अमृता प्रीतम (१९१९-२००५) पञ्जाबीको सबैभन्दा लोकप्रिय लेखकहरू मध्ये एक थिइन् । पञ्जाबको गुजरावाला जिल्लामा जन्मेकी अमृता प्रितमलाई पञ्जाबी भाषाको पहिलो कवियत्री मानिन्छ । उनले लगभग १०० पुस्तकहरू लेखेकी छिन् जसमा उनको चर्चित आत्मकथा 'रसीदी टिकट' पनि समावेश रहेको छ । अमृता प्रितम त्यो साहित्यकाहरू मध्ये थिइन् जसको कृतिहरूलाई अनेक भाषाहरूमा अनुवाद गरिएको थियो । आफ्नो अन्तिम दिनहरूमा अमृता प्रितमलाई भारतको दोस्रो सबभन्दा ठुलो सम्मान पद्म विभूषण पनि प्राप्त भएको थियो । उनलाई साहित्य एकेडेमी पुरस्कारले पहिले नै सम्मानित गरिएको थियो ।[१]

अमृता प्रीतम
जन्म(१९१९-०८-३१)अगस्ट ३१, १९१९
गुजरावाला, पञ्जाब, भारत
मृत्यु३१ अक्टोबर २००५(2005-10-31) (उमेर ८६)
नयाँ दिल्ली, भारत
पेशाउपन्यासकार, कवि, निबन्धकार
राष्ट्रियताभारतीय
अवधि१९३६-२००४
विधाकविता, गद्य, जीवनी
विषयभारतको विभाजन, महिला, सपना
उल्लेखनीय कार्यहरूसुनहरे (कविता), रसीदी टिकट, पिंजर (उपन्यास)
जीवनसाथीप्रितम सिंह

जीवनी सम्पादन गर्नुहोस्

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

अमृता प्रीतमको जन्म जन्म 31 अगस्त, 1919 मा भएको थियो । अमृता एक कवयित्री थिइन् र उनका कविताहरु भावना, प्रेम र संवेदनाहरूले भरिएका हुन्थे ।

शिक्षा एवम् कार्यजीवन सम्पादन गर्नुहोस्

अमृताको बाल्यकाल लाहौरमा बित्यो र शिक्षाा पनि वही नै सम्पन्न भयो ।

साहित्यिक यात्रा सम्पादन गर्नुहोस्

अमृता प्रीतम लेखनयात्रा पंजाबी भाषाबाट शुरुवात गरिन् र किशोरावस्थाबाटै कविता, कथा र निबंध लेख्न शुरु गरिन् । अमृता जब ११ वर्षकी थिइन् त्यही समयमा नै उनी आमाको निधन भयो जसले गर्दा घरको जिम्मेवारी उनको काँधमा आइपर्‍यो । उनी ती कम साहित्यकारहरुमध्ये हुन् जसको पहिलो सङ्कलन १६ वर्षको उमेरमा प्रकाशित भएको थियो । फेरि १९४७ साल भारत-पाकिस्तान विभाजनको समय आयो, उनीले विभाजनको पीडा सहनुपर्‍यो, र त्यो पीडालाई उनले धेरै नजीकबाट महसुस गरेकी थिईन्, उनका केही कथाहरूमा त्यो पीडा महसूस गर्न सकिन्छ । विभाजनको समयमा उनका परिवार भारतको दिल्लीमा आएर बस्यो । अब उनले पंजाबीको साथ-साथ हिन्दीमा पनि लेख्न शुरु गरिन् ।[२]

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

अमृताको ६ वर्षको उमेरमै विवाहको लागि कुरा छिनिएको थियो र ११ वर्षकै सानै उमेरमा उनकी आमाले उन्लाई छोडिन् । उनी १६ वर्षकी हुँदा नै उनले आफ्नो पहिलो पुस्तक पुरा गरिन् र १६ वर्षकै उमेरमा उनको विवाह प्रीतम सिंह सँग भयो जो एक सम्पादक पनि थिए । अमृता बेहद भावुक थिइन्, तर त्यत्तिकै सुन्दरताका साथ उनलाई आफ्नो भावना र सम्बन्धको बीच सामंजस्य मिलाउन आउँथ्यो । आजीवन उनले साहिरसँग प्रेम गरिन् । दुइ छोराछोरीकी आमा पनि भइन् । साहिरसँगको प्रेम मनमा भएका कारण वैवाहिक जीवनबाट बाहिर निस्कन फैसला लिइन र फेरि साहिरले पनि उनको साथ छोडे तर पनि सम्मानका साथ त्यो सम्बन्धबाट उनी अलग भइन् ।[३] उनको प्रीतम सिंहसँगको वैवाहिक जीवन सन् १९६० मा तलाकका साथ टुट्यो ।[२]

