क्यामरन बोइस

अमेरिकी अभिनेता


क्यामरन मिका बोइस (अङ्ग्रेजी: Cameron Mica Boyce) (मे २८, १९९९ - जुलाई ६, २०१९) एक अमेरिकी अभिनेता थिए ।[१] प्यानिक ! एट द डिस्कोको गीतको भिडियोबाट अभिनय सुरु गरेका बोइसले सन् २००८ मा मिरर्समा काम गरे । उनले पछि सन् २०११ देखि सन् २०१५ सम्म डिज्नी च्यानलको परिस्थिति हास्य शृङ्खला जेस्सीमा लूक रसको भूमिका निर्वाह गरे । उनी ईगल आई, ग्रोन अप्सग्रोन अप्स २ जस्ता चलचित्रमा पनि खेलेका थिए । उनलाई डिसेन्डेन्ट्सको कार्लोस र डिज्नी एक्स.डी.को हास्य शृङ्खला गेमर्स गाइड टू प्रिटी मच एभ्रीथिङको कनरको रूपमा पनि चिनिन्छ । बोइसले जेक एण्ड द नेवरल्यान्ड पाइरेट्समा जेक र स्पाइडरम्यानमा हर्मन शुल्ट्सलाई स्वर दिएका छन् । जुलाई ६, २०१९ मा छारे रोगको कारण बोइसको मृत्यु भयो ।

क्यामरन बोइस
सन् २०१७ मा बोइस ।
जन्मक्यामरन मिका बोइस
(१९९९-०५-२८)मे २८, १९९९
लस एन्जलस, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका
मृत्यु६ जुलाई २०१९(2019-07-06) (उमेर २०)
लस एन्जलस, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका
पेशाअभिनेता
कार्यकालसन् २००८ - सन् २०१९

बाल्यकाल र व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

बोइसको जन्म मे २८, १९९९ मा लस एन्जलस, क्यालिफोर्नियामा भएको थियो ।[२][३] उनका पिता अफ्रिकी क्यारिबियन र अफ्रिकी अमेरिकी वंशका हुन् । उनकी आमा यहुदी हुन् ।[४][५] उनका बुबाकी आमा, जो एन बोइस, दक्षिण संयुक्त राज्यमा एकीकृत उच्च माध्यमिक विद्यालयमा पढ्ने १२ जना महिलाहरूमध्ये एक हुन् ।[६]

मे २०१९ मा करण ब्रार र सोफी रेनोल्ड्ससँग बसाइ सर्नु अघि बोइस आफ्नो आमाबुबा र बहिनीसँग लस एन्जलसमा बस्थे ।[७][८] नृत्यको तालिम प्राप्त गरेका बोइस एक्स-मब नामक ब्रेकडान्स समूहको सदस्य थिए ।[९]

कार्य जीवन सम्पादन गर्नुहोस्

मे २००८ मा प्यानिक ! एट द डिस्कोको ड्याट ग्रीन जेन्टलम्यान (थिङ्स ह्याभ चेन्ज्ड) को भिडियोमा गिटार वादक सानो हुँदाको रायन रसको भूमिका निभाएर बोइसले अभिनय सुरु गरेका थिए । जुलाई २००८ मा उनलाई जेनेरल हस्पिटल: नाइट शिफ्टमा माइकलको पुनारवर्ती भूमिका निर्वाह गरेको देखियो ।[१०] अगस्ट २००८ मा मिरर्स नामक डरलाग्दो चलचित्रमा उनले चलचित्र अभिनय सुरु गरेपछि त्यही वर्ष ईगल आईमा काम गरे ।[११][१२]

जून २०१० मा बोइस हास्य चलचित्र ग्रोन अप्समा एडम स्याण्लरको पात्रको बिग्रेको छोराको भूमिकामा देखिएका थिए । त्यही वर्ष उनले द लिजन अफ एक्स्ट्राओर्डीनेरी डान्सर्समा आफ्नो नृत्यकला प्रस्तुत गरे ।[१३]

