ईटानगर
ईटानगर (/ˌ[invalid input: 'ee']ˈt[invalid input: 'ah']nəɡər/;ⓘ) भारतको राज्य अरुणाचल प्रदेशको राजधानी सहर हो । यो हिमालयको तराईमा अवस्थित छ । समुद्र सतहदेखि यसको उचाई ३५० मिटर छ । यो प्रादेशिक राजधानी भएको कारण सडक व्यवस्था राम्रो छ । गुवाहाटी र ईटानगरको नाहरलागुनको मध्यमा हेलिकप्टर सेवाको विकल्प समेत रहेको छ । हेलिकप्टर वाहेक पर्यटक बसहरूद्वारा पनि गुवाहटी देखि ईटानगरसम्म पुग्न सकिन्छ ।
ईटानगर Itanagar | |
---|---|
सहर | |
देश | भारत |
राज्य | अरुणाचल प्रदेश |
जिल्ला | पपुमपारे जिल्ला |
उन्नतांश | ७५० मिटर (२४६० फिट) |
जनसङ्ख्या (२००१) | |
• जम्मा | ३४,९७० |
समय क्षेत्र | युटिसी+५:३० (भारतीय मानक समय) |
सवारी दर्ता | AR-01,AR-02,ARX |
इतिहास
सम्पादन गर्नुहोस्ईटानगरको खोज मायापुर सँगै भएको थियो । मायापुर ११औं शताब्दीमा जित्रि वंशको राजधानी थियो । ईटानगरमा पर्यटकहरू ईटा किल्ला पनि हेर्न सक्छन् । यस किल्लाको निर्माण १४-१५औँ शताब्दीमा गरिएको थियो । यसै किल्लाको नाममा यस सहरको नाम ईटानगर राखिएको हो । पर्यटक यस किल्लामा कयौं सुन्दर दृश्य हेर्न सक्छन् । हाल आएर यस किल्लालाई राजभवनको नामले जान्ने गरिन्छ र यो यहाँको राज्यपालको सरकारी निवास हो ।
भूगोल
सम्पादन गर्नुहोस्ईटानगर २७°०६′N ९३°३७′E / २७.१°N ९३.६२°Eमा अवस्थित छ ।[१] यसको औसत उचाई ७५० मिटर रहेको छ ।
जनसङ्ख्या
सम्पादन गर्नुहोस्मुख्य पर्यटन स्थल
सम्पादन गर्नुहोस्किल्ला
सम्पादन गर्नुहोस्ईटानगरमा पर्यटकहरू ईटा किल्ला पनि हेर्न सक्छन् । यस किल्लाको निर्माण १४-१५औँ शताब्दीमा गरिएको थियो । यसै किल्लाको नाममा यस सहरको नाम ईटानगर राखिएको हो । पर्यटक यस किल्लामा कयौं सुन्दर दृश्य हेर्न सक्छन् । किल्लाको भ्रमण गरेर पर्यटकहरू यहाँ पौराणिक गङ्गा ताल पनि हेर्न सक्छन् ।[२]
पौराणिक गङ्गा ताल
सम्पादन गर्नुहोस्यो ईटानगरदेखि ६ किलोमिटरको दूरीमा स्थित छ । यस ताल नजिकै एक मनमोहक जङ्गल पनि छ । पर्यटकहरू यस जङ्गलमा सुन्दर रुख-विरुवा, वन्य जन्तु र फूलको बगैंचा हेर्न सक्छन् । यहाँ आउने पर्यटकहरू यो स्थान आएर जाने गर्छन् ।
बौद्ध मन्दिर
सम्पादन गर्नुहोस्यहाँ एउटा सुन्दर बौद्ध मन्दिर रहेको छ । बौद्ध गुरू दलाई लामा पनि यसको यात्रा गरिसकेका छन् । यस मन्दिरको छाना पहेलो छ र यस मन्दिरको निर्माण तिब्बती शैलीमा गरिएको छ । यस मन्दिरको माथिल्लो तल्लाबाट पुरै ईटानगरको सुन्दर दृश्यहरू हेर्न सकिन्छ । यस मन्दिरमा एक सङ्ग्राहलयको निर्माण पनि गरिएको छ । यसको नाम जवाहर लाल नेहरू सङ्ग्राहलय हो । यस सङ्ग्रहालयमा पर्यटकहरू पुरै अरूणाचल प्रदेशको झलक हेर्न सक्छन् ।
अन्य स्थल
सम्पादन गर्नुहोस्यी स्थलहरू वाहेक यहाँ काठले बनेका सुन्दर वस्तुहरू, वाद्ययन्त्र, हस्त कपडा, हस्तनिर्मित वस्तुहरू तथ् कलाकृतिहरू हेर्न सकिन्छ । यहाँ रहेका सङ्ग्राहलयमा पुस्ताकलयको पनि निर्माण गरिएको छ ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Falling Rain Genomics, Inc - Itanagar
- ↑ "Tourism in Arunachal Pradesh", Arunachalpradesh.nic.in, अन्तिम पहुँच २६ डिसेम्बर २०१२।