काशीबहादुर श्रेष्ठ

नेपाली भाषाका लेखक

काशीबहादुर श्रेष्ठ (१ असोज १९६८ — १३ जेठ २०४६) बनारसमा बस्ने नेपाली भाषाका लेखक थिए। उनले बनारसबाट नेपाली भाषाको पहिलो पत्रिका उदय सुरु गरेका थिए।

काशीबहादुर श्रेष्ठ
काशीबहादुर श्रेष्ठ
जन्म१ असोज १९६८
बनारस, भारत
मृत्यु१३ जेठ २०४६
बनारस, भारत
पेशालेखक

जीवनी सम्पादन गर्नुहोस्

काशीबहादुर श्रेष्ठको जन्म १ असोज १९६८ सालमा नेवार परिवारमा भारतको बनारसमा भएको थियो।[१] काशीमा जन्मेको कारण उनको नाम "काशी" राखिएको थियो।[१] उनको पुर्खा नेपालको भक्तपुरमा थियो।[१]

उनले बनारसबाट नेपाली भाषाको पहिलो पत्रिका उदय (वि.स. १९९३) सुरु गरेका थिए।[२][३] उनले बचन लगायत धेरै पुस्तकहरू पनि लेखेका थिए।[४] उनका छोरा दुर्गाप्रसाद श्रेष्ठले काशीबहादुर श्रेष्ठको जीवनी लेखेका छन्।[४][५] उनको निधन २०४६ साल जेठ १३ गते बनारसमा भएको थियो।[१]

कृतिहरू सम्पादन गर्नुहोस्

  • उदय (पत्रिका)
  • उषा (उपन्यास)
  • वचन (उपन्यास)
  • तोता मैनाको कथा (कथासङ्ग्रह)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ १.३ "काशीबहादुर श्रेष्ठ", नइ प्रकाशन, अन्तिम पहुँच २०२३-०१-१६  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०८-३१ मिति
  2. "रहेनन् नेपाली भाषाका आधुनिक 'मोतीराम'", सेतोपाटी, अन्तिम पहुँच २०२३-०१-१६ 
  3. "असीवर्षे ‘उदय’", कान्तिपुर, अन्तिम पहुँच २०२३-०१-१६ 
  4. ४.० ४.१ "नेपाली भाषा–साहित्यका अनन्य सेवक दुर्गाप्रसाद", नेपाल समाचारपत्रिका, अन्तिम पहुँच २०२३-०१-१६ 
  5. "राजालाई ‘आमा’ फिल्म मन परेपछि दुई हजार बकस पाएँ", हिमालखबर, अन्तिम पहुँच २०२३-०१-१६