खगेन्द्र बहादुर थापा मगर (जन्म अक्टोबर १४, १९९२[१]), रूप बहादुर र धनमाया थापा मगरका पुत्र, विश्वको सबभन्दा होचो मान्छे हुन, उनको कद ०.६७ नापिएको छ ।[२] विश्वका सबभन्दा होचो किशोर, अक्टोबर १४, २०१० मा १८ वर्षको पुगेपछि खगेन्द्रले होचो मान्छे हुने शीर्षक श्रेय एडवार्ड निनो हर्नान्डिजबाट प्राप्त गरे ।

खगेन्द्र बहादुर थापा मगर
सन् २०११ मा खगेन्द्र बहादुर थापा मगर
जन्म(१९९२-१०-०४)४ अक्टोबर १९९२
बाग्लुङ, नेपाल
मृत्यु१७ जनवरी २०२०(2020-01-17) (उमेर २७)
राष्ट्रियतानेपाली
पेशाकलाकार
चिनारीको कारणपुर्व विश्वका होचो व्यक्ति
खगेन्द्र थापा मगर विश्वका सबभन्दा होचो किशोर

परिचय सम्पादन गर्नुहोस्

खगेन्द्र थापा मगर नेपालको बागलुङ जिल्ला धुल्लुबासकोट ६ मा १८ असोज २०४९ (१४ अक्टोबर, १९९२ मा [१] जन्मिएका हुन् । गाउलेहरू माझ "सानो बुद्ध" भनेर चिनिन्छन् । जन्म भएको बेला खगेन्द्र मात्र ६०० ग्रामको थिए, अहिले उनको वजन ५.५ किग्रा छ । मे २००८ मा, खगेन्द्र ब्रिटिश च्यानेल ४ को मार्क डोलन द्वारा होस्ट गरिएको डकुमेन्ट्री द वर्ल्डस स्मलेस्ट म्यान एन्ड मी मा देखिएका थिए। २०७६ माघ ३ गतेका दिन श्वासप्रश्वासमा समस्या देखिएर बिरामी भएका यिनको मणिपाल अस्पतालमा पोखरामा निधन भएको थियो। २०७४ कार्तिक ३० गते खगेन्द्र थापामगरकै अनुहार र कदकाठी भएका हास्य कलाकार दिपेन शाहको १९ वर्षको उमेरमा निधन भएको थियो भने विश्वकै होचा व्यक्तिका रूपमा गिनिज बुक अफ दि वर्ल्ड रेकर्ड्समा नाम लेखाएका नेपालका चन्द्रबहादुर डाँगीको २०७२ साल भदौमा अमेरिका भ्रमणका क्रममा अमेरिकामै निधन भएको थियो। [३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "World's shortest man" ­ - does he measure up? वेब्याक मेसिन अभिलेखिकरण २०१०-११-०६ मिति Guinness World Records blog
  2. "Nepalese teen named world's shortest man", CNN, अन्तिम पहुँच २०१०-१४-१० 
  3. "Programme Two: The World's Smallest Man and Me", Channel4.com, २००८-०५-१२, अन्तिम पहुँच २००८-०९-२७  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०४-२८ मिति