आन्तरिक राजस्व विभाग (नेपाल)

(आन्तरिक राजश्व विभागबाट अनुप्रेषित)

अनुसन्धानमा आधारित कर नीतिको तर्जुमा, करदाताको आवश्यकतामा आधारित चेतनामूलक करदाता शिक्षा, सूचना प्रविधिमा आधारित करदाता सेवा, वैज्ञानिक प्रक्षेपणमा आधारित कर राजस्वको लक्ष्य निर्धारण गरी आन्तरिक कर कानूनहरूको प्रभावकारी एवं कुशल कार्यान्वयन गर्ने उद्देश्यका साथ साविकको कर विभागमूल्य अभिबृद्धि कर विभागलाई एकीकृत गरी विक्रम सम्वत २०५८ साल बैशाख २ गते आन्तरिक राजस्व विभागको गठन भएको हो ।

Inland Revenue Department (IRD)[]
आन्तरिक राजस्व विभाग
निकाय विवरण
गठन१९६० (कर विभाग)
Preceding agency
  • Department of Taxation
अधिकार क्षेत्र Nepal
प्रधान कार्यालयलाजिम्पाट, काठमाडौँ, नेपाल
मन्त्री
निकाय कार्यकारी
भगिनी निकायअर्थ मन्त्रालय (नेपाल)
मातृ निकाय
  • आन्तरीक राजस्व कार्यालय
वेबसाइटwww.ird.gov.np

आन्तरिक राजस्व विभागले वित्तीय नीति अन्तर्गत कर नीतिको महत्त्वपूर्ण उपकरण मानिएको प्रत्यक्ष कर आयकर तथा अप्रत्यक्ष कर मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, स्वास्थ्य सेवा कर, शिक्षा सेवा शुल्क जस्ता आन्तरिक कर नीति निर्माण र ती कर नीतिको कार्यान्वयन र प्रशासन तथा अनुगमन गर्दछ ।

५९ वटा क्षेत्रगत कार्यालय ( ३८ आन्तरीक राजस्व कार्यालयहरु, १९ करदाता सेवा कार्यालयहरु , १ मध्यमस्तरीय करदाता कार्यालय र १ ठूला करदाता कार्यालयको माध्यमवाट सेवा प्रदान गर्दछ।

आन्तरिक राजस्व विभागले निम्न कार्यहरू गर्दछ:

  1. कर प्रशासन
  2. कर नीति
  3. करदाता सेवा
  4. दर्ता, राजस्व संकलन
  5. कर लेखापरीक्षण
  6. कर प्रवर्तन र अनुसन्धान
  7. समीक्षा र पुनरावेदन
  8. कर फिर्ता
  9. अग्रिम नियम
  10. कर सन्धि र अन्तर्राष्ट्रिय कर
  11. अन्तःशुल्क र मदिरा प्रशासन

सम्पर्क ठेगाना

सम्पादन गर्नुहोस्

आन्तरिक राजस्व विभाग
लाजिम्पार्ट, काठमाण्डौ, नेपाल
टेलिफोन: + ९७७-१-४४१५८०२
फयाक्स: + ९७७-१-४४११७८८

आधिकारीक वेबसाईट

सम्पादन गर्नुहोस्

www.ird.gov.np वेब्याक मेसिन अभिलेखिकरण २००९-१०-१२ मिति


  1. "Inland Revenue Department Nepal", अन्तिम पहुँच १० अक्टोबर २०१७  वेब्याक मेसिन अभिलेखिकरण १४ अक्टोबर २०१७ मिति