडल
कार्यकालसन् २००४–वर्तमान
उचाइ१.७८ मी (५ फिट १० इन्च)[२]
उपाधिमिस इजरायल सन् २००४
जीवनसाथी
यारोन वरसानो
(
वि २००८)
सन्तान
वेबसाइटgalgadot.com

गादोतको पहिलो अन्तर्राष्ट्रिय चलचित्र भूमिका 'फास्ट एन्ड फ्युरियस' (सन् २००९) मा जिसेल यासरको रूपमा आएको थियो, जुन चलचित्र फ्रेन्चाइजीको पछिल्ला किस्ताहरूमा उनले पुनःप्रदर्शन गरेकी थिइन्। उनले डिसी एक्सटेन्डेड युनिभर्समा डायना प्रिन्स / वन्डर वुमनको चित्रणका लागि विश्वव्यापी मान्यता प्राप्त गरेकी थिइन्, जुन 'ब्याटम्यान भि सुपरम्यान: डन अफ जस्टिस' (सन् २०१६)बाट सुरु गर्दै, एकल चलचित्र 'वन्डर वुमन' र इन्सेम्बल 'जस्टिस लिग' (दुबै सन् २०१७) लाई पछ्याएको थियो।[९][१०] सन् २०१८ मा, 'टाइम' पत्रिकाले गादोतलाई विश्वको १०० प्रभावशाली व्यक्ति मध्ये एक भनेर नाम दिएको थियो, र उनी विश्वको सबैभन्दा बढी कमाई गर्ने अभिनेत्रीहरू मध्ये एक हुन्।[११][१२]

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

गादोतको जन्म सन् १९८५ अप्रिल २० का दिन इजरायलको पेताह तिक्वाहको एक सहर रोस हेइनमा भएको थियो।[१३] उनको बुबा एक अभियान्त्रिकीको रूपमा काम गर्दथे भने उनकी आमा एक विद्यालयकी शिक्षिका तथा शारीरिक व्यायाम प्रशिक्षक थिइन्। उनको आमाबुबा दुवै इजरायलमा जन्मिएका थिए भने उनको दाजु युरोपको एक आप्रवासी थिए।[१४] नाजी सेनाको आक्रमणका बेला उनको दाजु एक एकाग्रता शिविर कैदी थिए भने उनले आफ्नो सबै वंशजहरूको तथा परिवारको इतिहासको दृष्टिकोणमा आफ्नो छाप छोड्दै छुट्टै पहिचान बनाएका थिए।[१५] गादोतको जन्मको थर ग्रिनस्तिन भएतापनि उनका बुबाआमाले यहुदी संस्कारलाई आत्मसाथ गर्दै उनको थर गादोत राखिदिएका थिए जसको अर्थ नदीको किनार हुन्छ। उनको जन्म पश्चात् उनको नाम गाल राखिएको थियो जसको अर्थ पानी हुन्छ भने यसले लहरको प्रतिनिधित्व गर्दछ।[१६][१७] गाल अस्ट्रेलियाली, जर्मनेली र यहुदी वंशकी भएतापनि उनले आफुलाई एक इजरायल ठान्दछिन्।[१८]

