कैलाली बहुमुखी क्याम्पस

कैलाली बहुमुखी क्याम्पस कैलाली जिल्लाको धनगढी मा रहेको एक सामुदायिक क्याम्पस हो । यसले सुदुरपश्चिम विश्वविद्यालय सँग सम्बन्धन लिएको छ। वि सं २०३० सालमा शिक्षाका लागि जनसभागिता जुर्मिरियो र वि सं २०३१ सालमा यस क्षेत्रमा क्याम्पस हुनुपर्छ भनी जमर्को गरियो तर तत्कालीन परिस्थितिमा त्री वी बाट निजी क्षेत्रमा क्यम्पस सञ्चालनका लागि अनुमति नदिने नियम भएकाले त्यो प्रयास सफल हुन सकेन। तत्पश्चात २०३७ सालमा तत्कालिन अञ्चलाधीशले क्याम्पस सञ्चालन गर्ने जिम्मेवारी आफूले लिई तत्कालीन राजा श्री ५ वीरेन्द्र शाहको हुकुमपश्चात धनगढी नगर पञ्चायत वडा नं ८ मा पर्ने २७ बिघा जमीन क्याम्पसको नाममा दर्ता गरी वि सं २०३७ माघ १९ मा यस क्याम्पसको स्थापना गरियो। शुरुवातमा यस क्याम्पसको अध्यापन पञ्चोदय माध्यमिक विद्यालय बाट गरिएको थियो। त्यस समयमा क्याम्पसको स्वीकृति र क्यम्पस प्रमुख को खोजीको लागि तत्कालीन धनगढी नगर पञ्चायतका प्रधानपञ्च यज्ञराज पन्तको नेतृत्वमा एक प्रतिनिधि मण्डल काठमाण्डौ प्रस्थान गर्यो। उक्त मण्डलले क्याम्पसको सञ्चालनको लागि स्वीकृती प्रक्रिया अघि बढाउनुका साथै प्राध्यापक चन्द्रधर उप्रेतीलाई अनुरोध गरी राजी गराएर क्यम्पस प्रमुखमा नियुक्त गरी पठनपाठन कार्य अघि बढाएको थियो।

चित्र:Kailali Multiple Campus logo.jpg
आदर्श वाक्य
  • विद्यार्थीको सर्वोपरी विकासका लागि गुणस्तरिय शिक्षा
  • सु प को शैक्षिक आवस्यकता अनुसारको सैक्षिक कार्यक्रम
प्रकारसामुदायिक
स्थापना२०३७ साल
शैक्षिक कर्मचारी
६५ प्राध्यापकीय संकाय
२२ अन्य स्टाफहरू
विद्यार्थीहरू८००० +
स्थान,
क्याम्पसधनगढी
वेबसाइटwww.kailalicampus.edu.np

[१]

कैलाली बहुमुखी क्याम्पस

परिचय सम्पादन गर्नुहोस्

कैलाली बहुमुखी क्याम्पस कैलाली जिल्लाको धनगढी मा रहेको छ।यस क्याम्पसमा व्यावस्थापन संकाय, शिक्षा संकाय, मानविकी संकाय र विज्ञान संकाय को अध्यापन हुन्छ।कैलाली बहुमुखी क्याम्पस सुदूर पश्चिमकै अग्रणी शैक्षिक संस्थाका रूपमा स्थापित छ।

ऐतिहासिक विकास सम्पादन गर्नुहोस्

तिन दशक अगाडी सम्म कैलाली जिल्लामा उच्च शिक्षाका लागि कुनै पनि शैक्षिक संस्थाहरू थिएनन्। यस आवश्यकतालाई मध्य नजर गर्दै कैलाली क्याम्पसको स्थापना भएको थियो।सुरूमा कैलाली कमर्श क्याम्पसका नाममा खोलिएको क्याम्पसको पछि कैलाली बहुमुखी क्याम्पस नामाकरण गरिएको थियो।सुरूमा कैलाली क्याम्पस हालचो पञ्चोदय स्कुलमा सञ्चालन गरिएको थियो।त्यति खेर एक सय जना विद्यार्थी पनि मुस्किलले भर्ना हुन पुग्दथे।यो क्याम्पस वि.स. २०४० मा हालको स्थानमा स्थानान्तरण गरिएको हो। गुणस्तरिय शिक्षा, पर्याप्त भौतिक पूर्वाधार, सस्तो शुल्क र सुविधाजनक अवस्थितिले यो क्याम्पस उत्कृष्ठ बनेको छ। वि.स. २०४६ मा त्रिभुवन विश्वविद्यालयले यस क्याम्पसलाई नेपालको उत्कृष्ठ निजी क्याम्पस घोषणा गर्दै १ लाख ४५ हजारको पुरस्कार प्रदान गरेको थियो।यो क्याम्पसले उत्पादन गरेका धेरै विद्यार्थी विभिन्न क्षेत्रमा आफ्न क्यारियर बनाईसकेका छन्।

विद्यार्थी लाई सुविधाहरू सम्पादन गर्नुहोस्

  1. सम्पन्न पुस्तकालयको व्यवस्था
  2. स्तरिय कम्प्युटर ल्याब
  3. आधुनिक प्रयोगशाला
  4. क्यान्टिनको व्यवस्था
  5. खेलकुद कार्यक्रम
  6. अतिरिक्त क्रियाकलापको व्यवस्था
  7. म्युजिक क्लबको स्थापना

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. [सुदुरपश्चिम[dead link] विश्वविद्यालय सम्वन्धित क्याम्पसहरू

वाहिरी कडी सम्पादन गर्नुहोस्

क्याम्पसको आधिकारिक वेबसाईट[dead link]
फोन नं. : ०९१-५२१२२३/ ०९१-५२६२९३
फ्याक्स : ०९१-५२६२९३
ईमेल : kmckailali@gmail.com