एमिनेम

अमेरिकी र्‍यापर र अभिनेता

मार्सल ब्रुस म्याथर्स (इमिनेम) स.न्. १९७२ अक्टोबर १७ का दिन संयुक्त राज्य अमेरिकाको मिसैरी राज्यको दोस्रो ठूलो शहर सेन्ट जोसेफमा जन्मेका थिए । सिल्म् सेडीको नामले पनि चर्चित उनी अमेरिकी व्यापारी, गीतकार तथा अभिनेता पनि हुन् । इमिनेम विश्वचर्चित कलाकार मध्यका एक हुन् । विश्वका बहुचर्चित मासिक पत्रिका तथा दैनिक पत्रिकाले पनि र्‍याप गीत सङ्गीतका संसारमा उनले गरेको योगदानको कदर गरेका छन् । अमेरिकाको विश्वचर्चित मासिक पत्रिका रोलिङ स्टोनले उनलाई विश्वका १०० जना सदाबहार कलाकार मध्ये ८२औं स्थानमा सुचिकृत गरेको छ । यसै मासिक पत्रिकाले उनलाई ‘किङ अफ हिपहप’को समेत उपाधि प्रदान गरेको हो । इमिनेम विश्वकै सर्वाधिक गीति सङ्ग्रह बिकाउने कलाकार मध्यमा पर्दछन् । उनको हाल सम्म ३ करोड ३३ लाख भन्दा बढी गीत डाउन्लोड भएका छन् भने करिब ८६ करोड गीति सङ्ग्रह विश्वव्यापी रूपमा बिक्रि भईसकेका छन् जसमध्ये ४१ करोड गीति सङ्ग्रह संयुक्त राज्य अमेरिकामा मात्र भएको थियो ।[१]

इमिनेम
सन् २००९ मा इमिनेमद्वारा गरिएको साङ्गीतिक प्रस्तुती
व्यक्तिगत विवरण
वास्तविक नाममार्सल ब्रुस म्याथर्स ‘तेस्रो’
उपनामM&M (former)
जन्म(१९७२-१०-१७)अक्टोबर १७, १९७२
मिसौरी सेन्ट जोसेफ, मिसौरी, संयुक्त राज्य अमेरिका
उत्पत्तिडेट्रोईट, मिसिगन, संयुक्त राज्य अमेरिका
विधाहिपहप
पेशार्‍यापर, गीतकार, अभिनेता
सक्रिय वर्षसन् १९९२ – हाल सम्म
लेबलWeb, Shady, Aftermath, Interscope (current)
Bassmint, FBT Productions, Mashin' Duck Records (former)
सहयोगीBad Meets Evil, D12, 50 Cent, Dr. Dre, Nate Dogg, Obie Trice, Proof, Xzibit
वेबसाइटeminem.com

इमिनेमले स.न्. १९९९ मा आफ्नो गीति सङ्ग्रह द सिल्म् सेडी एल पि लगायत ‘द मार्सल म्याथर्स’र ‘द इमिनेम सो’ को मार्फत छोटो समयमै निकै चर्चा परिचर्चा कमाएका थिए । उनका ती सबै गीति संग्रहले ग्य्रामी अवार्ड जित्न सफल भएको थियो भने उनी पनि तीनवटा सफल र्‍याप गीति सङ्ग्रह निकाल्ने गायकको रूपमा सम्मानीत भएका थिए । स.न्. २०१० मा उनले रिलिज गरेको उनको सत्रैं गीतीएल्बम रिकबरीले विश्वव्यापी सफलता हात पारेको थियो । उनको सोही गीतीएल्बमले स.न्. २०१० मा विश्वव्यापी रुपमै सर्वाधिक बिक्ने एल्बमको उपाधि समेत पाएको थियो । उनले आफ्नो जिवनकालमा १३ ग्रामी अर्वाड हासील गरी सकेका छन् ।

