एक्सभिडियोज, एक अश्लील भिडियो साझेदार गर्ने र हेर्ने वेबसाइट हो। सन् २००७ मा फ्रान्सको पेरिसमा स्थापित, वेबसाइट हाल चेक कम्पनी डब्ल्युजिसिजेट होल्डिङमा दर्ता गरिएको छ।[४] नोभेम्बर २०२२ अनुसार यो सबैभन्दा धेरै भ्रमण गरिएको अश्लील वेबसाइट हो र विश्वमा ११औँ सबैभन्दा धेरै भ्रमण गरिएको वेबसाइट हो। [५]

एक्सभिडियोज
दर्ता पृष्ठ
साइटको प्रकार
अश्लील भिडियो साझेदारी सेवा
उपलब्ध भाषाअङ्ग्रेजी, चिनियाँ, चेक, डच, फ्रान्सेली, हिन्दी, इटालेली, जापानी, पोर्तुगाली, रोमानियाली, स्पेनी, अफ्रिकी र अन्य
मुख्यालयहरूप्राग,
चेक गणतन्त्र
उद्गम देशफ्रान्स[१]
मालिकडब्ल्युजिसिजेट होल्डिङ[२][३]
संस्थापक (हरू)
  • स्टेफिनी माइकल पाकाउड
युआरएलwww.xvideos.com
विज्ञापनहो
व्यवसायिकहो
दर्तावैकल्पिक
चालु भएको मिति१ मार्च २००७; १७ वर्ष पहिले (२००७-०३-01)
वर्तमान स्थितिचालू
लेखिएको भाषाएचटिएमएल, जाभास्क्रिप्ट, पिएचपी

डब्ल्युजिसिजेट होल्डिङसँग ब्याङ ब्रोज, डिडिएफ नेटवर्क, पेन्टहाउस, प्राइभेट मिडिया ग्रुप, र एरोगेम्सको पनि स्वामित्व कायम छ र कानूनी अश्लील ब्रान्ड अन्तर्गत सङ्ग्रहित उत्पादनहरूमा नियन्त्रण गर्ने गर्दछ।[४][६] [७]

इतिहास सम्पादन गर्नुहोस्

एक्सभिडियोज फ्रान्सेली स्टेफिनी माइकल पाकाउडद्वारा सन् २००७ मा फ्रान्सको पेरिसमा स्थापित भएको थियो। एक्सभिडियोजले अश्लील चलचित्र सङ्ग्रहकर्ताको रूपमा काम गर्दछ। एक्सभिडियोजले युट्युबले सामान्य सामग्रीको लागि पहुँच प्रदान गरेजस्तै गरि, अश्लील सामग्रीहरूमा समान रूपमा पहुँच दिन्छ।[८] [९] व्यावसायिक भिडियोहरूबाट भिडियो समग्रीहरू अपरिपक्व र अन्य प्रकारका सामग्रीहरूसँग मिश्रित हुन्छन्।[८] [९] सन् २०१२ सम्म, एक्सभिडियोज विश्वको सबैभन्दा ठूलो अश्लील वेबसाइट थियो, जहाँ प्रति महिना १० अर्ब पृष्ठ हेरिएका थिए।[१०] 'माइन्ड गीक'का मालिक फाबियन थलमानले अश्लील वेबसाइटहरूको एकाधिकार सिर्जना गर्नका लागि सन् २०१२ मा एक्सभिडियोज खरिद गर्ने प्रयास गरेका थिए। एक्सभिडियोजका फ्रान्सेली मालिकले १२ करोड अमेरिकी डलर भन्दा बढीको बताइएको प्रस्तावलाई अस्वीकार गरेका थिए।[९] सन् २०१४ मा, एक्सभिडियोजले विवादास्पद रूपमा सामग्री प्रदायकहरूलाई उनीहरूको खाताबाट भिडियोहरू मेटाउने वा उनीहरूको खाताहरू तुरुन्तै बन्द गर्ने अधिकार त्याग्न वाचा गर्न बाध्य पार्ने प्रयास गरेको थियो।[११] [१२]

