कवाई नेपालको वनजङ्गल रहेका ठाउँमा पाइने एक प्रकारको वनस्पति हो। यसलाई भुटका, रसायनवरा वा मकोय भनेर पनि चिनिन्छ । [१]

कबाई
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
S. nigrum
वैज्ञानिक नाम
Solanum nigrum
L.
Subspecies

S. nigrum subsp. nigrum
S. nigrum subsp. schultesii

कबाईको फल

कबाईको औषधीय गुणहरू सम्पादन गर्नुहोस्

अनिद्रामा यसको जराको रसमा सख्खर मिसाएर खाइन्छ । मुखभित्र र जिब्रेमा घाउ आएमा यसको पात चपाइन्छ । यसको हांगा, पात र फलको रस बराबर मात्रामा मिसाएर खाँदा मुटु रोगलाई फाइदा गर्दछ । कलेजो र फियो बढेको तथा जण्डीसमा यसको सेवन गरिन्छ । सुन्निएकोमा यसको फलको रसलाई मनतातो पारी दलिन्छ भने कुष्ठरोगमा यसको पातको रस दलिन्छ । यसको पाकेको फल खान योग्य हुन्छ यो नेपालको काभ्रेपलाञ्चोक जिल्लामा बढी पाइने मध्यको एक हो। ।[१]

चित्र दिर्घा सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरूको औषधीय प्रयोग र महत्त्व, अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री

बाह्य कडीहरू सम्पादन गर्नुहोस्