फोटोग्राफी भनेको प्रकाश वा अन्य विकिरण लाई विद्युतिय माध्यम वा रासायनियक प्रतिकृयाबाट  संरक्षण गर्ने विज्ञान हो।[]

फोटोग्राफी
लेन्स तथा ठूलो ढाँचा क्यामेराको माउन्टिङ
प्रकार:रेकर्डिङ प्रकाश वा अन्य विद्युत चुम्बकीय विकिरण
आविष्कारक:लुईस डाग्युरे (१८३९)
हेनरी फक्स टेलबोट (१८३९)
सम्बन्धित:स्टेरियोस्कोपिक, फुल-स्पेक्ट्रम, प्रकाश क्षेत्र, इलेक्ट्रोफोटोग्राफी, फोटोग्राम, स्क्यानर

सन् १६९४ मा डच बैज्ञानिक विल्हेम हाेमबर्गले सिल्वर नाइट्रेट र सिल्वर क्लाेराइड वा सिल्वर ब्राेमाइड जस्ता केमिकलमा प्रकाशकाे किरण पर्नासाथ परिवर्तन आउने विज्ञानकाे पत्ता लगाएका थिए । सबैभन्दा पहिलो तस्वीर सन् १८२६ मा फ्रान्समा खिचिएको थियो। त्यसबेला जोसेफ नाइस्फोर नाइप्सीले हेलियोग्राफीको सहायताबाट पहिलो तस्वीर खिचेका थिए। हेलियोग्राफी भनेको पनि फोटोग्राफीकै एक प्रक्रिया हो। त्यतिबेला एउटा तस्वीर खिच्न निक्कै समय लाग्थ्यो। सबै भन्दा रोचक कुरा त के हो भने सायद कसैले पुरानो फोटोमा हासेका मान्छे कहिले भेट्दैन थिए। किनकि धेरै समय लाग्ने कारण सबैले आफ्नो हासो थामिराख्न सक्दैन थिए। त्यसबेला देखि अहिले सम्म फोटोग्राफीको तरिका र स्तरमा राम्रो परिवर्तन भएको छ।


सन १८३९ मा सर्वप्रथम फ्रान्सेली वैज्ञानिक लुईस डाग्युरे तथा ब्रिटिश वैज्ञानिक विलियम हेनरी फक्स टेलबोटले फोटोग्राफी को सुरुवात गरेका थिए । सन १८३४ मा टेलबोटले लाइट सेन्सेटिभ पेपरको आविष्कार गरेका थिए, जसको कारण फोटो स्थायीरूपमा रहने सुविधा भईसकेको थियो । ७ जनवरी १८३९ मा फ्रान्सेली वैज्ञानिक आर्गोले फ्रेन्च एकेडेमी अफ साइन्सको लागि एउटा रिपोर्ट तयार गरेका थिए । १९ अगस्ट १८३९ मा फ्रान्स सरकारले त्यो रिपोर्ट (आविष्कार) खरिद गरी आम जनताको लागि निशुल्क गरिदिएको थियो । यही कारणले हरेक वर्षको अगस्ट १९ तारिखको दिनमा "विश्व फोटोग्राफी दिवस" मनाइन्छ।

फोटोग्राफिक इमल्सनको साथ नतिजा एक अदृश्य अव्यक्त छवि हो, जुन पछि रासायनिक रूपमा "विकसित" दृश्य छविमा, या त नकारात्मक वा सकारात्मक, फोटोग्राफिक सामग्रीको उद्देश्य र प्रक्रियाको विधिमा निर्भर गर्दछ। फिल्ममा नकारात्मक छवि परम्परागत रूपमा फोटोग्राफिक रूपमा कागजको आधारमा सकारात्मक छवि सिर्जना गर्न प्रयोग गरिन्छ, जसलाई प्रिन्ट भनिन्छ, या त एन्लार्जर प्रयोग गरेर वा सम्पर्क प्रिन्टिङद्वारा।[]


 
क्यामेराको रेखा चित्र


सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्
  1. Spencer, D A (१९७३), The Focal Dictionary of Photographic Technologies, Focal Press, पृ: ४५४, आइएसबिएन 978-0133227192 
  2. "फोटोग्राफी एप्स बारे सबै विवरण", APKNeix, २८ अगस्ट २०२२, अन्तिम पहुँच २६ अगस्ट २०२२ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्