अप्रिल २०११ मा बोइस डिज्नी च्यानलको परिस्थिति हास्य गुड लक चार्लीमा देखिए ।[१४] त्यही महिना उनलाई एबिसीको डान्सिङ विथ द स्टार्सको शाही विवाह भागमा बोलाइएको थियो ।[१५] जून २०११ मा जूडी मूडी एण्ड द नट बमर समरमा उनले जूडीको सहपाठीको सानो भूमिका खेलेका थिए ।[१४] अगस्ट २०११ मा उनलाई डिज्नी च्यानलको परिस्थिति हास्य शेक इट अपमा नर्तकको भूमिकामा राखिएको थियो ।[१४] सेप्टेम्बर २०११ मा डिज्नी च्यानलको परिस्थिति हास्य जेस्सीमा लूक रसको भूमिकामा राखिएको थियो ।[१६] पटकथा अनुसार लूकको पात्र कोरियाको हिरो नामक केटा हुनुपर्ने थियो तर क्यामरनको अभिनय देखेर लेखकहरूले उसको लागि पात्रलाई परिवर्तित गरेका थिए ।[१७][१८]

सन् २०१५ मा बोइसलाई डिज्नी च्यानलको डिसेन्डेन्ट्समा क्रूएला डेभिलको छोरा, कार्लोसको भूमिकामा राखिएको थियो । उनले डिसेन्डेन्ट्स: विकेड वर्ल्ड, डिसेन्डेन्ट्स २ र उनको मृत्युपश्चात निकालिएको डिसेन्डेन्ट्स ३ मा पनि कार्लोसको भूमिका निभाए ।

मार्च २०१८ मा बोइसलाई एबिसी हास्य शृङ्खला स्टेप्समा बेकर र स्वतन्त्र चलचित्र रन्टमा क्यालको भूमिकामा राखिएको थियो ।[१९][२०]

जनवरी २०१९ मा बोइस एचबीओको मिसेस फ्लेचरमा संलग्न भए ।[२१] अप्रिल २०१९ मा बोइसले होजिएरको अल्मोस्ट (स्वीट म्यूजिक) को भिडियोमा उनी र नर्तकी क्रिस्टिन फ्लोरेसले रचना गरेको नाँचको प्रस्तुति गरे ।[२२] उनको मृत्युको केही समय अगाडि उनले एडम स्याण्लरसँग नयाँ काम सुरु गरेका थिए ।[२३] नोभेम्बर २०१९ मा उनी र भेरोनिका ग्रेको फेसन ब्रान्ड "आर्काइभ्स" स्थापित हुने कुराको खुलासा सेप्टेम्बर २०१९ मा भएको थियो ।[२४]

जुलाई १४, २०२० मा बोइसको मृत्यु पछि एलेक्स विन्टरद्वारा निर्देशित शोबिज किड्सको एचबीओमा प्रसारण भएको थियो । बाल कलाकारको जीवनबारे यस वृत्तचित्रमा बोइससँगको अन्तर्वार्ताको भिडियो प्रदर्शन गरिएको छ । यो वृत्तचित्र बोइस र फेब्रुअरी २४, २०२० मा बितेकी भूतपूर्व बाल कलाकार डायना सेर्रा क्यारीको सम्झनामा समर्पित छ ।[२५]

अभिनय सम्पादन गर्नुहोस्

चलचित्र सम्पादन गर्नुहोस्

वर्ष नाम भूमिका टिप्पणी सन्दर्भ
सन् २००८ मिरर्स माइकल कार्सन [१४]
सन् २००८ ईगल आई स्याम हलोमन [१४]
सन् २०१० ग्रोन अप्स कीथी फेडर [१४]
सन् २०११ गेम अन दोस्रो खेलाडी लघु चलचित्र [१४]
सन् २०११ जूडी मूडी एण्ड द नट बमर समर हन्टर [१४]
सन् २०१३ ग्रोन अप्स २ कीथी फेडर [१४]
सन् २०२० रन्ट क्याल मृत्योपरान्त प्रसारण [२६]
[२७]

