काशीदास रायठोर नेपालका विभिन्न ब्राह्मण, क्षत्रिय, ठकुरी तथा थकालीहरूको वंशावली तथा पुरातन लेखोटहरूमा उल्लेखित मूलपुरुष हुन् । उनी कन्नौजका रायठोर उपाधि धारण गर्ने सोमवंशी राजपूत राजपरिवारका वंशज थिए । गौचन वंशावली अनुसार काशीदास सोमवंशी पाण्डवहरूबाट वंश चलेको कन्नौजको राजा लक्ष्मीचन्द्रका ११ औँ वंशज राजा मठिमल रायठोरका छोरा थिए र मुसलमानहरूको हमलाबाट जोगिन ब्राह्मणको भेष लिइ हिमालयतिर पसेका थिए । योगी नरहरिनाथले प्रस्तुत गर्नुभएको सन्धिपत्रसंग्रहमा राखिएको अछाम तथा सल्यान राजवंशावलीले काशीदासलाई उक्त रजौटाको मूलपुरुष मानेको थियो र उज्जैनबाट आएको कुरा उल्लेख गरिएको थियो । भारतीय इतिहासकार रामनिवास पाण्डेले काशीदास कन्नौजको गाहडवाल वंशका भएको हुन सक्ने सङ्केत गरेका थिए । योगी नरहरिनाथका इतिहास प्रकाशका अनुसार काशीदासलाई रतनजोत (रत्नसिंह) पनि भनिएको थियो ।

काशीदासलाई खाँडाचक्रका ऐतिहासिक राजा मलेबमले पूर्वज मानेका थिए । पर्वतका बम मल्ल, अछाम र सल्यानका राजवंशावलीले काशीदासलाई मूलपुरुष मान्दछ ।

राठौर वंशसंगको सम्बन्ध सम्पादन गर्नुहोस्

भारतको मारवाडको राठौर राजवंश गाहडवाल वंश[१] वा राष्ट्रकुट वंश[२]को सन्तान भएको दाबी गर्छन् । गाहडवाल वंश[१]राष्ट्रकुट वंश[२] दुवैको शासन कन्नौजमा थियो । चन्द बरदाइद्वारा रचित पृथ्वीराज रासो अनुसार गाहडवाल राजा जयचन्द्रको उपाधि राठोर थियो ।[३]

गौचन वंशावलीले चित्तौडगढको पतन (१५६७-१५६८)मा ज्यान गुमाउने राव जयमल राठौरलाई राजा मठिमल रायठोरको भाइ भनिएको थियो । यस अनुसार राजा मठिमल रायठोरको सम्बन्ध भारतका राठौर वंशसंग स्थापना गरिएको थियो ।

बम मल्ल (पर्वत) वंशावली सम्पादन गर्नुहोस्

कल्याल शाही वंशावली सम्पादन गर्नुहोस्

पोखरेल वंशावली सम्पादन गर्नुहोस्

गौचन वंशावली सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. १.० १.१ Roma Niyogi 1959, पृष्ठ 29.
  2. २.० २.१ India: The Peacock's Call by Aline Dobbie p.41
  3. Roma Niyogi 1959, पृष्ठ 30.

किताब सम्पादन गर्नुहोस्