आदिलाबाद जिल्ला
आदिलाबाद जिल्ला भारतको तेलङ्गाना राज्यको उत्तरी क्षेत्रमा अवस्थित एउटा जिल्ला हो। यसलाई दक्षिण र मध्य भारतको प्रवेशद्वार जिल्लाको रूपमा चिनिन्छ।[१] आदिलाबाद सहर यस जिल्लाको सदरमुकाम हो। जिल्लाले कोमुरम भीम आसिफाबाद, निर्मल जिल्लाहरू र महाराष्ट्रको राज्य सीमासँग सीमाहरू साझा गर्दछ।[२]
आदिलाबाद जिल्ला | |
---|---|
देश | भारत |
राज्य | तेलङ्गाना |
सदरमुकाम | आदिलाबाद |
क्षेत्रफल | |
• जम्मा | ४१५३ किमी२ (१६०३ वर्ग माइल) |
जनसङ्ख्या (सन् २०११) | |
• जम्मा | ७०८९७२ |
• घनत्व | १७०/किमी२ (४४०/वर्ग माइल) |
इतिहास
सम्पादन गर्नुहोस्यस जिल्लामा विभिन्न समयमा मौर्य, सातवाहन, काकतिया र गोण्ड राजाहरू लगायत विभिन्न राजवंशहरूद्वारा शासन गरिएको थियो।[३] काकतिया राजवंशको समयमा बनेका केही तेलुगु शिलालेख आदिलाबाद जिल्लामा फेला परेका छन्, जसले यस क्षेत्रको ऐतिहासिक महत्त्वलाई सङ्केत गर्दछ।
अक्टोबर २०१६ मा जिल्लाको पुनर्गठनका कारण, पहिलेको आदिलाबाद जिल्लालाई चार जिल्लाहरूमा विभाजन गरिएको थियो: आदिलाबाद जिल्ला, कोमाराम भीम आसिफाबाद जिल्ला, मनचेरियल जिल्ला, र निर्मल जिल्ला।[४]
जनसाङ्ख्यिकी
सम्पादन गर्नुहोस्भारतको जनगणना अनुसार, अवशिष्ट आदिलाबाद जिल्लाको जनसङ्ख्या ७०८,९७२ छ, जसमा ९८९ महिला र १००० पुरुषको अनुपात छ।[५] जनसङ्ख्याको २३.६६% शहरी क्षेत्रमा बसोबास गर्दछ। साक्षरता दर ६३.४६% छ। अनुसूचित जाति र अनुसूचित जनजातिहरूले क्रमशः ९९,४२२ (१४.०२%) र २२४,६२२ (३१.६८%) जनसङ्ख्या बनाउँछन्।[६]
अवशिष्ट जिल्लामा, जनसङ्ख्याको ३६.५०% तेलुगु, १९.६७% मराठी, १७.२३% गोंडी, १०.२३% उर्दू, ७.१०% लाम्बाडी, २.९२% कोलामी र २.०५% हिन्दी आफ्नो पहिलो भाषाको रूपमा बोल्छन्।[७]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "It's raining mandals in divided Adilabad", The Hindu (en-INमा), ६ अक्टोबर २०१६, अन्तिम पहुँच ८ अक्टोबर २०१६।
- ↑ "Adilabad district district", Official website of Adilabad district, मूलबाट १० जनवरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जुन २०१७। वेब्याक मेसिन अभिलेखिकरण १० जनवरी २०१७ मिति
- ↑ "History | Adilabad District | India" (en-USमा), अन्तिम पहुँच २०२०-०९-१३।
- ↑ "It's raining mandals in divided Adilabad", The Hindu (en-INमा), ६ अक्टोबर २०१६, अन्तिम पहुँच ८ अक्टोबर २०१६।
- ↑ "Demography | Adilabad District | India" (en-USमा), अन्तिम पहुँच २०२०-०९-१३।
- ↑ "Adilabad district district", Official website of Adilabad district, मूलबाट १० जनवरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जुन २०१७। वेब्याक मेसिन अभिलेखिकरण १० जनवरी २०१७ मिति
- ↑ "Table C-16 Population by Mother Tongue: Andhra Pradesh", Census of India, Registrar General and Census Commissioner of India।