टेलिभिजन सम्पादन गर्नुहोस्

वर्ष नाम भूमिका टिप्पणी सन्दर्भ
सन् २००८ जेनेरल हस्पिटल: नाइट शिफ्ट माइकल "स्टोन" केट्स, जुनियर पुनारवर्ती भूमिका [१३]
सन् २०११ गुड लक चार्ली नक्कली गेब डंकन भाग ३४: द सिङ्गिङ डान्सिङ डंकन्स [१४]
सन् २०११ शेक इट अप नर्तक भाग २१: "थ्रो इट अप" [१४]
सन् २०११ - सन् २०१५ जेस्सी लूक रस प्रमुख भूमिका [१४]
सन् २०१२ - सन् २०१४ जेक एण्ड द नेवरल्यान्ड पाइरेट्स जेक प्रमुख स्वर कलाकार (सत्र २ - सत्र ३) [१३]
सन् २०१४ अल्टिमेट स्पाइडरम्यान लूक रस स्वर कलाकार, भाग ७३: ह्यालोवीन नाइट एट द म्यूजियम [१३]
सन् २०१५ - सन् २०१७ गेमर्स गाइड टू प्रिटी मच एभ्रीथिङ कनर प्रमुख भूमिका [१४]
सन् २०१५ लिभ एण्ड म्याडी क्राग भाग ३८: प्रम-अ-रूनी [१३]
सन् २०१५ डिसेन्डेन्ट्स कार्लोस टेलिभिजन चलचित्र [१४]
सन् २०१५ - सन् २०१७ डिसेन्डेन्ट्स: विकेड वर्ल्ड कार्लोस टेलिभिजन चलचित्र, प्रमुख भूमिका [१३]
सन् २०१६ बङ्क्ड लूक रस भाग १२: लूक्स ब्याक
भाग २७: लूक आउट बिलो
[१३]
सन् २०१६ कोड ब्ल्याक ब्रोडी भाग १७: लव हर्ट्स [१३]
सन् २०१७ डिसेन्डेन्ट्स २ कार्लोस टेलिभिजन चलचित्र [१४]
सन् २०१७ स्पाइडरम्यान हर्मन शुल्ट्स स्वर कलाकार, भाग ३: अस्बर्न एकेडमी [२८]
सन् २०१९ डिसेन्डेन्ट्स ३ कार्लोस टेलिभिजन चलचित्र, मृत्योपरान्त प्रसारण [१४]
सन् २०१९ विकेड वुड्स: अ डिसेन्डेन्ट्स ह्यालोवीन स्टोरी कार्लोस टेलिभिजन चलचित्र, मृत्योपरान्त प्रसारण [२९]
सन् २०१९ मिसेस फ्लेचर ज्याक प्रमुख भूमिका, मृत्योपरान्त प्रसारण [१४]
अघोषित प्यारडाइस सिटी साइमन आगामी टेलिभिजन शृङ्खला, मृत्योपरान्त प्रसारण [२६]

भिडियो गेम र वेब शृङ्खला सम्पादन गर्नुहोस्

वर्ष नाम भूमिका टिप्पणी सन्दर्भ
सन् २०१० जस्ट डान्स किड्स प्रशिक्षक र नर्तक भिडियो गेम
सन् २०१० द लिजन अफ एक्स्ट्राओर्डीनेरी डान्सर्स ज्यास्पर वेब शृङ्खला, भाग: सिक्रेट्स अफ द रा [१३]