गालको जन्म भएपश्चात् उनको परिवारले शीघ्रनै तेल अभिबमा बसाइँसराइ गरेको थियो जसकारण गालको सम्पूर्ण बाल्यकाल त्यही व्यतीत भएको थियो। उनको परिवारले उनलाई धेरै कुराहरूमा रोक नलगाएका कारण उनी निकै स्वतन्त्र थिइन् भने उनी सानै उमेरदेखि खेल प्रेम भएका कारण उनले थुप्रै खेल प्रतियोगिताहरूमा भाग खेलेकी थिइन् र पछि उनी युवा भएपछि मटरसाइकल चलाउन निकै मन पराउँदथिइन्।[१९][२०] इजराइलको राजधानीमा गादोतले एक विशेष विद्यालयमा अध्ययन गरेकी थिइन् जहाँ उनले जीव विज्ञान विषयमा गहन रूपबाट लागिपरेकी थिइन् भने उनले घरमा विभिन्न जनावरहरू पनि पालेकी थिइन्।[२१] अध्ययन बाहेक उनी प्रायः बास्केटबल, भलिबल मैदान, टेनिस वा स्नुकर खेलमा रुचि राख्दथिइन्। गादोत एक जीवविज्ञानी वा चलचित्रकर्मी बन्न चाहन्थिन् तर उनले पछि थप अध्ययन गर्ने निर्णय गर्दै एक क्याम्पसलाई चयन गर्दै पढ्नका लागि उपयुक्त विश्वविद्यालय खोज्न सुरु गरेकी थिइन्।[२२] सन् २००४ मा गादोतले मिस इजरायल नामक एक सौन्दर्य प्रतियोगितामा भाग लिएकी थिइन् भने उक्त प्रतियोगिता उनले जित्न सफल भएकी थिइन् जतिबेला उनी मात्र १८ वर्षकी थिइन्।[२३] मिस इजरायल बनेपश्चात् उनको जीवनले एक तीव्र मोड लिएको थियो भने उनलाई विभिन्न पत्रिपत्रिका तथा विज्ञापनहरूमा आमन्त्रण गरिएको थियो।[२४]

अभिनय कार्यजीवन सम्पादन गर्नुहोस्

गादोतले अभिनय गर्न सुरु गर्नु भन्दा अगाडि उनको लक्ष्य एक अभिनय संस्थाको प्रबन्धक बन्नु थियो भने पछस उनले सन् २००४ मा आयोजित मिस इजरायल नामक एक सौन्दर्य प्रतियोगितामा भाग लिएकी थिइन्। १८ वर्षको उमेरमा उनले मिस इजरायलको उपाधि जित्न सफल भएकी थिइन् जुन उनको पहिलो सफलता थियो। गादोतले मिस इजरायलको उपाधि जित्न सफल भएपछि उनले सोही वर्ष मिस युनिभर्सको एक प्रतियोगीको रूपमा पनि भाग लिएकी थिइन्। गादोतले यस प्रतियोगितामा भाग लिनका लागि इक्वेडरको राजधानीमा गएकी थिइन् जहाँ उनी उत्कृष्ट पन्ध्र भित्र नपरेका कारण उनी पुनः तेल अभिव फर्किएकी थिइन्। उक्त प्रतियोगिताबाट बाहिरिएतापनि गादोतले अभिनय क्षेत्र तर्फ रुचि देखाएकी थिइन् भने उनले जितेको मिस इजरायलको उपाधि उनका लागि प्रेरणा बनेको थियो। त्यसपछि गादोतले दुई वर्ष इजरायली रक्षा बलमा समय बिताएकी थिइन् जहाँ उनी एक शारीरिक प्रशिक्षकको रूपमा कार्यरत थिइन्। सेनाबाट छुट्टी प्राप्त गरिपछि उनले एक विश्वविद्यालयमा कानुन विषयको अध्ययन गरेकी थिइन्। विश्वविद्यालयमा अध्ययनरत रहँदाको दोस्रो वर्ग उनलाई क्वान्टम अफ सोलेस नामक एब चलचित्रका निर्देशकले उनलाई चलचित्रमा अभिनय गर्नका लागि आमन्त्रित गरेका थिए।

