अल्बा मार्डल (३१ जनवरी १९०२ - १ फरवरि १९८६) एक स्वीडीस राजनीतिज्ञ तथा समाजशास्त्री थिइन् । उनलाई सन् १९८२ मा नोबेल शान्ती पुरस्कार प्रदान गरिएको थियो । उनले सन् १९२४ मा गुन्नार मार्डलसँग बिबाह गरिन् ।

अल्बा मार्डल
अल्बा मार्डल १९६८ मा
जन्म(१९०२-०१-३१)३१ जनवरी १९०२
उप्पसला, स्विडेन
मृत्यु१ फेब्रुअरी १९८६(1986-02-01) (उमेर ८४)
डन्देयार्ड, स्विडेन
राष्ट्रियतास्वीडीस
पेशाराजनीतिज्ञ, समाजशास्त्री
जीवनसाथी

जीवनी सम्पादन गर्नुहोस्

प्रारम्भिक जीवन र अध्ययन सम्पादन गर्नुहोस्

अल्बा मार्डलको जन्म उप्पसलामा भएको थियो । अपेक्षाकृत राम्रो-बन्द परिवार मा पहिलो सन्तानको रूपमा अल्बर्ट रेईमेर (१८७६-१९४३०) र लोवा जोन्सन (१८७७-१९४३)बाट छोरीको रूपमा उनको जन्म भयो । उनका चार भाइ बहिनीहरु रूथ (१९०४-१९८०), फोल्के (१९०६-१९७७), मे (१९०९-१९४१) र स्टिग ( १९१२-१९७७) थिए । उनका बुवा एक समाजवादी र आधुनिक उदार थिए । उनको बाल्यकालमा उनको परिवार विभिन्न ठाउमा बसाई सरिरह्यो । उदाहरणका लागि, तिनीहरूले इस्किलस्तुना, फियरफिल्ड र स्टकहोममा वसोवास गरेका थिए। उनको शैक्षिक अध्ययन मनोविज्ञान र परिवार समाजशास्त्रमा संलग्न भयो। सन् १९२४ मा उनले बिज्ञानमा स्नातक डिग्री प्राप्त गरे ।

पछिल्लो जीवन सम्पादन गर्नुहोस्

स्वीडिश सामाजिक-जनवादी पार्टी को लामो समय प्रमुख सदस्य थिईन्, पछि १९४० मा संयुक्त राष्ट्र संघमा अन्तर्राष्ट्रिय मुद्दाहरूमा संलग्न, १९४९ मा कल्याण नीति को प्रमुख को रूपमा नियुक्त हुनु भयो। सन् १९५ देखि १९५५ सम्म यूनेस्को को त्यो यूनेस्को सामाजिक विज्ञान खण्डमा संयुक्त राष्ट्र मा पहिलो पटक महिला अध्यक्ष को पदमा रहेकी थिइन् । सन् १९५५-१९५६ मा नयाँ दिल्ली, भारत, रङ्गुन, बर्मा (म्यानमार) र कोलम्बो, सिलोन (श्रीलङ्का) एक स्विडिस दूत रूपमा सेवा गरेकी थिईन् ।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Biografie Alva Myrdal", 50 Klassiker der Soziologie, Universitat Graz, अन्तिम पहुँच २०१३-११-२२  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-०७ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्