किरातार्जुनीयम्
एक मात्र महाकाव्य किरातार्जुनीयम्को रचना गरेर महाकाव्यकार भारविले ठुलो ख्याति कमाएका छन् । अठार सर्गमा संरचित प्रस्तुत महाकाव्य महाभारत वनपर्वको ३७ - ४० अध्यायको सुन्दर कथावस्तुमा आधारित छ । वनपर्वको ३७ अध्यायभन्दा पूर्वको प्रसङ्गलाई सामान्यतः स्पर्श गरेर त्यसपछिको कथावस्तुलाई यसले आफ्नो मूल विषय बनाएको छ ।
मूल कथावस्तु
सम्पादन गर्नुहोस्अर्जुनले व्यासको आज्ञानुसार दिव्यास्त्र वा पाशुपतास्त्र प्राप्त गर्न इन्द्रको तपस्या गरेका हुन्छन् । तपस्याद्वारा इन्द्र खुसी हुन्छन् र तपस्या गरेको स्थान इन्द्रकील पर्वतमा आएर शिवको तपस्या गर्न अर्जुनलाई प्रवृत्त गराउँछन् । अर्जुनले पनि शिवको आराधना गरेर दिव्यास्त्र (पाशुपतास्त्र) प्राप्त गर्छन् र युधिष्ठिरलाई जनकारी गराउँछन् । [१]
द्यूतक्रीडामा पराजित पाण्डवहरू द्वैतवनमा बसेका हुन्छन् । दुर्योधनको कार्यशैली बारे गोप्य रूपमा बुझ्न गएको वनेचर (दूत) फर्केर आएको हुन्छ । जुवाको कुटिल चालद्वारा जितिएको राज्यलाई नीतिद्वारा शुद्धीकरण गर्ने दुर्योधनको योजना सुनेपछि द्रौपदी र भीमसेन दुबैले युधिष्ठिरलाई युद्धका लागि उद्यत बनाउन खोज्छन् तर धैर्यशील युधिष्ठिर भने नीतिको उपदेश दिएर सम्झाउन थाल्छन् । महाकाव्यको प्रथम र द्वितीय सर्गमा यही पूर्व प्रसङ्ग आएको छ ।
यस महाकाव्यको तेश्रो सर्गदेखि मूल काथावस्तुको प्रारम्भ हुन्छ । तेस्रो सर्गमा महर्षि व्यासका सल्लाहले दिव्यास्त्र वा पाशुपतास्त्र प्राप्त गर्नका लागि अर्जुन इन्द्रकील पर्वतमा पुगेको प्रसङ्ग आउँछ भने चौथो सर्गदेखि बाह्रौँ सर्गसम्म अर्जुनले इन्द्रलाई खुसी पार्न गरेको तपस्या, इन्द्रद्वारा अर्जुनको तपस्या भङ्ग गराउने चाल पछि सन्तुष्ट भएका इन्द्रले शिवको तपस्या गर्न दिएको उपदेश, तदनुसार शिवलाई प्रसन्न गराउन अर्जुनले घोर तपस्या गरेको कुरा र मायावी दानवबाट अर्जुनको रक्षा गर्न शिवले किरातको रूप धारण गरेसम्मको कथा रहेको छ । अन्तमा तेह्रौँ सर्गपछि अर्जुनको कठोर तपस्या र पराक्रमबाट प्रभावित भर्इ शिवले पाशुपतास्त्र प्रदान गर्दै शत्रुविजयको आशीर्वाद दिएको कुरा वर्णन छ । त्यसपछि अर्जुनले आफ्ना दाजु युधिष्ठिर समक्ष गएर विवरण सुनाएपछि महाकाव्य समाप्त हुन्छ ।
पात्रविधान
सम्पादन गर्नुहोस्छन्द
सम्पादन गर्नुहोस्अलङ्कार प्रयोग
सम्पादन गर्नुहोस्प्रकृतिचित्रण
सम्पादन गर्नुहोस्अर्थगौरव
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ शर्मा, प्रा.गोपीकृष्ण (२०५६), संस्कृत साहित्यको रूपरेखा, काठमाडौं : अभिनव प्रकाशन
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्बाह्य सन्दर्भ
सम्पादन गर्नुहोस्