गादोतले १८ वर्षकै उमेरमा नागरिक कर्तव्य पुरा गर्नका लागि सेनामा भर्ती भएकी थिइन्। इक्वेडोरबाट फर्किने वित्तीकै गादोतले इजरायली सुरक्षा बलमा एक शारीरिक प्रशिक्षकको रूपमा दुई वर्ष सेवा गरेकी थिइन्। दुईवर्षको कार्यकालमा गादोतले तानाशाही हतियारहरू प्रयोग गर्ने बारे सिकेकी थिइन्। गाद‍तले त्यस समय मेक्सिम पत्रिकामा पनि काम गरेकी थिइन्। दोस्रो लेबनान युद्ध पश्चात् इजरायलको विदेश मन्त्रालयको पहलमा, "यहूदी राज्य र इजरायल सेनाको छविलाई सुधार गर्नका लागि पुरुषहरूको पत्रिका मेक्सिमले सैन्य सेवामा कार्यरत गादोतको साथ एक तस्वीर सत्र "इजरायली सेनाको महिला" नामक एक कार्यक्रम आयोजन गरेको थियो। उक्त कार्यक्रममा गादोतका केही तस्वीरहरू खिचिएको थियो जुन न्युयोर्क पोस्टको पहिलो पृष्ठमा छापिएको थियो। सैन्य सेवामा कार्यरत रहँदै गर्दा कामुक रूपमा तस्वीर खिचाएका कारण गादोत विवादमा तानिएकी थिइन् तर प्रसिद्ध पुरुषहरूको पत्रिकाका पुरै सम्पादकीय कर्मचारीहरूले उनलाई खुबै रुचाएका थिए। इजरायली सुरक्षा बलबाट छुट्टी प्राप्त गरेपछि गादोत पुनः मेक्सिम पत्रिकाको मुख्य पृष्ठमा देखिएकी थिइन् जतिबेला उनी एक हलिउड अभिनेत्री बनिसकेकी थिइन्। गादोतले त्यसपछि सौन्दर्यता बढाउने सामग्रीहरूको विज्ञापनामा अभिनय गर्न सुरु गरेकी थिइन् भने उनी कोस्मोपोलिटन, ग्ल्यामर, ब्राइड पत्रिका र एफएचएम नामक केही पत्रिकाको सुरुवाती पृष्ठमा देखिएकी थिइन्। सन् २००७ मा गादोतले इजरायली ब्रान्ड कास्त्रोको साथ एक अनुबन्धमा हस्ताक्षर गरेकी थिइन् भने उनी नियमित रूपमा नयाँ सङ्ग्रहहरूमा देखा परेकी थिइन्। सन् २०१० मा उनी वास्तविक दूरदर्शन कार्यक्रम "ब्युटिफुल लाइफ"मा भाग लिएकी थिइन् जसको नियमको अनुसार ६ युवा मोडलहरूले न्यूयोर्कमा एक मोडलिङ संस्थाको साथ एक अनुबन्धका लागि प्रतिस्पर्धा गरेका थिए। सन् २०१३ मा गादोतलाई इजरायलमा सबैभन्दा प्रसिद्ध अभिनेत्रीहरू मध्ये एकको रूपमा मान्यता दिइएको थियो जो बार राफेल पछि दोस्रो स्थानमा थिइन्।

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

गादोतले सन् २००८ सेप्टेम्बर २८ का दिन आफ्नो प्रेमी, एक इजरायली व्यवसायी यारोन भर्सानोसँग विवहा गरिकी थिइन् भने सन् २०११ मा उक्त जोडीको पहिलो सन्तानको रूपमा छोरी अल्माको जन्म भएको थियो।[२५][२६] उनहरूको दोस्रो सन्तानको रूपमा छोरी मायाको सन् २०१७ मा जन्म भएको थियो।[२७] उनको श्रीमान यारोनसँन तेल अभिबमा आरमदायी होटेर रहेको थियो तर सन् २०१५ मा उनले उक्त होटेललाई रोमन अब्रामोबिचलाई २६ मिलियन डलरमा बेचिदिएका थिए।[२८][२९] गादोत इजरायलकी एक प्रसिद्ध अभिनेत्री तथा मोडल हुन् जसले फास्ट एन्ड फ्युरियस नामक चलचित्र प्रदर्शित भएपश्चात् हलिउडमा पहचान हासिल गरेकी थिइन्। गालको श्रीमान उनीहरूको विवहा हुनुभन्दा अगाडिनै निकै सफल व्यवसायी बनिसकेका थिए।[३०] उनी गादोत भन्दा दश वर्षले जेठा छन्।