गीतसंगीतको सफलतासंगै स.न्. १९९९मा उनले आफ्नै सिल्म् सेडी रेर्कडिङ स्टूडियो समेत खोलेका हुन् । यसका साथै उनले सेड ‘४५’ नामक आफ्नै रेडियो स्टेसन समेतको स्थापना गरेका छन् । उनी स.न्. २००२मा एट माइल नामक चलचित्रवाट आफ्नो अभिनय यात्राको सुरुवात गरेका थिए र सोहि चलचित्रवाट उनी ‘एकेडेमी अर्वाड फर बेष्ट आरिजिनल सङ’ पाउने पहिलो र्‍याप कलाकारको रूपमा चिनिए । यसका साथै उनले विभिन्न चलचित्र र टेलिभिजन कार्यक्रममा समेत अतिथि कलाकारको भूमिका निर्वाह गरेका छन् ।

बाल्यकाल सम्पादन गर्नुहोस्

इमिनेमको जन्म स.न्. १९७२ अक्टोबर १७ का दिन को मिसैरी राज्यको दोस्रो ठूलो सहर सेन्ट जोसेफमा जन्मेका थिए। उनका पिताको नाम मार्शल ब्रुस माठेर्स थियो र उनकी माताकी नाम देबोरह रे नेल्सन थियो। इमिनेमका मातापिता "Daddy Warbucks" नामक ब्याण्डको सादस्य थिए। ब्रुसले आफ्नो परिवार छाडेर कालिफोर्निया गए र अरु दुइ जना बच्चा जन्माए: माइकल र स्याराह। देबोरहको अर्को छोरा थियो नेथन केन समारा।[२]

चलचित्र शुरुवात सम्पादन गर्नुहोस्

उनले १४ वर्षको उमेर देखि आफ्नो साथी माइक रुबीसंग राप्पिंग सुरु गरे। उनी शनिबारका दिन ओपन मईक प्रतियोगिता मा राप गर्न जान्थे। दश॔कहरूले उनलाइ धेरै मनपराए। त्यहाँ देखि उनको चलचित्रको सुरुवात भयो। उनको प्रतिष्ठा बढ्दै गए पछि उनले "New Jacks" नामक राप ब्याण्डले उनलाई लिए। त्यो ब्याण्ड छुटे पछि उनले अरु ५ जना राप्पेरसंग मिलेर "The Dirty Dozen" नामक ब्याण्ड बनाए। तेही ब्याण्डमा हुदा उनले स.न्. २००१मा आफ्नो पहिलो एल्बम "Devil's Night" निकाले। त्यस पछि उनले " Jeff and Mark Bass's FBT Productions" नामक कम्पनिमा काम गर्न थाले। त्यस कम्पनीमा उनले आफ्नो देबुत एल्बम "Infinite" निकाले जुन चै फ्लप भयो। अनंत को एक गेय विषय सानो पैसा आफ्नो नवजात छोरी, Hailie Mathers, जुटाउने आफ्नो संघर्ष थियो।

अभिनेताको रूपमा सम्पादन गर्नुहोस्

"The Wash" जस्ता साना चित्रकलाहरूमा खेल खेलेपछि उन्को हलिउडमा काम गर्न थाले। इमिनेमले २००२ मा पहिलो पटक अर्ध-आत्मकथात्मक हलिउड फिल्म "8 Miles" मा खेलेका थिए। उनले ध्वनिको ट्रकका लागि धेरै नयाँ गीतहरू रेकर्ड गरे, जसमा "Lose Yourself"(जसले 2003 मा सर्वश्रेष्ठ मूल गीतको एकेडेमी पुरस्कार जितेको थियो र इतिहासमा सबैभन्दा लामो-चलिरहेको हिप हप गीत हो)पनि थियो।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. http://www.eminem.net/biography/ इमिनेमको बारेमा थप जानकारी
  2. https://www.biography.com/people/eminem-9542093 इमिनेमको बाल्यकालको बारमा केहि थप जानकारी

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यी पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्