पुरस्कार र नामाङ्कन सम्पादन गर्नुहोस्

वर्ष पुरस्कार वर्ग काम परिणाम सन्दर्भ
सन् २०१२ यङ आर्टिस्ट अवार्ड चलचित्रमा सर्वोत्कृष्ट प्रस्तुति जूडी मूडी एण्ड द नट बमर समर विजयी [३०]
सन् २०१७ डेटाइम एमी अवार्ड सर्वोत्कृष्ट प्रचार घोषणा टाइमलेस हिरोज - बी इनस्पायर्ड विजयी [३१]
सन् २०१८ पायोनियरिङ स्पिरिट अवार्ड विश्वमा पानीको अभाव रोक्न पुर्याएका प्रेरणादायी योगदानहरू थर्स्ट प्रोजेक्ट विजयी [३२]

मृत्यु सम्पादन गर्नुहोस्

जुलाई ६, २०१९ मा उनको घरमा बोइस बेहोस भएपछि डाक्टरहरू बोलाइयो र उनलाई मृत घोषित गरियो ।[३३]

बोइसको परिवार अनुसार केही समयदेखि चलिरहेको उपचारले गर्दा दौरा परेर बोइसको निन्द्रामा नै लस एन्जलसमा मृत्यु भयो ।[२][३४] शव परीक्षा गरेपनि मृत्युको कारण थप खोजले गर्दा पछि सारियो ।[३५] जुलाई ९, २०१९ मा बोइसको परिवारले उनको छारे रोगको निदानको बारेमा खुलासा गर्दा उक्त रोगको दौराले गर्दा मृत्यु भएको बताए ।[३६] जुलाई ३०, २०१९ मा लस एन्जलस चितिक्सा विभागले शव परीक्षाको परिणाम सार्वजनिक पर्दै बोइसको मृत्युको कारण छारे रोगको दौरा भएको पुष्टि गरे ।[३७]

उनको दहसंस्कार गरेपछि उनको खरानी उनको परिवारलाई फिर्ता दिइएको थियो ।[३८]

परोपकार र विरासत सम्पादन गर्नुहोस्

अविकसित र विकासोन्मुख देशहरूमा खानेपानीको व्यवस्था मिलाउने थर्स्ट प्रोजेक्टका लागि बोइसले ४० दिनको समयमा $२७,००० उठाएका थिए ।[३९] सेप्टेम्बर २०१९ मा उनलाई उनको योगदानका लागि थर्स्ट प्रोजेक्टले पायोनियरिङ स्पिरिट अवार्डको नाम क्यामरन बोइस पायोनियरिङ स्पिरिट अवार्डमा परिवर्तन गर्यो ।[४०]

उनी युनाइटेड वे अफ अमेरिकाको घरबारविहीन व्यक्तिहरूलाई सहयोग गर्ने अभियानलाई पनि समर्थन गर्थे । उनले सन् २०१५ देखि होमवाकको लागि पैसा उठाउन सहयोग गरेका थिए ।[४१] मे २०१९ मा उनले संयुक्त राज्यमा घरबारविहीन व्यक्तिलाई सहयोग गर्ने उद्देश्यले आयोजित १२ औँ वार्षिक होमवाकमा भाग लिएका थिए ।[४२]

बोइस क्याम्पसमा हुने यौन हिंसाको बारेमा महिला र पुरुष दुबैलाई सचेत गराउन इट्स अन अस नामक सामाजिक क्रान्तिमा संलग्न भएका थिए ।.[४३]

उनले सिकल-सेल रोग लागेका बालबालिकाको अस्थी मज्जा प्रत्यारोपणका लागि पैसा र सुविधा प्रदान गर्ने लुकस्ट्रङ फाउन्डेशनसँग पनि काम गरेका छन् ।[४४]

उनको अन्तिम परोपकारी अभियान, वील्डिङ पीस, मार्च फर आवर लाइभ्सका सहसंस्थापक डलेनी टारको सहकार्यमा सुरुवात गरिएको थियो । बन्दुकको दुरुपयोग घटाउने उद्देश्यले यस अभियानको सुरुवात भएको हो ।[४५]