अभिनित चलचित्रहरू सम्पादन गर्नुहोस्

कुञ्जी
  निर्माण जनाउँदछ जुन अहिलेसम्म प्रदर्शन गरिएको छैन

चलचित्र सम्पादन गर्नुहोस्

वर्ष शीर्षक भूमिका निर्देशक (हरू) टिप्पणीहरू
२००९ फास्ट एन्ड फ्युरियस जिसेल यासर जस्टिन लिन
२०१० डेट नाइट नतान्या शन लेवी
नाइट एन्ड डे नाओमी जेम्स म्यानगोल्ड
२०११ फास्ट फाइभ जिसेल यासर जस्टिन लिन
२०१३ फास्ट एन्ड फ्युरियस ६ जिसेल यासर जस्टिन लिन
२०१४ किकिङ आउट शोशाना मिरिट बेन हारुश शाय कानोट
२०१५ फ्युरियस ७ जिसेल यासर जेम्स वान क्रेडिट गरिएको र मेटाइएको दृश्यमा देखा पर्छिन्[३१]
२०१६ ब्याटम्यान भि सुपरम्यान: डन अफ जस्टिस डायना प्रिन्स / वन्डर वुमन ज्याक स्नाइडर
क्रिमिनल जिल पोप एरियल भोरमेन
किपिङ अप विथ द जोन्सेस नेटली जोन्स ग्रेग मोटोला
ट्रिपल ९ एलेना भ्लास्लोभ जोन हिलकोट
२०१७ वन्डर वुमन डायना प्रिन्स / वन्डर वुमन प्याटी जेन्किन्स
जस्टिस लिग डायना प्रिन्स / वन्डर वुमन ज्याक स्नाइडर
जोस ह्वेडन (अप्रत्याशित)
२०१८ राल्फ ब्रेक्स द इन्टरनेट शान्क रिच मूरफिल जोनस्टन आवाज
२०१९ बिटविन टु फर्न्स: द मुभी आफैं स्कट एकुर्मन क्यामियो[३२]
२०२० वन्डर वुमन १९८४   डायना प्रिन्स / वन्डर वुमन प्याटी जेन्किन्स पूरा भयो; निर्माता पनि
डेथ अन द नाइल   लिननेट रिजवे-डोयल केनेथ ब्रेनाघ पोष्ट-उत्पादन
टिबिए रेड नोटिस   रसन मार्शल थर्बर छायाङ्कन
टिबिए इरेना सेन्डलर   इरेना सेन्डलर टिबिए निर्माता पनि[३३]

टेलिभिजन सम्पादन गर्नुहोस्

वर्ष शीर्षक भूमिका टिप्पणी
सन् २००७ बुबोट मिरिआम "मेरी" एलकयाम
सन् २००९ द ब्युटिफुल लाइफ ओलिभिया ३ अङ्क
एन्टुरेज लिसा अङ्क: "एमोङ्गेस्ट,फ्रेन्ड्स"
सन् २०१७ आसफर किका
2012 [[एरेत्ज नेहेदेरेत उनी आफैँ
काठमाडौँ यामित बरेली
सन् २०१७ सटर्डे नाइट लाइभ उनी आफैँ (आयोजक) अङ्क: "गाल गादोत / स्याम स्मिथ"
सन् २०१८ द सिम्प्सन्स उनी आफैँ आवाज; अङ्क: "बार्ट्स नट डेड"[३४]
सन् २०१९ युरोभिजन गीत प्रतियोगिता २०१९ उनी आफैँ अतिथि
सन् २०२० कोभिड इज नट जोक उनी आफैँ विशेष
क्लास अफ २०२०: इन दिस टुगेदर उनी आफैँ विशेष शृङ्खला
सन् २०२१ ज्याक सिन्डर्स जस्टिस लिग डायना राजकुमार / ओन्डर वुमन ४ भागहरू

सङ्गीत भिडियोहरू सम्पादन गर्नुहोस्

Year Title Artist(s) Role Ref.
2012 "Lie" Noy Alooshe featuring Saar Badishi Herself [३५]
2018 "Girls Like You" (Original, Volume 2 and Vertical Video versions) Maroon 5 featuring Cardi B Herself (cameo) [३६][३७][३८]
2020 "Imagine (Quarantine Edition)" Artists for We Are One Herself [३९]

