कुशल भुर्तेल

नेपाली क्रिकेटर

कुशल भुर्तेल (जन्म: २०५३ माघ ९) एक नेपाली क्रिकेट खेलाडी हुन्।[] उनले १७ अप्रिल २०२१ मा नेदरल्यान्ड विरुद्ध टी-२० अन्तर्राष्ट्रियमा र ७ सेप्टेम्बर २०२१ मा पपुवा न्युगिनी विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो खेल खेलेका थिए।

कुशल भुर्तेल
कुशल भुर्तेल जिम्बाब्वे विरुद्धको खेलमा
व्यक्तिगत जानकारी
जन्म (1997-01-22) २२ जनवरी १९९७ (उमेर २७)
बुटवल, रुपन्देही जिल्ला, नेपाल
ब्याटिङदायाँ-हाते
बलिङदायाँ-हाते लेग ब्रेक
भूमिकाशीर्ष ब्याटर
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
ओडिआई पहिलो खेल (क्याप २५)७ सेप्टेम्बर २०२१ v पपुवा न्युगिनी
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय१६ सेप्टेम्बर २०२४ v क्यानडा
टिट्वान्टी पहिलो खेल (क्याप ३३)१७ अप्रिल २०२१ v नेदरल्यान्ड
अन्तिम टिट्वान्टी अन्तर्राष्ट्रिय३० अक्टोबर २०२४ v अमेरिका
घरेलु टोली जानकारी
वर्षटिम
नेपाल पुलिस क्लब
फ्र्याङ्कस्टोन पेनिनसुला क्रिकेट क्लब
खेल जीवन तथ्याङ्क
प्रतियोगिता एकदिवसीय टिट्वान्टी क वर्ग
म्याच ५३ ५३ ६२
रन स्कोर १,२२० १२९८ १४३४
ब्याटिङ औसत २३.४६ ३८.२१ २३.९०
१००/५० १/८ १/९ १/१०
सर्वोच्च स्कोर ११५ १०४* ११५
कुल बल ३१८ १८० २७८
विकेट ११ १९ १७
बलिङ औसत २३.३६ ९.४७ १७.४७
एक इनिङमा ५ विकेट
एक म्याचमा १० विकेट
उत्कृष्ट बलिङ ४/२० ३/१२ ६/४०
क्याच/स्टम्प ३९/– ३१/– ४३/–
स्रोत: क्रिकइन्फो, १२ फेब्रुअरी २०२४
पदक कीर्तिमान

नोभेम्बर २०१९ मा, उनलाई बङ्गलादेशमा सन् २०१९ एसीसी इमर्जिङ टिम्स एसिया कपको लागि नेपाली टोलीमा समावेश गरिएको थियो। उनले १४ नोभेम्बर २०१९ मा इमर्जिङ टिम्स कपमा भारतविरुद्ध नेपालको लागि क वर्गको खेलाडीको रूपमा डेब्यु गरेका थिए। क वर्गको खेलाडीको रूपमा पहिलो खेल खेल्नु अगाडि उनी सन् २०१६ को यु–१९ विश्वकपका लागि नेपाली टोलीमा समावेश भएका थिए। उनी सन् २०१९ को दक्षिण एसियाली खेलकुद (साग)मा पुरुष क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीमा पनि थिए। तेस्रो स्थानका लागि भएको प्लेअफ खेलमा माल्दिभ्सलाई पाँच विकेटले पराजित गर्दै नेपालले कास्य पदक जितेको थियो।[] उनी सन् २०२०–२१ को त्रिकोणात्मक शृङ्खलाका लागि नेपालको ट्वान्टी–२० अन्तर्राष्ट्रिय टोलीमा थिए। पूर्वकप्तान पारस खड्काको चोटका कारण उनले खेलमा ओपनिङ गर्ने मौका पाएका थिए। त्यसयता उनी नेपालका लागि एक प्रमुख खेलाडी हुन्। उनले सन् २०२१ अप्रिल १७ मा नेदरल्यान्ड विरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए।[] नेपालले नेदरल्यान्डलाई ९ विकेटले हराएको थियो भने, भुर्तेलले सर्वाधिक ६२ रन बनाएका थिए।[] [] उनले खेलेका पाँच खेलमा ६९.५० को औसतमा २७८ रन बनाएपछि उनी म्यान अफ द सिरिज घोषित भएका थिए।[] मे २०२१ मा, त्रिकोणात्मक शृङ्खलामा उनको प्रदर्शनपछि, भुर्तेल आइसीसीको पुरुष खेलाडीको पुरस्कारको लागि मनोनित भएका थिए।[]

अगस्ट २०२१ मा, भुर्तेललाई ओमानमा पपुवा न्युगिनी विरुद्धको शृङ्खलाको लागि नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) टोलीमा र ओमानमा पनि २०१९-२०२३ आइसिसी क्रिकेट विश्वकप लिग २ प्रतियोगिताको छैटौँ चरणका लागि उनीहरूको टोलीमा पनि परेका थिए।[] उनले ७ सेप्टेम्बर २०२१ मा पपुवा न्युगिनी विरुद्ध नेपालको लागि एकदिवसीय क्रिकेटमा डेब्यु गरेका थिए।[]

फेब्रुअरी २०२२ मा, उनलाई ओमानमा २०२२ आइसिसी पुरुष टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए प्रतियोगिताको लागि नेपालको टी-२० आई टोलीमा समावेश गरिएको थियो।[१०] नेपालको दोस्रो खेलमा, फिलिपिन्स विरुद्ध, भुर्तेलले टी-२० खेलमा आफ्नो पहिलो शतक बनाएका थिए।[११]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "Kushal Bhurtel", ESPN Cricinfo, अन्तिम पहुँच १४ नोभेम्बर २०१९ 
  2. "Shahab sneaks in for first time as Nepal name final squad for Tri-Nation Series", Cricketing Nepal, अन्तिम पहुँच १४ अप्रिल २०२१ 
  3. "1st Match, Kirtipur, Apr 17 2021, Nepal Tri-Nation T20I Series", ESPN Cricinfo, अन्तिम पहुँच १७ अप्रिल २०२१ 
  4. "Nepal defeat Netherlands by nine wickets in the Tri-Nations T20 Series opener", Kathmandu Post, अन्तिम पहुँच १७ अप्रिल २०२१ 
  5. Online, T. H. T. (२० अप्रिल २०२१), "Kushal Bhurtel sets record with three consecutive T20I 50s", The Himalayan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २१ अप्रिल २०२१ 
  6. "Nepal demolish the Netherlands to claim historic Tri-Nations triumph", Emerging Cricket, अन्तिम पहुँच २५ अप्रिल २०२१ 
  7. "Who is Kushal Bhurtel, the Nepalese sensation up for ICC POTM?", International Cricket Council, अन्तिम पहुँच ५ मे २०२१ 
  8. "Nepal announces squad for the CWCL2 series", Emerging Cricket, अन्तिम पहुँच २१ अगस्ट २०२१ 
  9. "1st ODI, Al Amerat, Sep 7 2021, Nepal v Papua New Guinea ODI Series", ESPN Cricinfo, अन्तिम पहुँच ७ सेप्टेम्बर २०२१ 
  10. "Nepal name final squad for T20 Global Qualifiers", The Kathmandu Post, अन्तिम पहुँच १६ फेब्रुअरी २०२२ 
  11. "Kushal Bhurtel century pushes Nepal closer to T20 World Cup Qualifier semi-finals", The National, अन्तिम पहुँच १९ फेब्रुअरी २०२२ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्