‍साहिर प्रेम सम्पादन गर्नुहोस्

अमृता साहिर लुधियानवीलाई अथाह प्रेम गर्थिन् । साहिर लाहौरमा उनको घर आइरहन्थे । भेटमा उनीहरू घणटौंसम्म चुपचाप बस्दथे । साहिरलाई सिगरेट पिउने आदत थियो, उनी एक के बाद एक लगातार सिगरेट पिउने गर्दथे । उनी हिंडेपछि सिगरेटको ठूटोलाई साहिरको ‌ओंठको निशानलाई महशुस गर्नका लागि अमृता पुनः पिउने गर्थिन् । यसैगरी अमृतालाई सिगरेट पिउने लत साहिरबाट लागेको थियो, जुन आजीवन कायम रह्यो । सारा जीवनर अमृताले साहिरलाई भुल्न सकिनन् । साहिर पनि उनलाई प्रेम गर्दथे र दुवै एक अर्कालाई चिट्ठी लेख्ने गर्दथे । पछि साहिर मुम्बइ गए तर पनि उनीहरूको प्रेम कायमै रह्यो । अमृतादेखि टाढा भएकै कारण साहिरको जीवनमा सुधा मल्होत्रा आएकी थिइन् भन्ने गरिन्छ । यद्यपि दुवैको दिलमा एक अर्काको लागि प्रेम खतम भएको भने थिएन । अमृताले साहिरले पिएका सिगरेटको ठूटोहरु संभालेर राखेकी थिइन् भने साहिरले पनि अमृता पिएको चियाको कप संभालेर राखेका थिए भन्ने गरिन्छ । साहिरले अमृताले पिएको चियाको कप वर्षौंसम्म नधोइ राखेका थिए । तर पछि दुवै अलग भए । भनिन्छ, प्रेममा अमृता जत्तिको समर्पण साहिरको प्रेममा थिएन । कोही कोही ता यतिसम्म भन्ने गर्थे कि उनको प्रेम एकतर्फी थियो ।[३]

इमरोजसंगको सम्बन्ध सम्पादन गर्नुहोस्

अमृता स्वतन्त्रता विचार भएका आम युवतीहरुका लागि एक रोल मोडल थिइन् । यद्यपि स्वतन्त्रता भन्नाले उनका लागि भावनात्मक स्वतन्त्रता र सामाजिक स्वतन्त्रता थियो । आज पनि समाजमा लिव-इन स्वीकार्य छैन तर पनि त्यो जमानामा पनि अमृता इमरोजसंग लिव-इनमा रहिन् । तर त्यो सम्बन्धमा सम्मान र समर्पण थियो । उनलाई जीवनको आखिरी समयमा सच्चा प्रेम इमरोजको रूपमा पाइन् । तर उनको जीवनको उतर-चढावलाई उनको आत्मकथा को रूपमा लेखियो, खुशवंत सिंहको सुझावमा उनको जीवनीलाई रशीदी टिकट नाम दिइयो ।[३]

अमृताको जीवनमा इमरोज निकै ढिलो आए । कहिलेकाहीं अमृता इमरोजसँग गुनासो गर्ने गर्थिन र सोध्ने गर्थिन्, 'तिमीले मलाई मेरो जिन्दगीको साँझमा किन भेट्यौ, यदि भेट्नु नै थियो भने दिनमा भेट्नुपर्थ्यो' । दुबैले एक साथ बस्ने फैसला गरे र पहिलो दिनदेखि नै दुबै एकै छानोमा अलग-अलग कोठामा बस्न थाले । जब इमरोजले अमृतासङ्ग बस्ने चाहना व्यक्त गरे तब उनले भनिन् सारा संसार घुमेर आउ र फेरि पनि तिमी सङ्गै बस्ने चाहन्छौ भने पनि म यहीं ठाउँमा तिम्रो इन्तजार गरिराखेको हुनेछु । भनिन्छ, तब कोठाको सात चक्कर लगाएपछि इमरोजले भने कि सारा दुनिया घुमे, म अझै पनि तिम्रो साथमै बस्ने चाहना छ ।

जब अमृता रातीको समयामा शान्तिसङ्ग लेख्ने गर्थिन् तब इमरोज सुस्तरी चियाको कप राखेर जान्थे । यो क्रम चालीस पचास वर्षसम्म चल्यो । जब इमरोज उनलाई स्कूटरमा कतै लैजान्थे अमृताको औंलाहरु हमेशा इमरोजको पीठमा केही केही लेखिरहन्थे । र यो कुरा इमरोजलाई पनि थाहा थियो कि लेखेको शब्द साहिर नै हो भनेर । जब उनलाई राज्यसभाको लाथि मनोनीत गरियो, हरेक दिन इमरोज उनीसङ्ग संसद भवन जान्थे र बाहिर बसेर घण्टौंसम्म अमृता नआाउन्जेलसम्म पर्खिराखेका हुन्थे । अक्सर मानिसहरु सम्झन्थे कि इमरोज अमृताका ड्राइभर हुन् । यति मात्र नभई इमरोजले अमृताका लागि आफ्नो करियरको साथ पनि सम्झौता गरे । उनलाई केही राम्रा अफर आए तर उनले अमृताको साथ रहनका लागि त्यसलाइ पनि त्यागिदिए । गुरुदत्तले इमरोजलाई मनमुताबिक शर्त अनुसार काम गर्न अफर गरेका थिए तर अमृतालाई लाग्यो कि उनले पनि साहिरले झै छाडेर नजाउन् त्यसैले उनले नजाने फैसला गरे ।[३]