विज्ञापनहरू सम्पादन गर्नुहोस्

Year Company Promoting Region Ref.
2009–2014 Castro Fashion Israel [४०][४१]
2013 Vine Vera Cosmetics United States [४२]
2014–2015 Careline Cosmetics Israel [४३][४४]
2015 Huawei Smartphone: Huawei P9 Israel [४५]
2015 Kering Fragrance: Gucci Bamboo United States [४६]
2017 Erroca Sunglasses Israel [४७]
2017 Wix Website United States [४८]
2017 GTArcade Video game: League of Angels: Paradise Island China [४९]
2018 Revlon Cosmetics Worldwide [५०]
2018 Huawei Smartphone: Huawei P20 United States [५१]
2018 Reebok Sportswear Worldwide [५२]
2018 Asus Electronics Worldwide [५३]
2019 Hot Telecommunications provider Israel [५४][५५]
2020 Smartwater Beverages United States [५६]

सौर्न्दर्य प्रतियोगिता सम्पादन गर्नुहोस्

Year Title Status Notes
2004 Miss Israel 2004 Herself Winner
2004 Miss Universe 2004 Miss Israel Participant

पुरस्कार र नामाङ्कन सम्पादन गर्नुहोस्

Year Award Category Nominated work Result Ref.
2016 Chinese American Film Festival Most Popular US Actress in China Batman v Superman: Dawn of Justice विजयी [५७]
Critics' Choice Awards Best Actress in an Action Movie मनोनित [५८]
Teen Choice Awards Choice Movie: Breakout Star मनोनित [५९]
Choice Movie: Scene Stealer मनोनित [५९]
Women Film Critics Circle Awards Best Female Action Hero मनोनित [६०]
2017 Detroit Film Critics Society Breakthrough Wonder Woman मनोनित [६१]
National Board of Review Awards Spotlight Award विजयी [६२]
North Texas Film Critics Association Best Actress मनोनित [६३]
Teen Choice Awards Choice Liplock (shared with Chris Pine) मनोनित [६४]
Choice Movie: Action Actress विजयी [६४]
Choice Movie: Actress Summer मनोनित [६४]
Choice Movie: Comedy Actress Keeping Up with the Joneses मनोनित [६४]
Choice Movie: Ship (shared with Chris Pine) Wonder Woman मनोनित [६४]
2018 Critics' Choice Awards #SeeHer Award उपलब्ध/नभएको विजयी [६५]
Jupiter Award Best International Actress Wonder Woman विजयी [६६][circular reference]
MTV Movie & TV Awards Best Fight (Wonder Woman vs German soldiers) विजयी [६७]
Best Hero मनोनित [६८]
Palm Springs International Film Festival Rising Star Award - Actress विजयी [६९]
Santa Barbara Film Festival Virtuosos Award विजयी [७०]
Saturn Awards Best Actress विजयी [७१]
Shorty Awards Best Actor उपलब्ध/नभएको मनोनित
Teen Choice Awards Choice Movie Actress: Action Justice League मनोनित [७२]
2019 Kids' Choice Awards Favorite Female Voice from an Animated Movie Ralph Breaks the Internet मनोनित [७३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ ישראל גבאי, "גל גדות נולדה בפתח תקווה" – YouTubeद्वारा। 
  2. २.० २.१ Kadmi, Sivan (१ अप्रिल २०१०), "גל גדות" [Gal Gadot] (यहूदीमा), Ynet 
  3. Truong, Peggy (६ जुन २०१७), "10 Things to Know About Wonder Woman's Gal Gadot", Cosmopolitan, अन्तिम पहुँच २५ नोभेम्बर २०१८ 
