केमु सन् २०१३ मा स्थापित एक अनलाइन बजार हो जसले अफ्रिका[१], युरोपएसियामा स्थानीयकृत उपभोक्त देखि उपभोक्त र खुद्रा उत्पादनहरूको प्रदान गर्दछ।[२] मञ्चले खरीददारहरू र विक्रेताहरूलाई नयाँ र प्रयोग गरिएका फेशन सामग्री, मोबाइल फोन, गहना, तथा घरेलु उपकरणहरूमा खरिद बिक्री सम्झौता गर्न अनुमति दिन्छ।

केमु
साइटको प्रकार
इ-वाणिज्य
उपलब्ध भाषाअरबी, अङ्ग्रेजी फ्रान्सेली, पोर्चुगाली
संस्थापित२०१३ (2013)
सेवा क्षेत्रअफ्रिका, एसिया, युरोप
उद्योगइन्टरनेट
अभिभावकरकेट इन्टरनेट, अफ्रिका इन्टरनेट समूह, एसिया प्रशान्त इन्टरनेट समूह
युआरएलwww.kaymu.com
चालु भएको मिति2013

इतिहास सम्पादन गर्नुहोस्

केमुले जनवरी २०१३ मा पाकिस्तान र नाइजेरियामा सेवा सञ्चालन गरेको थियो।[३] सुरुवातको २७ महिना भित्र यसले अन्य ३२ देशहरूमा सेवा पुर्‍याएको थियो। केमुले इबेको शैलीको प्रतिलिपि गर्दछ। [४]

यसले प्रथम-पक्षिय उत्पादनहरूको बिक्री गर्दैन र यसमा सञ्चालित प्रत्येक देशहरूको लागि यससँग अलग खुद्रा वेबसाइटहरू रहेका छन्।[५][६]

केमुको नजिकका प्रतिस्पर्धी नासपर्सको स्वामित्वमा रहेको ओएलएक्स हो जसले १०० भन्दा बढी देशहरूमा सेवा सञ्चालन गर्दछ भने यसले उपभोक्त देखि उपभोक्त शैलीमा सेवा सञ्चालन गर्दछ। [७] जनवरी २०१३ मा, केमुले रोकेट इण्टरनेटबाट प्रथम चरणको कोषमा अज्ञात रकम प्राप्त गरेको थियो जसले गर्दा यसले नाइजेरिया र पाकिस्तानमा सेवा सञ्चालन गरेको थियो। सेवा सञ्चालनको नौ महिना यसले घाना र मोरक्कोमा सेवा विस्तार गरेको थियो।[८]

जुन २०१५ सम्म, केमुको सञ्चालनमा मोजाम्बिक , बङ्गलादेश, नेपाल, म्यानमार,[९] स्लोभेनिया, श्रीलङ्का, बुल्गेरिया,[१०] उज्बेकिस्तान, र फिलिपिन्स सम्मिलित भएका थिए।[११]

केमुले ३७ देशहरूमा सेवा सञ्चालन गर्दछ जसमध्ये १७ अफ्रिका मुलुकहरू हुन्[१२] भने बाँकी युरोपेली र एसियाली मुलुकहरू हुन्।[१३]

केमुले हाल निम्नलिखित देश तथा क्षेत्रहरूमा सेवा सञ्चालन गर्दछ:[१४]

१) अफ्रिका: अल्जेरिया, एङ्गोला, क्यामेरून, इथियोपिया, गाबोन, घाना, आइभोरी कोष्ट, केन्या, मोरक्को, मोजाम्बिक, नाइजेरिया, रुवान्डा, सेनेगल, ताञ्जानिया, ट्युनिसिया, युगाण्डा र जाम्बिया।

२) एसिया तथा मध्य पूर्व: अजरबैजाज, बङ्गलादेश, कम्बोडिया, म्यानमार, नेपाल, पाकिस्तान, फिलिपिन्स, साउदी अरब, श्रीलङ्का र उज्बेकिस्तान

३) युरोप: अल्बानिया, बोस्निया र हर्जगोभिना, बुल्गेरियन, बेलारूस, क्रोएसिया, जर्जिया, स्लोभाकिया र स्लोभेनिया।

सन् २०१६ मा केमु अफ्रिकामा जुमियामा रूपान्तरण भएको थियो। [१५]

लगानीकर्ताहरू सम्पादन गर्नुहोस्

रकेट इण्टरनेटका प्रमुख कार्यकारी अधिकृत ओलिभर सामवरले आफ्नो कम्पनीलाई इण्टरनेट कम्पनीहरू निर्माणकर्ताको रूपमा वर्णन गरेका छन्।[१६] रकेट इण्टरनेटले अफ्रिका इण्टरनेट समूह मार्फत अफ्रिकाको सबै व्यापारिक मामिलाहरूको निरीक्षण गर्दछ जसले रकेट इण्टरनेट, एमटिएन र मिलिकम बीच स्वामित्व साझा गरेको छ।[१७] [१८][१९]