द क्यामरन बोइस फाउन्डेशन सम्पादन गर्नुहोस्

द क्यामरन बोइस फाउन्डेशन क्यामरन बोइसको सम्झनामा नेटवर्क फर गुडद्वारा लस एन्जलसमा स्थापित गैर नाफामुखी सङ्गठन हो जसले बालबालिका तथा युवायुवतीको उज्ज्वल भविष्यका लागि कलात्मक र रचनात्मक आउटलेटको व्यवस्था गर्छ । डेबी रायन, कारण ब्रार र सोफी रेनोल्ड्स लगायत अन्य नाम चलेका व्यक्तिले यस सङ्गठनलाई समर्थन गरेका छन् ।[४६]

जुलाई २५, २०१९ मा यस सङ्गठनले वील्डिङ पीसको बारेमा खुलासा गरेपछि अगस्ट १६, २०१९ देखि यसको सुरुवात भयो ।[४७][४८]

सन् २०१९ मा यस सङ्गठनले थर्स्ट प्रोजेक्टलाई युगान्डामा इनार बनाउनका लागि $८,००० को दान दिएको थियो ।[४९]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "डिज्नी च्यानलका क्यामरन बोइसको २० वर्षको उमेरमा मृत्यु", द न्यू योर्क टाइम्स, दी असोसिएटेड प्रेस, जुलाई ७, २०१९। 
  2. २.० २.१ मार्क अस्बोर्नe; बिल हचिन्सन (जुलाई ७, २०१९), "डिज्नी च्यानलका क्यामरन बोइसको २० वर्षको उमेरमा मृत्यु", एबिसी न्यूज 
  3. क्यामरन बोइस (मे २८, २०१९), "यहाँ म जन्मदिन विशेषाधिकारको दुरुपयोग गर्दै कति चोटी सूर्यको परिक्रमा गरेँ भनेर नगनी बसिरहेको छु !!! जन्मदिनको शुभकामनाका लागि धन्यवाद, आज मलाई माया पठाउनुभएको सबै जनालाई माया फर्काउँदै छु ❤️"इन्स्टाग्रामद्वारा। 
  4. क्यामरन बोइसलाई फिफ्थ हार्मनी मन पर्छ रे, 'जेस्सी' र नयाँ प्रेमिकाबारे अन्तर्वार्ता, पसिफिक रिम भिडियो प्रेस, अप्रिल ३०, २०१४ – युट्युबद्वारा। 
  5. "क्यामरन बोइससँग डिसेन्डेन्ट्स २, जातीयता र बहिनीको पहिलो प्रेमीको बारेमा अन्तर्वार्ता", र पेजेस, अन्तिम पहुँच जुलाई ११, २०१९  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०३-२१ मिति
  6. केट्लिन कीटिङ (फेब्रुअरी ११, २०१६), "कालो इतिहास महिना: क्लिन्टन १२, जो एन र क्यामरन बोइस", पीपल 
  7. फराह एन्ड्र्यूज (जुलाई ७, २०१९), "डिज्नी च्यानलका क्यामरन बोइसको २० वर्षको उमेरमा मृत्यु", द नेशनल 
  8. क्यामरन बोइस (मे १४, २०१९), "अब हामी सँगै बस्न थालेपछि म आधिकारिक रूपमा श्मिट बने"इन्स्टाग्रामद्वारा। 
  9. "बायोग्राफी", वाल्ट डिज्नी टेलिभिजन प्रेस, अन्तिम पहुँच जुलाई ११, २०१९  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-०५ मिति
  10. क्याथरिन श्याटक (अगस्ट १२, २००८), "आज टेलिभिजनमा के प्रसारण भइरहेको छ", द न्यू योर्क टाइम्स 