  4. "גל גדות על פרשת אופק בוכריס: "איפה הצדק?"", ynet.co.il (Hebrewमा)। 
  5. IMAX (१५ मे २०१७), "Wonder Woman: Gal Gadot and Chris Pine" – YouTubeद्वारा। 
  6. "Gal Gadot", AllMovie.com, अन्तिम पहुँच २० जनवरी २०१६ 
  7. Weaver, Caity, "Gal Gadot Kicks Ass", GQ Magazine, अन्तिम पहुँच १५ नोभेम्बर २०१७ 
  8. Hirschberg, Lynn, "Gal Gadot Listened to Beyoncé to Prepare for Her Wonder Woman Audition" 
  9. Fleming, Mike (४ डिसेम्बर २०१३), "Emerging Star Gal Gadot Set For Wonder Woman In 'Batman Vs. Superman'", Deadline Hollywood, अन्तिम पहुँच ४ डिसेम्बर २०१३ 
  10. "Gal Gadot to Play Wonder Woman in 'Batman vs. Superman'", Variety, ४ डिसेम्बर २०१३, अन्तिम पहुँच ४ डिसेम्बर २०१३ 
  11. "TIME 100: The Most Influential People of 2018", Time, १९ अप्रिल २०१८, अन्तिम पहुँच २२ अप्रिल २०१८ 
  12. "Scarlett Johansson is world's best-paid actress, Forbes says", BBC, १६ अगस्ट २०१८, अन्तिम पहुँच ५ अप्रिल २०१९ 
  13. "Chatting With 'Fast Five' Star Gal Gadot", The Forward, २ मे २०११, अन्तिम पहुँच ७ सेप्टेम्बर २०१३  = Archive.today अभिलेखिकरण १८ जुलाई २०१२ मिति
  14. Halutz, Avshalom (६ डिसेम्बर २०१३), "Who is Gal Gadot, Hollywood's next Wonder Woman?", Haaretz, अन्तिम पहुँच ४ जनवरी २०१४ 
  15. Blake, Elissa (१८ अक्टोबर २०१६), "Wonder Woman Gal Gadot on strength, laughs and bisexuality", The Sydney Morning Herald, अन्तिम पहुँच २१ जुन २०१८ 
  16. Scott, Becky (३० मे २०१७), "Have You Been Pronouncing Gal Gadot Wrong?", The Forward 
  17. Gadot, Gal (मे २९, २०१७), "Post", Instagram.com 
  18. Morris, Alex (२४ अगस्ट २०१७), "Gal Gadot on Becoming Wonder Woman, the Biggest Action Hero of the Year", Rolling Stone 
  19. "יום השואה: מפורסמים משתפים בזכרון אישי – וואלה! סלבס" (यहूदीमा)। 
  20. "מס' 16: גל גדות" (यहूदीमा), Ynet, ९ फेब्रुअरी २००४। 
  21. Morrow, Brendan (१ जुन २०१७), "Gal Gadot's Family: 5 Fast Facts You Need to Know", Heavy.com, मूलबाट १६ जनवरी २०१८-मा सङ्ग्रहित। 
  22. "גל גדות היא וונדר וומן: 'היא לא מסתמכת על גבר, והיא לא שם בגלל סיפור אהבה", Glamour, मार्च २०१६। 
  23. Gadot, Gal (२५ मार्च २०१६), "Batman v Superman Dawn of Justice - Gal Gadot Official Interview (2016)", Film Is Now – YouTubeद्वारा। 
  24. Chatting With 'Fast Five' Star Gal Gadot वेब्याक मेसिन अभिलेखिकरण २०१५-०४-१८ मिति, Curt Schleier, 2 May 2011
  25. Vilkomerson, Sara, "Gal Gadot Is Wonder Woman: 'She Is Not Relying on a Man, and She's Not There Because of a Love Story'", Glamour (अङ्ग्रेजीमा), अन्तिम पहुँच १८ जनवरी २०१८ 
  26. "Wonder Woman Gal Gadot: My Daughter Made Me Appreciate the Importance of Female Superheroes", The Hollywood Reporter, १५ मार्च २०१६, अन्तिम पहुँच २२ अक्टोबर २०१६ 
  27. "Between the sheets with model Israeli", Jewish News, २ जुन २०११, मूलबाट २४ मार्च २०१६-मा सङ्ग्रहित। 
  28. "Mini Wonder Woman! Gal Gadot Welcomes Daughter Maya", People 
