कुवेत सहर

(कुवैत सिटी बाट पठाईएको)

कुवेत सहर (अरबी: مدينة الكويت, लिप्यन्तरण: 'मदिनत-अल-कुवेत') कुवेतको राजधानी र सबैभन्दा ठूलो सहर हो। यसलाई कुवेतको मुटु पनि भनिन्छ। यस सहरमा कुवेतको संसद भवन तथा धेरैजसो सरकारी कार्यालयहरू रहेका छन्। देशको राजनीतिक राजधानी हुनको साथै यसलाई देशको सांस्‍कृतिक तथा आर्थिक राजधानी पनि मानिन्छ। यसको महानगरीय क्षेत्रको अनुमानित जनसङ्ख्या ४१ लाख रहेको छ। कुल २०० वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको यस सहरमा जयन समूहको प्रधान कार्यालय रहेको छ।

कुवेत सहर

مدينة الكويت

मदिनत अल-कुवेत
कुवेत सहरको धरोहरहरू
कुवेत सहरको धरोहरहरू
उपनाम(हरू): 
مدينة الكويت [अद-दिरा]
कुवेत सहर is located in कुवेत
कुवेत सहर
कुवेत सहर
कुवेतको नक्सामा कुवेत सहरको अवस्थिति
निर्देशाङ्क: २९°२२′११″उ॰ ४७°५८′४२″पू॰ / २९.३६९७२°N ४७.९७८३३°E / 29.36972; 47.97833निर्देशाङ्कहरू: २९°२२′११″उ॰ ४७°५८′४२″पू॰ / २९.३६९७२°N ४७.९७८३३°E / 29.36972; 47.97833
देशकुवेत
क्षेत्रअल असिमा
स्थापनासन् १६१३
क्षेत्रफल
 • महानगर
२०० किमी (८० वर्ग माइल)
जनसङ्ख्या
 • सहर
४१ लाख
समय क्षेत्रयुटिसी+०३:०० (अरबी मानक समय)

यो सहर कुवेत खाडीको तटमा अवस्थित छ। कुवेतको संसद (मजलिस अल-उम्मा), धेरैजसो सरकारी कार्यालय तथा कुवेतको प्रमुख औद्योगिक क्षेत्रको प्रमुख कार्यालयहरू यस सहरमा रहेको छ। निर्विवाद रूपले यो कुवेतको राजनीतिक, सांस्कृतिक र आर्थिक केन्द्र हुनुका साथै यो अरब क्षेत्रको एक महत्‍वपूर्ण पर्यटन स्‍थल पनि हो। मुक्ति टावर, कुवेत टावर, राष्ट्रिय सङ्ग्रहालय, फैलाका द्वीप, इन्टरटेनमेन्ट सहर, विज्ञान तथा प्राकृतिक इतिहास सङ्ग्रहालय, मुक्ति स्‍मारक, साइन्टिफिक सेन्टर, तारिक रजाब सङ्ग्रहालय, बयात अल- बदिर, जुलोजिकल पार्क, सङ्गीतमय फोहोरा आदि यहाँको प्रमुख दर्शनीय स्‍थल हो।[१][२][३]

प्रमुख आकर्षणसम्पादन

मुक्ति टावरसम्पादन

यो टावर कुवेतको मुक्ति तथा उसको पुनरुत्थानको प्रतीक हो। यो विश्वको सबैभन्दा अग्लो टावरमध्ये एक हो। यो टावर ३७२ मिटर अग्लो छ। मुक्ति टावर इफेल टावरभन्दा ४० मिटर धेरै अग्लो छ। यस टावरको नाम इराकी कब्जाबाट मुक्तिपछि दिएको हो। यो टावर इमारत सिरेमिक टाइलले बनाएका हुन्।

कुवेत टावरसम्पादन

 
सन् १९७९ मा निर्मित, यो मीनार कुवेत सहरको केन्द्रीय स्थल हो।
 
मजलिस-अल-उमा, कुवेत सहरको संसद भवन
 
कुवेत सहरमा बर्गन बैङ्क

यो कुवेत सहरको प्रमुख दर्शनीय स्थलमध्ये एक हो । यो टावर दसमनमा अरब सागरको तटमा सहर सेन्टरको पूर्वमा स्थित छ। यो टावर १८७ मिटर अग्लो छ।

राष्ट्रिय सङ्ग्रहालयसम्पादन

यो सङ्ग्रहालय राष्ट्रिय सभा नजिकै रहेको छ। यस सङ्ग्रहालय परिसरमा चार भवन तथा एक तारामन्डल छ। राष्ट्रिय सङ्ग्रहालयमा इस्लामिक कलाको अल सबाह शैलीका सुन्दर सङ्ग्रह छ। यस अतिरिक्त यसमा अरबी शैलीका हस्तशिल्पकोपनि अद्भुत सङ्ग्रह छ। यस सङ्ग्रहालयमा इस्लामिक शैलीको वस्तु पनि प्रदर्शनको लागि राखिएको छ। यस सङ्ग्रहालयलाई इराकी आक्रमणकारीहरूले जलाइदिएको थियो।