विवादहरू सम्पादन गर्नुहोस्

केमु, रकेट इण्टरनेटद्वारा समर्थित कम्पनीहरूको सूचीमा सम्बन्धित छ। यसले अन्य यस्तै वेबसाइटहरूका ढाँचाहरूको प्रतिलिपि गरेका कारण यसलाई आलोचित गरिएको थियो। [२०][२१]

पुरस्कारहरू सम्पादन गर्नुहोस्

अनलाइन खुद्रा पुरस्कार (लण्डन, सन् २०१४) [२२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Ivory Coast stallholders turn to digital marketplace", बीबीसी, ११ जुलाई २०१४, अन्तिम पहुँच ९ जुन २०१५ 
  2. "Rocket Internet Partners With Qatar’s Ooredoo In New Fund For Asian E-Commerce Startups", टेक क्रञ्च, Apr २३, २०१४, अन्तिम पहुँच ९ जुन २०१५ 
  3. "Kaymu Nigeria launches new schemes to improve quality and performance", भेञ्चर बर्न, १८ मार्च २००४, अन्तिम पहुँच ९ जुन २०१५ 
  4. "OLX Announces Expansion in Eleven International Markets", बिजनेस वायर, १६ सेप्टेम्बर २०१४, अन्तिम पहुँच ९ जुन २०१५ 
  5. "Nigerian online marketplace Kaymu expands to Morocco and Ghana", Ventureburn, १ अक्टोबर २०१३, अन्तिम पहुँच ९ जुन २०१५ 
  6. "E-Commerce Platform Kaymu Expand its Operations to Morocco", Morocco World News, १३ मार्च २०१५, अन्तिम पहुँच ९ जुन २०१५ 
  7. "Rocket Internet At It Again, Launches eBay Clones In Nigeria & Pakistan", टेक मोरन, १६ जनवरी २०१३, अन्तिम पहुँच ९ जुन २०१५  वेब्याक मेसिन अभिलेखिकरण १० जुन २०१५ मिति
  8. "Kaymu Nigeria celebrates 2nd Anniversary, to get more Merchants on board", Tech360NG, मूलबाट १० जुन २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ जुन २०१५  वेब्याक मेसिन अभिलेखिकरण १० जुन २०१५ मिति
  9. "Rocket Internet launches general classifieds platform in 8 countries", एम समूह, अन्तिम पहुँच ९ जुन २०१५ 
  10. "Kaymu.lk In Sri Lanka With Android App Launch", द सण्डे लिडर, ९ जुन २०१५, अन्तिम पहुँच ९ जुन २०१५  वेब्याक मेसिन अभिलेखिकरण १० जुन २०१५ मिति
  11. "Kaymu: An African Success On Mission To Change Ecommerce In Bulgaria", ष्टार्टअप, अन्तिम पहुँच ९ जुन २०१५ 
  12. "E-commerce becomes a force in African retail market", पिसि वर्ल्ड, ३ डिसेम्बर २०१४, अन्तिम पहुँच १५ जुन २०१५ 
  13. "Tamim extends Kaymu deal", द डेली ष्टार (11 June 2015), अन्तिम पहुँच १५ जुन २०१५ 
  14. http://www.kaymu.com/
  15. https://www.pulse.ng/news/tech/exclusive-hellofood-lamudi-carmudi-jovago-everjobs-vendito-kaymu-out-jumia-becomes-one-stop-shop-id5162428.html वेब्याक मेसिन अभिलेखिकरण २०१८-०८-२३ मिति
  16. "Rocket Internet Companies", रकेट इन्टरनेट, अन्तिम पहुँच ९ जुन २०१५ 
  17. "Rajib mehta says Rocket Internet isn’t an incubator and offers more ‘freedom’ than Google", द नेक्स्ट वेब, १९ जनवरी २०१५, अन्तिम पहुँच ९ जुन २०१५ 
  18. "The Scramble For Africa Continues — iROKOtv Closes $8M To Be The Netflix Of Africa", टेक क्रञ्च, १७ डिसेम्बर २०१३, अन्तिम पहुँच ९ जुन २०१५ 
  19. "Millicom International Cellular: MTN joins Millicom and Rocket Internet to build Africa’s leading Internet company", बिजनेस वायर, १३ डिसेम्बर २०१३, अन्तिम पहुँच ९ जुन २०१५ 
  20. "Rocket Internet’s Marc Samwer On Cloning: We Make Business Models Better Because We Localize Them", टेक क्रञ्च, २८ अक्टोबर २०१३, अन्तिम पहुँच ९ जुन २०१५ 
  21. "Germany's Samwer Brothers Take Their Web Copycat Act Global", ब्लुमबर्ग, १५ मे २०१४, अन्तिम पहुँच ९ जुन २०१५ 
  22. "Kaymu wins Online Retail Award in London", २०१४, अन्तिम पहुँच ९ जुन २०१५ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्