कण्व शब्दले विभिन्न वैदिक तथा पौराणिक पात्रहरूलाई बुझाउँदछ । जस्तै :

(१) पुरुवंशमा जन्मिएका प्रतिरथ नामक क्षत्रिय (राजा) का पुत्र (भागवत ९।२०।६) ।

(२) यजुर्वेदको काण्व शाखाका प्रवर्तक एक ऋषि (यजुर्वेद १७।७४) ।

(३) कश्यपवंशीय एक व्यक्ति जो शकुन्तलाका धर्मपिता थिए ।

(४) एक गोत्रप्रवर्तक ऋषि (ऋग्वेद १।४४–५०) ।

(५) एक तीर्थको नाम (महाभारत ३।८२।४४)

प्राचीन भारतवर्षको इतिहासलाई हेर्दा कण्व नाम भएका धेरै व्यक्तिहरू रहेको पाइन्छ।[स्रोत नखुलेको] तिनीहरूमध्ये कण्व ऋषिको प्रसिद्धि उच्चतम रहेको पाइछ। यिनले मेनका अप्सराका गर्भबाट जन्मिएकी विश्वामित्र पुत्री शकुन्तलाको लालनपालन गरेका थिए। यसरी हेर्दा कण्व ऋषि शकुन्तलाका धर्मपिताका रूपमा रहेका पाइन्छन्।[स्रोत नखुलेको] महाकवि कालिदासको अभिज्ञान शाकुन्तलम्, आशुकवि शम्भुप्रसाद ढुङ्गेलको शकुन्तला, महाकवि लक्ष्मीप्रसाद देवकोटाको शाकुन्तल महाकाव्य जस्ता कृतिहरू शकुन्तलाका जीवन कथामा आधारित छन्। शकुन्तलालाई घर पठाउँदा कण्व ऋषिले कस्तो विचार प्रकट गरेका थिए। हेरौं तलको श्लोक:

जान्छिन् आज शकुन्तला घर भनी उठ्तो छ चिन्ता अति,
प्रीतीको मनमा प्रवाह वहँदा रोकिन्न आँसू रति ।
हामीझैं वनवासिको पनि भयो यो गत् भने यो घडी,
बस्छन् धैर्य गरी गृहस्थ कसरी छोरी बिदाई गरी (शम्भुप्रसाद ढुङ्गेल) ।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्

बाह्य सन्दर्भ

सम्पादन गर्नुहोस्