इन्द्र राज्यलक्ष्मी देवी शाह

इन्द्रराज्य लक्ष्मी देवी शाह (२५ जुलाई १९२६ – ४ सेप्टेम्बर १९५०) तत्कालीन नेपालका युवराज महेन्द्र वीर विक्रम शाहकी पत्नी तथा युवराज्ञी थिइन्। उनी राजा वीरेन्द्र वीर विक्रम शाहराजा ज्ञानेन्द्र वीर विक्रम शाह, अधिराजकुमार धीरेन्द्र वीर विक्रम शाह, र अधिराजकुमारी शान्ति राज्य लक्ष्मी देवी, शारदा राज्य लक्ष्मी देवी र शोभा राज्य लक्ष्मी देवीकी आमा थिइन्।

इन्द्र राज्यलक्ष्मी देवी शाह
युवराज्ञी
जन्म(१९२६-०७-२५)२५ जुलाई १९२६
Hari Bhawan
मृत्यु४ सेप्टेम्बर १९५०(1950-09-04) (उमेर २४)
Narayanhity Royal Palace, Kathmandu, Nepal
जीवनसाथीमहेन्द्र वीर विक्रम शाह
(m. 1940–1950, her death)
सन्तानअधिराजकुमारी शान्ति राज्य लक्ष्मी देवी, र
शारदा राज्य लक्ष्मी देवी
वीरेन्द्र वीर विक्रम शाह
ज्ञानेन्द्र वीर विक्रम शाह
शोभा राज्य लक्ष्मी
अधिराजकुमार धीरेन्द्र वीर विक्रम शाह[१][२]
नाम
इन्द्र राज्यलक्ष्मी देवी शाह
बाबुहरिशमशेर जंगबहादुर राणा
आमामेघा कुमारी

जीवन सम्पादन गर्नुहोस्

उनी नेपालको पहिलो पत्नी महेन्द्र (१९२०–१९७२) थिइन्। युवराज्ञी इन्द्र कुलीन राणा परिवारकी हुन्जनरल हरिशमशेर जंगबहादुर राणा र उनकी पत्नी मेघा कुमारी राज्य लक्ष्मीकी छोरी थिइन्। [३]

उनको विवाह १४ वर्षको उमेरमा सन् १९४० मे ८ मा युवराज महेन्द्रसँग भएको थियो, तर ४ सेप्टेम्बर १९५० मा २४ वर्षको उमेरमा उनको मृत्यु भयो। उनले आफ्नो मृत्यु अघि तीन छोरा र तीन छोरीलाई जन्म दिएकी थिइन्। धिरेन्द्रलाई जन्म दिनेे बेलामा अत्यधिक रक्तस्राव को कारण उनको मृत्यु भयो। [४] युवराज्ञीको मृत्युपछि नेपालमा पहिलो प्रसूति गृहको निर्माण भयो। चारबुर्जा दरबारको परिसरमा निर्माण गरिएको र १९५९ अगस्टमा उद्घाटन भएको अस्पतालको प्रवेशद्वारमा उनको अर्द्ध-कदको सालिक राखिएको छ। [५]

इन्द्रको मृत्यु भएको दुई वर्षपछि उनकी कान्छी बहिनी रत्नले युवराज महेन्द्रसँग विवाह गरिन् ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्