ओपो ए ७१
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
सेल्फी तथा ग्रुप सेल्फीमा अग्रणी क्यामेरा फोनका रूपमा परिचित क्यामेरा फोन निर्माता ओपोले २०१७ मा बजारमा ओपो ए ७१ सार्वजनिक गरेको थियो ।तिब्र कार्य सम्पादन क्षमता बाकेको फोनका रूपमा दावी गरिएको एद७१ को मूल्य कम्पनीले रू २१ हजार ९ सय ९० तोकेको छ । एण्ट्रि लेभल मूल्य मै उपलब्ध गरिएको भएता पनि फोनमा कम्पनीले ओक्टा-कोर सीपीयू, ३ जीबी र्याम र ओपोको विशेष फोटोग्राफी प्रविधि पनि समाहित गरेको छ । हाई एण्ड सुविधा सम्पन्न फोन एण्ट्री लेभल मूल्यमै उपलब्ध गराएका कारण फोनको माग अहिले बजारमा उच्च रहेको कम्पनीले जानकारी दिएको छ ।
Codename | ए ७१ |
---|---|
निर्माता | ओपो |
शृंखला | ओपो ए |
किसीम | स्मार्टफोन |
आयाम | १४३ मिमी (५.६ इन्च) H ७१ मिमी (२.८ इन्च) W ५ मिमी (०.२० इन्च) D |
तौल | १४७ ग्रा (५.२ औंस) |
मेमोरी | ३ जिबि |
क्षमता | १६ जिबि |
ब्याट्री | २३२० एमएएच |
डिस्प्ले | ५.० इन्च (१३० मिमी) |
रियर क्यामेरा | १३ एमपि |
अगाडीको क्यामेरा | ५ एमपि |
कनेक्टिभिटी |
विशेषताहरू
सम्पादन गर्नुहोस्समय सापेक्ष स्लिम यूनी बडी
सम्पादन गर्नुहोस्झट्ट हेर्दा फोनको बनावट तथा डिजाइन बजारमा उपलब्ध अन्य फोनभन्दा खासै फरक देखिन्न । तर, फोनमाप्रयोग गरिएको मेटालिक यूनी बढी डिजाइनले प्रदान गर्ने आरामदायी अनुभव भने वास्तवमै विशेष छ । डल्फिनको पछिल्लो भागबाट प्रेरित भइ एकनास रूपमा डिजाइन गरिएको यो फोनले प्रयोगकर्तालाई पृथक तथा आरामदायी अनुभव प्रदान गर्छ ।
फोनमा कम्पनील ५ दशमलव २ ईञ्चको स्क्रीन प्रयोग गरेको छ । गेम्सको मज्जा लिने, भिडियो हेर्ने लगायत कार्यका लागि स्क्रीनको आकार ठिक्क साइजको छ, न सानो न ठूलो । साथै, फोनको आकारले सेल्फी लिने कार्यका लागि हत्केलामा बोक्दा समेत सहजताको अनुभव प्रदान गर्छ ।
उच्च क्षमतायुक्त क्यामेरा
सम्पादन गर्नुहोस्ओपो ए७१ मा कम्पनीले १३ मेगापिक्सेलको रियर र ५ मेगापिक्सेल क्षमताको प|mण्ट क्यामेरा जडान गरेको छ । फोनको क्यामेरा मार्फत जीवन्त तथा उत्कृष्ट तस्विर लिन सकियोस् भन्ने तिर पनि कम्पनीले विशेष ध्यान दिएको छ ।यसका लागि फोनको क्यामेरामा मल्टि फ्रेम डिनोइजिङ प्रविधि, बोके ईफेक्ट, ब्यूटिफाइ लगायत फिचर्स पनि उपलब्ध गरेको छ । यसमा रहेको क्यामेराले अत्यधिक वा न्यून प्रकाश भएका स्थानमा समेत राम्रा तस्विर खिच्ने क्षमता राख्छ । साथै, यसमा रहेको क्यामेराले तिब्र प्रतिक्रिया दिने क्षमता समेत राख्छन् ।
जसका कारण चाँड-चाँडै तस्विर खिच्नु पर्दा कुरी रहनुपर्ने झञ्झटबाट मुक्त होइन्छ । साथै, जीवन्ततस्विर कैद गर्ने अवसर समेत प्राप्त हुन्छ ।
तिब्र कार्य सम्पादनको क्षमता