  29. Wonderwall.com Editors (२६ जुलाई २०१६), "Gal Gadot daughter Alma Varsano – Gal Gadot Wonder Woman things to know | Gallery", Wonderwall.com, अन्तिम पहुँच २२ अक्टोबर २०१६ 
  30. Shlomit Tsur (13 April 2015). "Roman Abramovich buys Tel Aviv hotel" वेब्याक मेसिन अभिलेखिकरण १० जुलाई २०१५ मिति Globes
  31. "Watch a Furious 7 Deleted Scene With Letty and Gisele", /Film, अन्तिम पहुँच ३ फेब्रुअरी २०१७ 
  32. Gadot, Gal (४ फेब्रुअरी २०१९), "My sweet fern friend 🙃", Instagram, अन्तिम पहुँच २० सेप्टेम्बर २०१९ 
  33. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named :2
  34. "First Look: Gal Gadot is ready for her 'Simpsons' close-up", युएसए टुडे, अन्तिम पहुँच २५ सेप्टेम्बर २०१८ 
  35. Aiden Mason, "This Gal Gadot Lip Syncing Video is Going to Blow up the Internet", TV Over Mind, अन्तिम पहुँच १ जुन २०२० 
  36. Glicksman, Josh (१६ अक्टोबर २०१८), "Maroon 5 Releases New Version of 'Girls Like You' Music Video: Watch", Billboard, अन्तिम पहुँच १७ अक्टोबर २०१८ 
  37. "How Maroon 5 got Ellen, Cardi B, J. Lo, and more for the 'Girls Like You' video", Entertainment Weekly, अन्तिम पहुँच ९ डिसेम्बर २०१९ 
  38. "Maroon 5 – Girls Like You (Vertical Video) (featuring Cardi B)", Spotify, मूलबाट १८ डिसेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ जुलाई २०१९ 
  39. Laura Smith-Spark (१९ मार्च २०२०), "Gal Gadot enlists celebrity help for coronavirus 'Imagine' video", CNN, अन्तिम पहुँच २० मार्च २०२० 
  40. "Castro - Winter 2009", अन्तिम पहुँच २५ फेब्रुअरी २०१८ 
  41. "Castro Jeans", भिमिओ, अन्तिम पहुँच २५ फेब्रुअरी २०१८ 
  42. "GAL GADOT . VINE VERA . COMMERCIAL", अन्तिम पहुँच २५ फेब्रुअरी २०१८ 
  43. "מייק אפ StayLong במבצע אפריל!", अन्तिम पहुँच २५ फेब्रुअरी २०१८ 
  44. "Careline Perfume - Gal Gadot", अन्तिम पहुँच २५ फेब्रुअरी २०१८ 
  45. "HUAWEI Commercial Gal Gadot - Director: Dror Shaul", अन्तिम पहुँच २५ फेब्रुअरी २०१८ 
  46. "Gal Gadot for Gucci Bamboo", Vimeo, अन्तिम पहुँच २५ फेब्रुअरी २०१८ 
  47. "GAL GADOT FOR ERROCA 2017", YouTube, अन्तिम पहुँच २५ फेब्रुअरी २०१८ 
  48. "Wix.com Big Game Ad with Jason Statham & Gal Gadot", भिमिओ, अन्तिम पहुँच २५ फेब्रुअरी २०१८ 
  49. "League of Angels TV Commercial Endorsed By Gal Gadot", YouTube, अन्तिम पहुँच २५ फेब्रुअरी २०१८ 
  50. "Gal Gadot Revlon", भिमिओ, अन्तिम पहुँच २५ फेब्रुअरी २०१८ 
  51. "Huawei P20 Pro Trailer Official Ft. Gal Gadot", YouTube, अन्तिम पहुँच ३० मार्च २०१८ 
  52. Bell, Jennie, "Ariana Grande, Gal Gadot & Gigi Hadid Take a Stand for Women's Empowerment", Footwearnews.com, अन्तिम पहुँच १ जुन २०१८ 
  53. "ASUS: Gal Gadot "Unleash your creative power" [HD]", युट्युब, अन्तिम पहुँच १ जुन २०१८ 
  54. "גל גדות היא הפרזנטורית החדשה של HOT", HOT Magazine (he-ILमा), १७ अप्रिल २०१९, अन्तिम पहुँच २०१९-०५-०९  वेब्याक मेसिन अभिलेखिकरण २०२०-१२-२९ मिति
