कनिष्क प्रथम कुषाण वंशका सम्राट थिए, जसको शासनकालमा साम्राज्य आफ्नो चरम सीमामा पुग्यो। उनि आफ्नो सैन्य, राजनीतिक र आध्यात्मिक उपलब्धिहरूको लागि प्रसिद्ध छन्। कनिष्कले गङ्गाको मैदान, मध्य एसियागान्धारादेखि पाटलीपुत्रसम्म फैलिएको साम्राज्यमा शासन गर्न आएका थिए। उनको साम्राज्यको मुख्य राजधानी गान्धाराको पुरुषपुर (पेशावर) मा रहेको थियो भने अर्को प्रमुख राजधानी मथुरामा रहेको थियो। त्रिपुरी (हालको जबलपुर) मा कनिष्कका सिक्का भेटिएका थिए।[१]

कनिष्क
कनिष्क
कुषाण सम्राट
शासनकालदोस्रो शताब्दी
पूर्वाधिकारीविमा कडाफिसेस
उत्तराधिकारीहुविष्क
जन्मकश्मीर
वंशकुषाण वंश
धर्मबुद्ध धर्म

उनको विजय र बौद्ध धर्मको संरक्षणले रेसम मार्गको विकासमा र महायान बौद्ध धर्मको गान्धाराबाट काराकोरम दायरा पार गरेर चीनसम्मको प्रसारणमा महत्त्वपूर्ण भूमिका खेलेको थियो। उनले साम्राज्यमा प्रशासनको आधिकारिक भाषाको रूपमा बाह्लीको साथ ग्रीकलाई प्रतिस्थापित गरेका थिए।[२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Dahiya, Poonam Dalal (२०१७-०९-१५), ANCIENT AND MEDIEVAL INDIA EBOOK (अङ्ग्रेजीमा), McGraw-Hill Education, पृ: 278–281, आइएसबिएन 978-93-5260-673-3 
  2. "The yuga of Sphujiddhvaja and the era of the Kuṣâṇas." Harry Falk. Silk Road Art and Archaeology VII, p. 133.