फैलाका द्वीपसम्पादन

१२ किलोमिटर लम्बाइ र ६ किलोमिटर चौडाइ भएको यो द्वीप कुवेत सहर सेन्टरभन्दा २० किलोमिटर उत्तर-पूर्वमा स्थित छ। यो कुवेतको एक प्रमुख पुरातात्विक स्थल हो। यस द्वीपको सम्बन्ध कास्य युगले जोडिएको छ। मानिन्छ कि त्यस समय यहा मानिसहरूको निवास थियो । यसै द्वीपमा ग्रीक आक्रमणकारियाले आफ्नो बस्ती बबसाएको थियो । यहा एक प्राचीन मन्दिरको अवशेष प्पाणी देखिन सकिन्छ ।

इन्टरटेनमेन्ट सहरसम्पादन

 
कुवेत सहरको गगनरेखा

यो कुवेत सहरभन्दा २० किलोमीटर टाधा दोहोरमा स्थित छ । यो विश्वको प्रमुख मनोरन्जन केन्द्रमध्ये एक हो । यहा मनोरन्जनको पूरा बन्दोबस्त छ । यो सहर अरब वर्ल्ड, फ्यूचर वर्ल्ड तथा इन्टरनेशनल वर्ल्डरमा तीन भागमा बाढीएको छ । यसको रेक-देख के. टी. ई. सी. गर्छन् ।

विज्ञान तथा प्राकृतिक इतिहास सङ्ग्रहालयसम्पादन

यो साइन्स एण्ड नेचुरल हिस्ट्री म्यूजियम अब्दुल्लाह मुबारक गलीमा स्थित छ । यस म्यूजियममा प्राकृतिक इतिहास, तेल उद्योग, उड्यन उद्योग, वनस्पति शास्त्र, इलेक्टोनिक्स तथा अन्तरिक्ष सम्बन्धित वस्तुको प्रदर्शित गरिएको छ । यो म्यूजियम शनिवारदेखि लिएर बुधवारसम्म बिहान र बेलुका खुला रहन्छ ।

लिबरेशन स्मारकसम्पादन

यो स्माकर कुरेन हाउसिङ्ग क्षेत्रमा स्थित छ । यो क्षेत्र इराक र कुवेत बीच भएको युद्धको सबुत हो । अब यस क्षेत्रलाई स्मारकको रूपमा परिवर्तित गरिएको छ । यस स्मारकमा यस युद्ध सम्बन्धित वस्तुलाई प्रदर्शनीको लागि राखिएको छ । यसको बाहेक यस स्मारकमा इराकी आधिपत्यलाई चित्रको माध्यमले प्रदर्शित गरिएको छ ।

साइन्टिफिक सेन्टरसम्पादन

यो मध्य-पूर्वको सबैभन्दा ठुलो एक्वेरियम हो । यसका निर्माण कुवेत फाउन्डेशनले गराएको हो । यस एक्वेरियममा समुद्री जीव तथा समुद्रमा पाइने रुख-बिरुवाको प्रदर्शित गरिन्छ ।

तारिक रजाब म्यूजियमसम्पादन

यो एक रजाब परिवारका निजी म्यूजियम हो । यस म्यूजियमको निर्माण कार्य १९५० देखि दशक मा आरम्भ भहेको थियो । यसलाई १९८० मा मानिसको लागि खिलिदिएको थियो । यो म्यूजियम दुई भागमा बाटिएको छ । यसमा माटोको भाडा, सुलेखन, धातु शिल्प, लठ्ठीको हस्तशिल्प, हाथीको वस्तु, सिसाको सामान आदि देखिन सकिन्छ । यस म्यूजियमको भित्तामा कुरान उकेरा भएको छ । म्यूजियमको दोश्रो भागमा इस्लामिक शैलीको आभूषण, कपडा आदिलाई प्रदर्शनको लागि राखिएको छ ।

बयात अलसम्पादन

बदीर: यो एक पुराना भवन हो, जुन अल-सादू भवनलो निकट स्थित छ । यस इमारतका निर्माण १८३८ ई. देखि १८४८ ई. को बीच भएको थियो ।

जूलाजिकल पार्कसम्पादन

यो पार्क एयरपोर्टको नजिक ओमारियामा छ । यो पार्क १८०००० वर्ग मीटरमा फैलिएको छ । यस पार्कमा जानवरका ६५ प्रकार, पक्षिका १२९ प्रकार तथा ५ प्रकारका रेङ्गने वाला जीव देखिन सकिन्छ ।

सङ्गीतमय फव्वारासम्पादन

यो फव्वारा रिङ्ग रोड १ मा आईस स्केटिङ्ग रिङ्कको छेउमा स्थित छ । यहा प्रत्येक बेलुमा ६ बजेदेखि रात १० बजेसम्म सङ्गीतमय फव्वाराको शो देखाइन्छ ।

यस बाहेक यहा कुवेत साइन्स क्लब, सादु हाउस, मस्जिद, पार्क, आर्ट आदि पनि देख्न सकिन्छ ।

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "Constancy and Change in Contemporary Kuwait City: The Socio-cultural Dimensions of the Kuwait Courtyard and Diwaniyya", Mohammad Khalid A. Al-Jassar, २००९, पृ: ६४। 
  2. Bell, Sir Gawain (१९८३), "Shadows on the Sand: The Memoirs of Sir Gawain Bell", Gawain Bell, पृ: २२२, आइएसबिएन 9780905838922 
  3. ʻAlam-i Nisvāṉ – Volume 2, Issues 1–2, पृ: १८, "Kuwait became an important trading port for import and export of goods from India, Africa and Arabia." 

बाह्य कडीहरूसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन