अर्गली दरबार नेपालको प्रदेश नं. ५, पाल्पा जिल्ला, अर्गली गाउँ विकास समितिको वाड नं.१ मा अवस्थित ऐतिहासिक महत्त्वको दरबारहो। पुरानो हुलाकी मार्ग र हाल तानसेन-रिडी-तमघास सडकको बीचमा अवस्थित अर्गली दरबार पाल्पा सदरमुकाम तानसेनबाट २१ किलोमिटर पश्चिम-उत्तरमा छ। जुद्धशमशेरले स्वेच्छाले प्रधानमन्त्री पद त्यागि सन्यासी जीवन बिताउने अभिप्रायले रिडी बजारबाट पाँच किलोमिटर पूर्व पाल्पा जिल्लास्थित अर्गली उपत्यकामा उनको निजी बासस्थानको लागि विक्रम सम्वत्१९९९ सालमा सुरू गरी २००१ सालमा दरबार निर्माण गराए। पश्चिम प्युठान-अर्घाखाँचीसम्मको जनश्रमदानद्वारा निर्मित उक्त दरबारमा प्रयोग भएको इँटा, फलाम, काठ, प्रस्तर एवं अन्य भौतिक सामग्री उच्च गुणस्तरको थियो। विक्रम सम्वत्२००२ साल मङ्सिर १४ गते जुद्द् शमशेर गेरुवस्त्र धारण गरी कान्छी श्रीमती गम्भीर कुमारीका साथ त्यही अर्गली दरबारमा आए। रिडी घाटको नित्य स्नान एवं ऋषिकेश मन्दिरको फूलप्रसादसहित २००७ सालसम्म जुद्धशमशेर अर्गली दरबारमै बस्दथे। हाल अर्गली दरबारभग्नावसेसमा परिणत भएको छ।

अर्गली दरबार
अर्गली दरबार
ऐतिहासिक अर्गली दरबार
अर्गली दरबार is located in नेपाल
अर्गली दरबार
नेपालको नक्सामा अर्गली दरबार
सामान्य विवरण
स्थानअर्गली, पाल्पा जिल्ला
राष्ट्रनेपाल
हाल भाडामा लिनेहरूत्रिभुवन उच्च माध्यमिक विद्यालय
निर्माणकार्यको थालनीविक्रम सम्वत् १९९९ साल
सम्पन्नविक्रम सम्वत् २००१ साल
उद्घाटन मितिविक्रम सम्वत् २००२ साल मङ्सिर १४ गते
ग्राहकजुद्द् शमशेर
स्वामित्वजनक राज्यलक्ष्मी (जुद्द शमसेरकी छोरी)

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्