  11. जोन पी. मायर (अगस्ट १६, २००८), "चलचित्र समिक्षा: 'मिरर्स'", पेगासस न्यूज, मूलबाट अक्टोबर ३, २०१३-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०१३-१०-०३ मिति
  12. जेन होर्विट्ज (अक्टोबर ३, २००८), "परिवार अनुकूल चलचित्र", द वशिङ्गटन पोस्ट 
  13. १३.० १३.१ १३.२ १३.३ १३.४ १३.५ १३.६ १३.७ १३.८ "क्यामरन बोइसले खेलेका चलचित्र र टिभी शृङ्खलाको सूची", टिभी गाइड, अन्तिम पहुँच जुलाई ११, २०१९ 
  14. १४.०० १४.०१ १४.०२ १४.०३ १४.०४ १४.०५ १४.०६ १४.०७ १४.०८ १४.०९ १४.१० १४.११ १४.१२ १४.१३ १४.१४ १४.१५ १४.१६ रेबेक्का रूबिन (जुलाई ७, २०१९), "डिज्नी च्यानलका क्यामरन बोइसको २० वर्षको उमेरमा मृत्यु", भेराइटी 
  15. डान्सिङ विथ द स्टार्स - शाही विवाह, कोडबेर २, डिसेम्बर २८, २०१४ – डेलीमोशनद्वारा। 
  16. "क्यामरन बोइस", मूभिवेब, मूलबाट अक्टोबर १४, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई ११, २०१९  वेब्याक मेसिन अभिलेखिकरण २०१३-१०-१४ मिति
  17. "डिज्नी च्यानलको नयाँ शृङ्खला 'जेस्सी' का कलाकार", न्यू फेसेस, मूलबाट अप्रिल ९, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई ११, २०१९  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०४-०९ मिति
  18. 'जेस्सी' का क्यामरन बोइससँग विशेष अन्तर्वार्ता, पप कल्चर पेसनिस्टास, सेप्टेम्बर २८, २०११ – युट्युबद्वारा। 
  19. डेनिस पेट्स्की (मार्च २०, २०१८), "'स्टेप्स': जुली ह्यागर्टी र क्यामरन बोइस पहिलो भागमा", डेडलाइन हलिउड 
  20. अम्यान्डा एन'डुका (जुलाई २३, २०१८), "'डिसेन्डेन्ट्स' कलाकार क्यामरन बोइस 'रन्ट' मा", डेडलाइन हलिउड 
  21. नेल्ली आन्ड्रीवा (जनवरी १७, २०१९), "'डिसेन्डेन्ट्स' कलाकार क्यामरन बोइस एचबीओ हास्य शृङ्खला 'मिसेस फ्लेचर' मा संलग्न", डेडलाइन हलिउड 
  22. क्यामरन बोइस (अप्रिल १०, २०१९), "होजिएरको नयाँ भिडियो 'अल्मोस्ट (स्वीट म्यूजिक)' अप्रिल १६ मा निस्किन्छ । एन्ड्र्यू र उनको टोलीले मलाई र क्रिस्टिन फ्लोरेसलाई नाँचको रचना गर्ने अवसर दिएकोमा धन्यवाद । आफूलाई मन पर्ने कलाकारको लागि केही बनाउनु ठुलो कुरा हो । यस अवसरको लागि फेरि पनि धन्यवाद !!"इन्स्टाग्रामद्वारा। 
  23. "क्यामरनको बारेमा", द क्यामरन बोइस फाउन्डेशन, अन्तिम पहुँच सेप्टेम्बर १५, २०१९  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-१९ मिति
  24. "क्यामरन बोइसको आर्काइभ्स", अन्तिम पहुँच सेप्टेम्बर १६, २०१९इन्स्टाग्रामद्वारा। 