सम्पादन गर्नुहोस्लगातार गेम्समा रमाउने, हर बखत अनलाइन रहनुपर्ने, सन्देश प्रेशित गरिरहनुपर्ने लगायतमा निसका लागि ओपो ए७१को तिब्र कार्य सम्पादन क्षमता र टिकाउ ब्याट्री निकै उपयोगी प्रमाणित हुन्छ । तिब्र गतिमा चार्ज हुने क्षमता सहितको ब्याट्रीका कारण एक पटक चार्ज गरे पश्चात प्रयोगकर्ताले दिनभरका लागि ढुक्क भइ फोनको प्रयोग गर्न सक्छन् ।फोनमा रहेको ६४ बिट ओक्टा-कोर प्रोशेसर र ३ जीबी र्यामले स्मूथ मल्टि-टास्किङ गर्न सघाउनुका साथै एउटा एप चलाउँदा चलाउँदै सहज रूपमा अर्को एपमा ‘स्विच’ गर्ने छुट पनि प्रदान गर्छ । फोनमा कम्पनीले एकै पटक २ ओटा सिम र १ थान मेमोरी कार्ड राख्न मिल्ने ुटि्रपल स्लोट कार्ड ट्रेुको सुविधा उपलब्ध गराएको छ । यसले ईनब्यूल्ट रुपमै फोनमा रहेको १६ जीबी सञ्चय क्षमतालाई आवश्यकता पर्दा एसडी कार्डको माध्यमबाट बढाएर २ सय ५६ जीबी सम्म पुर्याउन सकिन्छ ।यसले गर्दा फोनमा पर्याप्त सञ्चय क्षमता हुने हुँदा समय समयमा पुराना फोटो डिलिट गर्नुपर्ने समस्याबाट प्रयोगकर्तालाई छुटकारा प्राप्त हुन्छ । एन्ड्रोइड ७.१मा आधारित कलर ओस ३.१ ओपो ए७१मा रहेका फङ्शनहरु वास्तवमै प्रयोगमैत्री छन् । फोनमा कम्पनीले कलर ओएस ३.१उपलब्ध गराएको छ । यसले तिब्र कार्य क्षमता प्रदर्शन गर्नुका साथै प्रयोगकर्ताको सुरक्षामा पनि विशेष ध्यान दिएको छ । ए७१मा रहेको कलर ओएस ३.१को उत्कृष्ट फिचरका रूपमा यसको सेफ्टी किबोर्ड र स्मार्ट स्क्यानलाई लिन सकिन्छ ।स्मार्टस्क्यानले वातावरण स्क्यान -स्वअवलोकन० गरी अनलाईन भुक्तानी लगायत कार्यमा सुरक्षाको सुनिश्चितता प्रदान गर्छ । साथै, फोनमा रहेको प्रभावकारी यूआई -यूजर ईन्टरफेस०ले फोनको प्रयोग गर्दा सहज अनुभव प्रदान गर्न उल्लेख्य भुमिका खेलेको छ ।
समग्रमा
सम्पादन गर्नुहोस्छोटकरीमा भन्नु पर्दा ओपो ए७१मा स्मार्टफोनलाई वास्तविक रुपमै स्मार्ट बनाउनका लागि आवश्यक समग्र फिचर्सहरु उपलब्ध गरिएका छन् । यसमा रहेको फास्ट चार्ज फुल डे ब्याट्री, उत्कृष्ट मल्टि-टास्किङ र सञ्चय क्षमताले फोनलाई वास्तवमै बहुउपयोगी र किन्न लायक बनाएको छ ।साथै, यसमा रहेका क्यामेराले ईन्ष्टाग्राम तथा फेसबुक लगायत सामाजिक सञ्जालमा पोष्ट गर्नका लागि तपाईको आवश्यकताको सहजै पूर्ति गर्ने क्षमता राख्छन् ।
तिब्र कार्य सम्पादन क्षमता, लामो समय सम्म टिक्ने ब्याट्री, स्मूथ अपरेशन, मल्टिटास्किङ क्षमता लगायत यसका अझ आकर्षक पक्षहरु हुन् ।
समग्रमा भन्नु पर्दा प्रयोगमैत्री विशेषता, अत्याधुनिक फिचर्स तथा आकर्षक डिजाइन सुसज्जित भइकन पनि सुपथ मुल्य माफोन उपलब्ध गराउनुले नै नेपाली बजारमा फोनको लोकपि्रयता चुल्लिएको हो । ओपो ए७१लाई कम्पनीले हाल सुनौलो रंगमा नेपाल भर रहेका सबैजसो प्रमुख विक्रि केन्द्र मार्फत उपलब्ध गराएको छ ।[१]