  55. HOT (३ मे २०१९), גל גדות גאווה ישראלית - HOT, अन्तिम पहुँच ५ मे २०१९ 
  56. Steinberg, Brian (२०२०-०१-०८), "Coca-Cola Bets on Gal Gadot to Create Splash for SmartWater", Variety (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०३-१४ 
  57. Monetti, Sandro (४ नोभेम्बर २०१६), "Blunder Woman? Gal Gadot Gets Wrong Gong – Entity", Entity, अन्तिम पहुँच ३ डिसेम्बर २०१६ 
  58. "Best Actress – 'La La Land,' 'Arrival,' 'Moonlight' Top Critics' Choice Nominations", The Hollywood Reporter, अन्तिम पहुँच १२ डिसेम्बर २०१६ 
  59. ५९.० ५९.१ "Teen Choice Awards 2016—Captain America: Civil War Leads Second Wave of Nominations", E!, ९ जुन २०१६। 
  60. "The Women Film Critics Circle Nomination Award Picks For 2016", criticalwomen.blogspot.co.il, अन्तिम पहुँच ७ मार्च २०१७ 
  61. "The 2017 Detroit Film Critics Society Awards", Detroit Film Critics Society, ७ डिसेम्बर २०१७, अन्तिम पहुँच ७ डिसेम्बर २०१७  वेब्याक मेसिन अभिलेखिकरण ७ डिसेम्बर २०१७ मिति
  62. "National Board of Review Winners: 'The Post' Comes Up Strong With Best Pic, Best Actress Meryl Streep, Best Actor Tom Hanks", २८ नोभेम्बर २०१७, अन्तिम पहुँच १३ डिसेम्बर २०१७ 
  63. "Best of 2017 from the NTFCA", North Texas Film Critics Association, ९ डिसेम्बर २०१७, अन्तिम पहुँच १३ डिसेम्बर २०१७ 
  64. ६४.० ६४.१ ६४.२ ६४.३ ६४.४ "Teen Choice Awards 2017 Winners: The Complete List", E! News (en-CAमा), अन्तिम पहुँच १४ अगस्ट २०१७ 
  65. "Gal Gadot to Receive #SeeHer Award at 2018 Critics' Choice Awards", EOnline, २१ डिसेम्बर २०१७, अन्तिम पहुँच ५ जनवरी २०१८ 
  66. "Jupiter Award" 
  67. Nordyke, Kimberley (३ मे २०१८), "MTV Movie & TV Awards: 'Black Panther,' 'Stranger Things' Top Nominations", The Hollywood Reporter, अन्तिम पहुँच २२ मे २०१८ 
  68. Nordyke, Kimberley (३ मे २०१८), "MTV Movie & TV Awards: 'Black Panther,' 'Stranger Things' Top Nominations", The Hollywood Reporter, अन्तिम पहुँच २२ मे २०१८ 
  69. "Timothée Chalamet and Sam Rockwell Set for PSIFF Honors, Lois Smith Gets Lifetime Achievement Award, and More", IndieWire (en-CAमा), अन्तिम पहुँच १७ नोभेम्बर २०१७ 
  70. "Gal Gadot, Kumail Nanjiani, Timothee Chalamet Among Recipients for Virtuosos Award at Santa Barbara Film Festival", Variety, २९ नोभेम्बर २०१७, अन्तिम पहुँच ५ डिसेम्बर २०१७ 
  71. Hammond, Pete (२७ जुन २०१८), "'Black Panther' Tops 44th Saturn Awards With Five; 'Blade Runner 2049', 'Shape Of Water', 'Get Out' Also Score", Deadline Hollywood, अन्तिम पहुँच २८ जुन २०१८ 
  72. Johnson, Zach (१२ अगस्ट २०१८), "Teen Choice Awards 2018 Winners: The Complete List", E! News, अन्तिम पहुँच १५ सेप्टेम्बर २०१८ 
  73. Aiello, McKenna (फेब्रुअरी २६, २०१९), "DJ Khaled to Host 2019 Nickelodeon Kids' Choice Awards: See the Complete List of Nominations", E!, अन्तिम पहुँच फेब्रुअरी २६, २०१९ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्