कामदा एकादशी चैत्र शुक्ल पक्षको एक एकादशी हो । काम - आफ्नो इच्छित वस्तुलाई ,दा भनेको दिने बाली लाई कामदा एकादशी भनिएको हो ।

कामदा एकादशी
कामदा एकादशीमा पूजा गरिने कृष्णको प्रतिमा
अनुयायीहिन्दूहरू
प्रकारहिन्दू
महत्त्वव्रत
परिपालनभगवान विष्णु तथा कृष्ण पूजा, भजन किर्तन
मितिचैत्र शुक्ल एकादशी
२०२४ datedate missing (please add)

कामदा एकादशी व्रत कथा

सम्पादन गर्नुहोस्

पुराणहरूमा कामदा एकादशीका प्रसङ्गमा एउटा कथा प्राप्त हुन्छ । प्राचीनकालमा भोगीपुर नामक एउटा नगर थियो । त्यहाँ अनेक ऐश्वर्यले युक्त पुण्डरीक नामको एउटा राजा राज्य गर्थ्यो । भोगीपुर नगरमा अनेक अप्सरा, किन्नर तथा गन्धर्व वास गर्दथे । तीमध्ये एक ठाउँमा ललिता र ललित नामका दुई स्त्री-पुरुष अत्यन्त वैभवशाली घरमा निवास गर्दथे । ती दुबैमा अत्यन्त स्नेह थियो, यहाँसम्म कि सानो बिछोड भए पनि दुबै व्याकुल हुने गर्दथे । एक पटक बार गीत गाउँदा संगीतमा कुनै त्रुटि भएका कारण कार्कोट नामक नागले ललित गन्धर्वलाई राक्षस हुने सराप दिए । ललित त्यसै क्षण महाकाय विशाल राक्षस हुन पुग्यो । जब उसकी प्रियतमा ललितालाई यो वृत्तान्तको जानकारी भयो उसलाई अत्यन्त खेद भयो र ललिता श्रृंगी ऋषिका आश्रममा गएर विनीत भावपूर्वक प्रार्थना गर्ण थाली । त्यसलाई देखेर श्रृंगी ऋषिले भन्नुभयो "हे सुभगे! तिमीको हौ र यहाँ के प्रयोजनले आएकी हौ ?" ‍ ललिताले भनी "हे मुने! मेरो नाम ललिता हो। मेरा पति कार्कोट नामक नागको श्रापबाट विशालकाय राक्षस भएका छन् । यासि कारणले म असाध्यै दुखी छु । मेरा पतिको उद्धारको कुनै उपाय बताउनुहोस् । श्रृंगी ऋषिले आज्ञा गर्नुभयो "हे गंधर्वकन्या! अब चैत्र शुक्ल एकादशी आउन लागेको छ, जसको नाम कामदा एकादशी हो । यस व्रतलाई पालना गर्नाले मनुष्यका संपूर्ण कार्य सिद्ध हुने गर्दछन् । यदि तिमीले कामदा एकादशीको त्यसको पुण्यको फल आफ्ना पतिलाई समर्पण गरेमा तिम्रो पति शीघ्र नै राक्षस योनिबाट मुक्त हुनेछन र कार्कोट नामक नागको श्राप पनि अवश्यमेव शांत हुनेछ । ललिताले मुनिको आज्ञालाई अक्षरश पालन गरिन र एकादशीको पतिलाई समर्पण गर्ना साथ त्यसको पति राक्षस योनिबाट मुक्त भएर आफ्नो पुरानो स्वरूपमा रूपान्तरित भयो । त्यसपछि अनेक सुंदर वस्त्राभूषणले युक्त भई पत्नी ललिताका साथमा विहार गर्दै ती दुबै विमानमा बसेर स्वर्गलोकमा पुगे । यस व्रतलाई विधिपूर्वक गर्नाले समस्त पाप नाश हुन्छन् तथा राक्षस आदि योनिबाट पनि मुक्ति पाइन्छ । संसारमा आजको यस कामदा एकादशी व्रतबराबरको कुनै अन्य व्रत छैन । यस कथालाई पढ्दा वा सुन्नाले वाजपेय यज्ञ गरे सरह फल प्राप्त हुन्छ ।

हिन्दू पञ्चाङ्गको एघारौँ तिथिलाई एकादशी भनिन्छ। यो तिथि महिनामा दुई पल्ट आउँछ। पूर्णिमापछि र औंसी पछि। पूर्णिमापछि आउने एकादशीलाई कृष्ण पक्षको एकादशी र अमावस्यापछि आउने एकादशीलाई शुक्ल पक्षको एकादशी भनिन्छ। यी दुवै प्रकारका एकादशीहरूको हिन्दू सनातन सम्प्रदायमा धेरै महत्त्व छ।

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "Kamada Ekadashi", ISKCON, अन्तिम पहुँच २८ नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण १० अप्रिल २०१३ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्