केपी खनाल (जन्म: वि. सं. २०५६ पुस २७) अछाम जिल्लाको रामारोशन गाउँपालिकामा जन्मिएका एक सामाजिक अभियन्ता हुन्। उनलाई देशको 'कान्छो सामाजिक अभियन्ताका रूपमा पनि चिनिन्छ।[२]

केपी खनाल
जन्मक्षेत्रप्रासाद खनाल
वि. सं. २०५६ पुस २७ गते
अछाम जिल्ला, रामारोशन गाउँपालिका
राष्ट्रियतानेपाल नेपाली
जातीयताबाहुन
पेशासामाजसेवा, सरसफाइ अभियान
कार्यकाल२०६८ - अहिलेसम्म
उल्लेखनीय कार्य
बाजुरा जिल्लामा अनाथ आश्रमको निर्माण, काठमाडौँमा ‘क्लिन काष्ठमण्डप’ र "म बदलिन्छु अनि मेरो देश बद्लिन्छ"[१]
गृहनगरलम्की, कैलाली
उचाइ५.४"
धर्महिन्दू धर्म

शिक्षा सम्पादन गर्नुहोस्

अछामको रामारोशनमा जन्मिएका केपी खनालले प्रारम्भिक शिक्षा पनि अछाम जिल्लामा नै पूरा गरे। त्यसपछि उनी कैलालीको लम्की आए र त्यतै हुर्के–बढे। १२ कक्षासम्मको शिक्षा पूरा गरे। खनालले गाउँलेको सहारामा टेक्सास इन्टरनेसनल कलेजमा मानवीय संकायमा स्नातकोत्तर अध्ययन गरे।[३]

सामाजिक कार्य सम्पादन गर्नुहोस्

खनाल ७ कक्षा पढ्दादेखि नै रेडियोमा बाल पत्रकार भएर काम गर्दै सामाजिक क्षेत्रमा लागेका थिए। उनले गरिबीका कारण बाल मजदुरको रूपमा भारतको मुम्बईस्थित मिरारोडको होटलमा काम गरेका थिए। आफ्नै देशमा केही गर्नुपर्छ भन्ने उद्देश्यले नेपाल फर्केर उनी 'प्लस टु' पढ्दै गर्दा गाउँघरमा सरसफाइ अभियान, गरीब असहायलाई राहत वितरण जस्ता सामाजिक कार्यमा सक्रिय भए। पछि उनी 'प्लस टु' को पढाइ सकाएर उच्च शिक्षाका लागि काठमाडौँ आए। काठमाडौँ आएको एक महिनामै ‘क्लिन काष्ठमण्डप’ नामको अभियान अन्तर्गत "म बदलिन्छु अनि मेरो देश बदलिन्छ" भन्ने भावसहित सफाइ अभियानको सुरुवात गरे। सुदूरपश्चिमको विकट बाजुरा जिल्लाको बूढीगङ्गा नगरपालिकास्थित ‘कन्सर्न बाजुरा’ नामक संस्थाले तीन वर्षदेखि बाजुराका १२ जना अनाथ बालबालिकालाई संरक्षण गर्दै आएको थियो। त्यसका लागि बालगृह बनाउन उनले ५० लाख रुपैयाँ लागत रकम जुटाउने अभियानमा लागे र सफल पनि भए।[४]शिलान्यासको एक वर्ष अवधिभित्रै बालगृहको भवन निर्माण सम्पन्न गरी वि.सं. २०७६ बैशाख २५ गते चलचित्र अभिनेता राजेश हमालबाट संस्थालाई साँचो हस्तान्तरण गराएका थिए।[५]हाल उक्त अनाथालयमा करिब २० जना भन्दा बढी बालबालिका रहेका छन्। करिब ५० भन्दा बढी बालबालिका अट्ने क्षमता भएको उक्त आश्रममा खान, बस्न र शिक्षाको उपयुक्त व्यवस्था रहेको छ।[६]

खनाल र उनका केहि साथीहरु मिलेर ‘म बदलिन्छु, मेरो देश बदलिन्छ’ भन्ने नाराका साथ क्लिन काठमाडौँ अभियान चलाएका छन्। कहिले उनीहरू सडकमा झाडु लगाउँने र कहिले रातबिरात जथाभावी फोहोर फाल्नेलाई सम्झाउन र फोहर फाल्ने ठाउँमा पुगेर सचेत गराउने काम गर्दै आइरहेका छन्।[७]


पुरस्कार तथा सम्मान सम्पादन गर्नुहोस्

  • नेसनल युथ आइकन अवार्ड (भारतमा) - सन् २०१८
  • नेसनल युथ लिड अवार्ड - सन् २०१९[८]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्