राजा क्राचल्ल

(क्राचल्लबाट अनुप्रेषित)

क्राचल्ल खस राज्यको राजा थिए । उनी राजा क्राधिचल्लका छोरा थिए ।[] त्यसैले सिंजाको गद्दीमा क्राधिचल्ल पछि क्राचल्ल बसेका थिए । राजा नागराजपछी खसप्रदेशमा शक्तिशाली राजा क्राचल्ल थिए । राजा क्राचल्लले वि.सं. १२६८-१२८० सम्म शासन गरेका थिए ।

क्राचल्ल
खस राज्यको राजा
शासनकालवि.सं. १२६४ -१२८०
पूर्वाधिकारीक्राशिचल्ल
उत्तराधिकारीअशोक चल्ल
सन्तानअशोक चल्ल
वंशखस मल्ल वंश
बाबुक्राधिचल्ल
धर्मबौद्ध

कुमाउँमाथि आक्रमण

सम्पादन गर्नुहोस्

राजा क्राचल्लले वि.सं. १२८० मा नागराजको दखलपछी मुक्त हुन चाहेको कुमाउँमाथि आक्रमण गरी ठूलो युद्ध मोले । त्यस युद्धमा धेरै मानिस मारिए । अन्त्यमा खस सेनाको कुमाउँमाथि विजय भयो । त्यस विजयको खुसियालीमा राजा क्राचल्लले कुमाउँमा बालेश्वरको पुरानो ढाँचा को बदली नयाँ मन्दिर बनाए । सो मन्दिरको नित्यपूजाको सुव्यवस्था मिलाएर राजा क्रचालले अभिलेख पनि राख्न लगाए ।

राजा क्राचल्ललाई कुमाउँमाथि आक्रमण गर्दा खस राज्य भित्रका आठ सामन्त तहका राजा माण्डलिक र दुई राउत राजाहरूले खुलेर सहयोग गरेका थिए । त्यो कुरा बालेश्वर मन्दिरको अभिलेखबाट थाहा पाइन्छ । राउतराजा र माण्डलिकहरू राजा क्राचल्लका सहयोगी थिए ।

राजा क्राचल्ल ले कुमाउँमाथि आक्रमण गर्दा कार्तिकेयपुर मा युद्ध चलेको थियो ।त्यहाँ युद्ध चलेको हुँदा त्यो सहर पूर्णत: ध्वस्त भएको थियो । त्यहाँका कत्युरी राजाले क्राचल्लको अधिपत्यलाई आफू युद्धमा हारेपछी स्वीकार गरेका थिए । त्यसलाई हाल कत्यूर भनिन्छ । त्यहाँ स्वामी कार्तिकेयाको मन्दिर छ । []

कुमाउ बालेश्वर मन्दिरको अभिलेख

सम्पादन गर्नुहोस्
  • शाके सम्वत.११४५ तथा वि.स.१२८० मा क्राचल्ल देवले कुमाऊ बालेश्वर मन्दिरमा रहेको ताम्रपत्र अनुसार कुमाऊको राज्यमा विजय गरेको कुरा उल्लेख रहेको छ । यस ताम्रपत्रमा
  • परम भट्टारक महाराजाधिराज श्रीमान क्राचल्लदेव नरपतिले
  • आफू राजा भएको सोह्रै वर्षमा कार्तिकेयपुरका राजालाई नष्टगरि
  • वहाँ आफनो अधिकार स्थापित गरे को कुरा लेखिएको पाईन्छ ।
  • —एकरुद्रबालेश्वर को मन्दिरमा प्राप्त क्राचल्ल को ताम्रपत्रअनुसार
  • क्राचल्ल १२०७ (वि.स.१२६४) मा क्राचल्ल दुल्लुको राजधानीमा बसेकोहुरा प्रमाणीत हुन्छ ।
  • यस ताम्रपत्रलेखनमा क्राचल्लले आफुलाई “परमसौगात“ अर्थात बुद्धका परम उपासक भन्ने विशेषणले विभुषित रूपमा आदर र श्रद्धा राख्दथे भन्ने तथ्य स्पष्ट हुन्छ ।

धार्मिक स्वाभाव

सम्पादन गर्नुहोस्

राजा क्राचल्ल भगवान बुद्धका उपासक थिए । उनले हिन्दु देवी देवता, शाक्त, शिव र वैष्णव देवताको पनि श्रद्धा गर्दथे । उनी धार्मिक सहिष्णु शासक थिए । वास्तवमा तिब्बतमा शास्सन गर्नु पर्दा महायानी मतका बुद्धलाई मान्दथे ।


राजा क्राचल्लले तिब्बत, सिंजा, दुल्लु, सुरखेत , बर्दिया र भारतको व्यपारीमार्ग निर्माण गराई दुल्लुलाई विराट स्थान घोषित गरेका थिए । सिंजालाई हाट्बजारको केन्द्र बनाएका हुनाले सिंजा हाट दुल्लु विराट् भन्ने लोकोक्ती बनेको थियो । दुल्लू र सिंजाको प्रचार पनि त्यसै बेलादेखी भएको थियो ।

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्
  • नेपालका मल्ल राजाहरूको सूची
  1. D.R. Regmi 1965, पृष्ठ 714.
  2. राजाराम सुबेदी, नेपालको तथ्य इतिहास (काठमाडौँ: साझा प्रकाशन २०६१ फागुन ) पृष्ठ ८४ ।