कमलामाई मन्दिर नेपालको सिन्धुली जिल्लाको कमलामाई नगरपालिकामा अवस्थित एक ऐतिहासिक हिन्दू मन्दिर हो।[१] यो कमला नदीको किनारमा र बागमती प्रदेशको बीपी राजमार्गबाट ​​करिब २०० मिटरको दूरीमा अवस्थित छ। मन्दिर आफ्नो धार्मिक र ऐतिहासिक महत्वका लागि परिचित छ। यो मन्दिरमा शाह वंशले युद्धअघि पूजा गर्दथे। यस मन्दिरमा माछाको समेत बली दिइन्छ।[२]

कमलामाई मन्दिर
कमलामाई मन्दिर
प्राथमिक विवरण
स्थान:कमलामाई नगरपालिका
सम्बन्धनहिन्दू
जिल्लासिन्धुली
प्रदेशबागमती प्रदेश
देशनेपाल

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "संरक्षणको पर्खाइमा कमलामाई", जनचासो खबर (नेपालीमा), अन्तिम पहुँच ०९ भदौ २०८० 
  2. कुमार चौलागाईँ, "नेपालको एक मन्दिर जहाँ माछाको बलि चढ्छ !", लोकान्तर (नेपालीमा), अन्तिम पहुँच ०९ भदौ २०८०