  25. एरिक जेन्सन (जुलाई १३, २०२०), "एचबीओ वृत्तचित्र 'शोबिज किड्स' मा बाल कलाकारिताको नकारात्मक पक्ष", यू.एस.ए. टूडे 
  26. २६.० २६.१ नेल्ली आन्ड्रीवा (जुलाई ७, २०१९), "क्यामरन बोइस: पछि छोडेका कार्यहरू", डेडलाइन हलिउड 
  27. ब्रूस हेरिङ (मे २, २०२०), "'प्यारडाइस सिटी' मा स्वर्गीय क्यामरन बोइसको अन्तिम झलक", डेडलाइन हलिउड 
  28. क्यामरन बोइस मार्वलको स्पाइडरम्यानको नयाँ भागमा, मार्वल एन्टरटेन्मेन्ट, अगस्ट २५, २०१७ – युट्युबद्वारा। 
  29. "डिज्नी च्यानल अक्टोबर २०१९ हाइलाइट्स", वाल्ट डिज्नी टेलिभिजन प्रेस, सेप्टेम्बर २०, २०१९।  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०४-०८ मिति
  30. "३३ औँ वार्षिक यङ आर्टिस्ट अवार्ड्स - नामाङ्कन", यङ आर्टिस्ट अवार्ड्स, मूलबाट अप्रिल ४, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई ११, २०१९ 
  31. जुली शेफर (अक्टोबर १०, २०१७), "बाल कलाकारको उदय", टेलिभिजन एकेडमी 
  32. जोर्डिन टिल्चेन (जुलाई ८, २०१९), "क्यामरन बोइसले मानिसहरूलाई समाजलाई कसरी फिर्ता दिने भन्ने देखाउन चाहन्थे", एमटिभी न्यूज 
  33. "क्यामरन बोइसको मृत्युको कारण", लस एन्जलस चिकित्सा विभाग, जुलाई ३०, २०१९। 
  34. एमी फोर्लिटी (जुलाई ७, २०१९), "डिज्नी च्यानलका क्यामरन बोइसको २० वर्षको उमेरमा मृत्यु", असोसिएटेड प्रेस 
  35. सिड्नी हेन्डरसन (जुलाई ८, २०१९), "डिज्नी कलाकार क्यामरन बोइसको मृत्युको कारण ‘थप खोज’को लागि पछि सारियो", यू.एस.ए. टूडे 
  36. मक्केना एइलो (जुलाई ९, २०१९), "क्यामरन बोइसको परिवारले उनको छारे रोग निदानको पुष्टि गर्छन्", इ ! न्यूज 
  37. "डिज्नी च्यानल कलाकार क्यामरन बोइसको मृत्युको कारण छारे रोगको दौरा रहेछ", केएबिसी-टिभी, जुलाई ३०, २०१९। 
  38. नटाली स्टोन (जुलाई १६, २०१९), "मृत्यु दर्ता अनुसार डिज्नी कलाकार क्यामरन बोइसको शवलाई जलाइयो", पीपल 
  39. गेब बर्गाडो (अक्टोबर २०, २०१७), "क्यामरन बोइससँग 'डिसेन्डेन्ट्स', हलिउडमा जातीय विविधता र विकासको विषयमा अन्तर्वार्ता", टीन भोग 
  40. @ThirstProject (सेप्टेम्बर २९, २०१९), "द क्यामरन बोइस पायोनियरिङ्ग स्पिरिट अवार्डले उनको स्मृति सधैँ हाम्रो मनमा जिउँडो राख्नेछ । यो पुरस्कार दिन पाउँदा हामीलाई गर्व लागिरहेको छ 💙💧" (ट्विट) – ट्विटरद्वारा। 
  41. क्यामरन बोइस (अक्टोबर ३१, २०१४), "युनाइटेड वे अफ अमेरिकाको होमवाक अभियानका लागि $५०० उठाउने पहिलो ५ व्यक्तिलाई विशेष उल्लेख गर्नेछु । धन्यवाद !!!"इन्स्टाग्रामद्वारा। 
