आइक्युटेल
आइक्युटेल एक उत्पादकता अनुप्रयोग हो जसले प्रयोगकर्ताहरूलाई ई-डाँक, कार्य, परियोजना, पात्रो, सम्पर्क, एभरनोटका सामग्री लगायतका अधिक एकल अनुप्रयोगमा प्रबन्ध गर्न अनुमति दिन्छ। आइक्युटेल एक वेब अनुप्रयोगका साथ साथै आइओएस र एन्ड्रोइड अनुप्रयोगको रूपमा उपलब्ध थियो। सबै प्रयोगयोगकर्ताहरूका जानकारीहरू स्वत: सबै उपकरणहरू बीच समक्रमित भएको थियो। यसका आइओएस र एन्ड्रोइड अनुप्रयोगहरूले अफलाइन पहुँचलाई समर्थन गर्दथे। यस अनुप्रयोगलाई डेभिड एलेनको गेटिङ थिङ्स डन नामक पुस्तक वर्णन गरिएको अवधारणा र विधिहरूको कार्यान्वयन गर्न पनि प्रयोग गर्न सकिन्छ।[१] कम्पनीको प्रधान कार्यालय संयुक्त राज्य अमेरिकाको न्यू जर्सीमम अवस्थित थियो।[२]
निर्माणकर्ता (हरू) | आइक्युटेल डटकम, सिमित दायित्व कम्पनी |
---|---|
सञ्चालन प्रणाली | वेब, क्रोम, एन्ड्रोइड, आइओएस |
प्रकार | उत्पादकता सफ्टवेयर तथा व्यक्तिगत कार्य प्रवन्धन |
अनुमति पत्र | स्वामित्व |
वेबसाइट | आधिकारिक वेबसाइट |
इतिहास
सम्पादन गर्नुहोस्आइक्युटेललाई सन् २०१३ मा रान फ्लामद्वारा विकास तथा सार्वजनिक गरिएको थियो।[३][४]
सन् २०१४ मा, यसको आधिकारिक मोबाइल अनुप्रयोग एन्ड्रोइड र आइओएसमा सार्वजनिक गरिएको थियो।[५]
सन् २०१५ मा, प्रिमियम र प्लेटिनम सदस्यता योजनाहरू पेश गरिएको थियो जसले नि: शुल्क प्रयोगकर्ता संस्करणको कायम गरेको थियो।
अप्रिल २०१७ मा, यसको नयाँ वेब अनुप्रयोगको प्रक्षेपण गरिएको थियो।[६]
३१ जुलाई २०१७ मा, आइक्युटेलका सबै सेवाहरू पूर्ण रूपमा बन्द गरिएको थियो।[७][८][९]
उत्पादकता विधि
सम्पादन गर्नुहोस्आइक्युटेल, गेटिङ थिङ्स डन (पुस्तक) उत्पादकत्व विधिका साथ उपयुक्त बनाउन बनावट गरिएको थियो। प्रयोगकर्ताहरूले गेटिङ थिङ्स डनका सूचीहरूको प्रयोग गर्न सक्दछन्।[१०][११]
वेब अनुप्रयोग, आइओएस वा एन्ड्रोइड अनुप्रयोगको प्रयोग गरेर, प्रयोगकर्ताहरूले उनीहरूको ईमेललाई द्रुत प्रक्रियामा लागू गर्न सक्दछन्।[१०][१२][१२] ई डाँकलाई कार्य, परियोजना, आदिमा परिवर्तन गरिएको थियो र मूल ई डाँकलाई डाँक बाकसबाट हटाइएको थियो। ई डाँक, सृजना गरिएका वस्तुहरूको अंश बनेको थियो (उदाहरणका लागि कार्य, परियोजना, इत्यादि)। यसलाई जिमेलमा सबै डाँक फोल्डर र गैर जिमेलमा सङ्ग्रह फोल्डरमा पनि हेर्न सकिन्छ।
आइक्युटेल सुविधाहरूमा ई-डाँक, पात्रो, सम्पर्क, सूची प्रबन्धन, साझेदारी र टोलीका सदस्यहरूको सामेल छन्। यसका सबै सुविधाहरू एभरनोट र आइक्लाउड जस्ता सामान्यतया प्रयोग हुने सङ्गठन सफ्टवेयरहरूसँग उपयुक्त थिए।[१३]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "IQTELL Puts GTD, Notes and Email in a Single Productivity App". लाइफ ह्याकर, अभिगमन मिति २० असोज २०७६
- ↑ "आइक्युटेल, सिमित दायित्व कम्पनीको जानकारी", टेक क्रञ्च, अन्तिम पहुँच २० असोज २०७६।
- ↑ "How to Deal With Email When You're on Vacation" = Archive.today अभिलेखिकरण २०१५-०१-२८ मिति. Base Line, डेनिस म्याककार्फेर्टिद्वारा | २०१४-०७-०३
- ↑ "4 Productivity tools to help you get things done: IQTell, Wunderlist, Tracky, Basecamp". सूचना प्रविधि प्रो पोर्टल, १६ मे २०१३, केट रूसेलद्वारा
- ↑ "Overnight Recap: Google Maps Out of Beta, IQTELL, Amazon Coin on Android". म्याक लाइफ, फेब्रुअरी २०, २०१४
- ↑ "हाम्रो नयाँ वेब अनुप्रयोगको सार्वजनिक गर्दै" वेब्याक मेसिन अभिलेखिकरण २०१७-०८-०१ मिति. आइक्युटेलको आधिकारिक उत्पादकता ब्लग, अप्रिल ५, २०१७
- ↑ "आइक्युटेलको भविष्य" वेब्याक मेसिन अभिलेखिकरण २०१७-०८-०१ मिति. आइक्युटेलको आधिकारिक उत्पादकता ब्लग, जून २९, २०१७
- ↑ केन फ्लेसर, "आइक्युटेल नमूना थियो", ७ जुलाई २०१७, अन्तिम पहुँच २० असोज २०७६।
- ↑ डिभिगारो, "आइक्युटेलका सम्पूर्ण सेवा बन्द हुँदै छन्", एभरनोट, अन्तिम पहुँच २० असोज २०७६।
- ↑ १०.० १०.१ "IQTELL is ready to super charge your mobile productivity"। ज्याक वालेनद्वारा, टेक रिपब्लिक, फेब्रुअरी २६, २०१४
- ↑ "Clear your head while quickly navigating your inbox with IQTELL contexts"। ज्याक वालेनद्वारा टेक रिपब्लिक, मार्च ६, २०१४
- ↑ १२.० १२.१ "If Your Inbox Is Out of Control, IQTELL Might Be the Answer " वेब्याक मेसिन अभिलेखिकरण २०१९-१०-०७ मिति, मेक युज अफ इट ड्यान अलब्राइटद्वार, अभिगमन मिति २६ मार्च, २०१४
- ↑ "IQTELL: Manage your Emails, Projects and Tasks the smart way' वेब्याक मेसिन अभिलेखिकरण २०१९-१०-०७ मिति आक्स योर एन्ड्रोइड.