वेब ट्राफिक र ववयस्क वेबसाइटको बरीयता सम्पादन गर्नुहोस्

अगस्ट २०२१ सम्ममा, एक्सभिडियोज सबैभन्दा धेरै हेरिएको अश्लील वेबसाइट थियो र सिमिलर वेबद्वारा क्रमबद्ध रूपमा विश्वमा सबैभन्दा धेरै हेरिएको सातौँ वेबसाइट थियो।

एक्सएनएक्सएक्स, डब्ल्युजिसिजेट होल्डिङको स्वामित्वमा रहेको अर्को वेबसाइट, समग्रमा दशौँ सबैभन्दा धेरै भ्रमण गरिएको वेबसाइट हो र अश्लील श्रेणीमा दोस्रो सबैभन्दा धेरै भ्रमण गरिएको वेबसाइट हो। [१३] एक्सभिडियोज र एक्सएनएक्सएक्स दुबै सन् २०२१ मा भर्चुअल रियालिटी भिडियोहरूको लागि विश्वको सबैभन्दा धेरै भ्रमण गरिएका वेबसाइटहरू थिए।[१४]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Les sites internet les plus visités au monde" [The most visited websites in the world], fr.statista.com (फ्रान्सेलीमा), Claire Jenik, नोभेम्बर २०१९, मूलबाट अक्टोबर १८, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर २५, २०१९ 
  2. Woods, Ben (फेब्रुअरी २०१६), "The (almost) invisible men and women behind the world's largest porn sites", thenextweb.com, Amsterdam: The Next Web B.V., मूलबाट डिसेम्बर ३०, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर ३०, २०१६ 
  3. "xvideos.com whois lookup", who.is, मूलबाट जुन २६, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ७, २०१७ 
  4. ४.० ४.१ "'BangBros' Owner Buys Penthouse Biz For $11.2 Million", द ब्लास्ट, ५ जुन २०१८, मूलबाट ३ जुलाई २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ जुन २०१८ 
  5. "xvideos.com Traffic Statistics", सिमिलर वेब, अप्रिल २०२०, मूलबाट २०२१-१२-२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०८-०८ 
  6. Mark Kernes (५ जुन २०१८), "Penthouse Bankruptcy Auction Results in New Ownership", avn.com, मूलबाट ३ जुलाई २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ जुन २०१८ 
  7. Gustavo Turner (२ जनवरी २०२०), "Private Media Group Acquired by XVideos Parent Company WGCZ", XBIZ, मूलबाट १६ डिसेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ जनवरी २०२० 
  8. ८.० ८.१ Pink 2.0: Encoding Queer on the Internet, Bloomington, IN, अक्टोबर ३, २०१६, अन्तिम पहुँच नोभेम्बर २२, २०२० 
  9. ९.० ९.१ ९.२ "Naked capitalism", The Economist, सेप्टेम्बर २६, २०१५, मूलबाट फेब्रुअरी १२, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ३१, २०१७ 
  10. Yagielowicz, Stephen (अप्रिल ४, २०१२), "Report: The Internet Really Is for Porn", XBIZ, मूलबाट जुन १२, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ३१, २०१७ 
  11. "Online porn websites promote 'sexually violent' videos", BBC News, ५ अप्रिल २०२१, मूलबाट ८ अप्रिल २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ अप्रिल २०२१ 
  12. Kristof, Nicholas (१६ अप्रिल २०२१), "Why Do We Let Corporations Profit From Rape Videos?", The New York Times, मूलबाट २०२१-०४-१६-मा सङ्ग्रहित। 
  13. "xnxx.com Traffic Statistics", सिमिलर वेब, अगस्ट २०२१, मूलबाट २०२२-०३-०७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०८-०८ 
  14. "These are some of the most popular virtual reality (VR) porn websites in 2022 - News Asia Today" (अङ्ग्रेजीमा), २०२१-१०-१५, मूलबाट २०२२-०१-२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०१-२०  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०१-२० मिति