ब्लुटुथ एक बिनातार छोटो दुरिसम्म डेटा ट्रान्सफर गर्ने शिल्प विज्ञान हो । ब्लुटुथले छोटो लम्बाइ भएको रेडियो वेब प्रयोग गरेर एक मोबाइलबाट अर्को मोबाइलमा डेटा ट्रान्सफर गर्छ । ब्लुटुथलाइ इरेक्सन नामक टेलिफोन बितरकले सन् १९९४ मा विकाश गरेको थियो । आजभोलि धेरै जसो मोबाइलमा यसको प्रयोग गरिन्छ र यो शिल्प विज्ञान निक्कै प्रख्यात पनि छ । ब्लुटुथ स्पेसल इनट्रेस्ट ग्रुपले ब्लुटुथलाई चलाउने गर्छ, कुनै पनि संस्थाले ब्लुटुथसँग आधरित समान बनाउन ब्लुटुथका नियमहरू पालना गर्नुपर्छ ।

ब्लुटुथ
Bluetooth
ब्लुटुथको लोगो
विवरण
विकासकर्ताब्लुटुथ स्पेसल इनट्रेस्ट ग्रुप
प्रकाशन मिति१९९४; ३० वर्ष अघि (१९९४)
उद्योगमोबाइल पर्सनल एरिया नेटवर्क
हार्डवेरमोबाइल, कम्प्युटर, भिडियो गेम खेल्ने साधनहरू
दुरीदश देखी सय मिटरसम्म
वेवसाइट
वेवसाइटbluetooth.com

स्थापना सम्पादन गर्नुहोस्

ब्लुटुथको बारेमा सर्बप्रथम डा.निल्स रैडबेक्क( इरेक्सनको CTO ) र डा. जोहन उल्मनले कार्य सुरु गरेका थिए उनीहरू को लक्ष्य कुनै एक बिनातर संदेश आदनप्रादान गर्ने शिल्प विज्ञान बनाउने थियो।

प्रयोगहरु सम्पादन गर्नुहोस्

Class Max. permitted power Typ. range
(m)
(mW) (dBm)
1 100 20 ~100
2 2.5 4 ~10
3 1 0 ~1
4 0.5 -3 ~0.5
Bluetooth Version Maximum Speed Maximum Range
3.0 25 Mbit/s
4.0 25 Mbit/s 200 feet(60.96 m)
5.0 50 Mbit/s 800 feet(243.84 m)

फाइदाहरु सम्पादन गर्नुहोस्

 
ब्लुटुथबाट चल्ने मोबाइल हेडफोन.

ब्लुटुथका धेरै फाइदाहरु छन,ती मध्ये केही फाइदाहरु यस प्रकार छन:

  • बिनातार एक मोबाइलबाट आर्को मोबाइल मा संदेश पठाउन मिल्ने
  • तार नभएको हेडफोन प्रयोग गर्न मिल्ने
  • बिनातार एक मोबाइलबाट अर्को मोबाइल मा सजिलै डेटा ट्रन्सफर गर्न मिल्ने
  • कमप्युटर का माउस कि-बोर्ड जस्ता सामानहरू तारबिना चलाउन मिल्ने
  • भिडियो गेमहरु दुइ जनाले खेल्न मिल्ने
  • USBर इंटरनेट प्रयोग गर्नु नपर्ने

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्