  42. "१२ औँ वार्षिक होमवाकले $११,००,००० उठायो", द लस एन्जलस इन्डिपेन्डेन्ट, मे २३, २०१९।  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०७-३१ मिति
  43. इट्स अन अस (जुलाई ७, २०१९), "इट्स अन असका साथी र क्याम्पसमा हुने यौन हिंसाको विरोधमा खडा हुने हाम्रो समर्थक क्यामरन बोइसको मृत्युको समाचार सुनेर हामी मर्माहत भएका छौँ । उनको परिवार प्रति समवेदना प्रकट गर्दछौँ । ❤️"इन्स्टाग्रामद्वारा। 
  44. क्यामरन बोइसको टोली, "क्यामरन बोइसले लुकस्ट्रङ फाउन्डेशनसँग सिकल-सेल रोग लागेका बालबालिकालाई अस्थी मज्जा प्रत्यारोपणको लागि सक्दो दान दिने र उनीहरूसँग भकुण्डो खेल्थे भन्ने धेरैलाई थाहा छैन ।", अन्तिम पहुँच अगस्ट १९, २०१९फेसबुकद्वारा। 
  45. जोडी गुग्लिएल्मी (जुलाई ११, २०१९), "क्यामरन बोइसका प्रियजनहरूले नयाँ सामाजिक सञ्जाल अभियानको सुरुवात गरी उनको विरासतलाई निरन्तरता दिइरहेका छन्", एमएसएन 
  46. डेनिस ग्रेडी (जुलाई १०, २०१९), "क्यामरन बोइसको छारे रोग कसरी २० वर्षको उमेरमा नै उनको मृत्युको कारण बन्यो", द न्यू योर्क टाइम्स 
  47. द क्यामरन बोइस फाउन्डेशन (जुलाई २५, २०१९), "वील्डिङ पीस द क्यामरन बोइस फाउन्डेशनको पहिलो लगानी गरिएको परियोजना हो । क्यामरन बोइसको विरासतलाई निरन्तरता दिन र शान्ति स्थापना गर्न हामी एक भई खडा हुनेछौँ ।"इन्स्टाग्रामद्वारा। 
  48. द क्यामरन बोइस फाउन्डेशन (अगस्ट १५, २०१९), "द क्यामरन बोइस फाउन्डेशनको पहिलो लगानी गरिएको परियोजना, वील्डिङ पीस भोलि देखि सुरु हुनेछन् । हाम्रो पृष्ठलाई अनुकरण गर्नुहोस् र थप जानकारीका लागि हाम्रो वेबसाइट हेर्नुहोस् । [...]"इन्स्टाग्रामद्वारा। 
  49. द क्यामरन बोइस फाउन्डेशन (सेप्टेम्बर २९, २०१९), "हिजो, १० औँ थर्स्ट गालामा क्यामरनले पोहोर साल जितेको पुरस्कारको नाम क्यामरन बोइस पायोनियरिङ स्पिरिट अवार्ड बनाई उनलाई सम्मान गरिएको थियो । उनले एक वर्ष अगाडि दिएको भाषणमा उनले हामी सबैलाई एकअर्काको साथ दिन आग्रह गरेका थिए । द क्यामरन बोइस फाउन्डेशनले थर्स्ट प्रोजेक्टलाई युगान्डामा इनार बनाउनका लागि $८,००० दान दिएको जानकारी गराउँदा हामीलाई गर्व लागिरहेको छ । हामी थर्स्ट प्रोजेक्टलाई विश्वको खानेपानीसम्बन्धि समस्या समाधान गर्न र क्यामरनको लागि महत्त्वपूर्ण सबै मुद्दाहरूमा साथ दिन सक्ने आशा गर्दछौँ ।"इन्स्टाग्रामद्वारा। 

बाह्य कडी सम्पादन गर्नुहोस्