मृत्यु सम्पादन गर्नुहोस्

जीवनको अन्तिम समयमा उनलाई हिंड्न डुल्न काफी तकलीफ हुन्थ्यो । त्यो समयमा उनलाई खाना खुवाउन, नुहाउन, घुमाउन जस्तो सम्पूर्ण दैनिक कार्य इमरोजले गर्ने गर्थे । बीमारीको लामो समयपछि अमृता प्रीतमले ३१ अक्टुबर, २००५ मा आफ्नो प्राण त्यागिन् । तर इमरोज भन्ने गर्थे कि अमृता उनलाई छाडेर जान सक्दिनन्, अझै पनि अमृता उनीसङ्गै छन् ।[३] उनका कविता, कथा, नज्म र संस्मरणहरु सदैव मानिसहरुका बीच हुनेछन् र उनका साहित्यहरूले मार्गदशर्न गरिरहनेछन् । अमृता प्रीतम जस्तो साहित्यकार सँधै पैदा हुँदैनन्, उनको मृत्युसङ्गै एक युगको अन्त्य भएको छ । [४]

लेखनशैली सम्पादन गर्नुहोस्

लेखन एवम मुख्य कृतिहरू सम्पादन गर्नुहोस्

उपन्यास सम्पादन गर्नुहोस्

  • पाँच बरस लंबी सड़क
  • पिंजर
  • अदालत
  • कोरे कागज़
  • उनचास दिन
  • सागर और सीपियाँ
  • नागमणि
  • रंग का पत्ता
  • दिल्ली की गलियाँ
  • तेरहवाँ सूरज
  • जिलावतन (१९६८)|

आत्मकथा सम्पादन गर्नुहोस्

  • रसीदी टिकट (१९७६)

कथा सङ्ग्रह सम्पादन गर्नुहोस्

  • कहानियाँ जो कहानियाँ नहीं हैं
  • कहानियों के आँगन में

संस्मरण सम्पादन गर्नुहोस्

  • कच्चा आँगन
  • एक थी सारा।

कविता सम्पादन गर्नुहोस्

  • अमृत लहरें (१९३६)
  • जिन्दा जियां (१९३९)
  • ट्रेल धोते फूल (१९४२)
  • ओ गीता वालियां (१९४२)
  • बदलम दी लाली (१९४३)
  • लोक पिगर (१९४४)
  • पगथर गीत (१९४६)
  • पंजाबी दी आवाज(१९५२)
  • सुनहरे (१९५५)
  • अशोका चेती (१९५७)
  • कस्तूरी (१९५७)
  • नागमणि (१९६४)
  • इक सी अनीता (१९६४)
  • चक नाबर छ्त्ती (१९६४)
  • उनीझा दिन (१९७९)
  • कागज़ ते कैनवास (१९८१) - ज्ञानपीठ पुरस्कार

पुरस्कार सम्पादन गर्नुहोस्

अमृतालाई राष्ट्रिय र अन्तर्राष्ट्रय पुरस्कारद्वारा सम्मानित गरियो, जस्मध्ये केही प्रमुख छन् १९५६ मा साहित्य अकादमी पुरस्कार, १९५८ मा पंजाब सरकारका भाषा विभाग द्वारा दिइएको पुरस्कार, १९८८ मा बल्गारिया वैरोव पुरस्कार; (अन्तर्राष्ट्रीय) र १९८२ मा भारतको सर्वोच्च साहित्यिक पुरस्कार ज्ञानपीठ पुरस्कार । उनी पहिलो महिला थिइन् साहित्य अकादमी पुरस्कार पाउने र साथ साथै उनी पहिलो पंजाबी महिला पनि थिइन जो १९६९ मा पद्मश्री सम्मान द्वारा सम्मानित पनि भइन् ।[२]

  • साहित्य अकादमी पुरस्कार (१९५६)
  • ’पद्मश्री’बाट अलंकृत (१९६९)
  • डॉक्टर ऑफ़ लिटरेचर (दिल्ली युनिवर्सिटी- १९७३)
  • डॉक्टर ऑफ़ लिटरेचर (जबलपुर युनिवर्सिटी- १९७३)
  • बल्गारिया वैरोव पुरस्कार (बुल्गारिया - १९७९)
  • भारतीय ज्ञानपीठ पुरस्कार (१९८१)
  • डॉक्टर ऑफ़ लिटरेचर (विश्व भारती शांतिनिकेतनी- १९८७)
  • फ़्रांस सरकार द्वारा सम्मान (१९८७)
  • पद्म विभूषण (२००४)

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. "साहित्यकार अमृता प्रीतम रहिनन्", बीबीसी, अन्तिम पहुँच २ डिसेम्बर २००८ 
  2. २.० २.१ २.२ "जीवनी- अमृता प्रीतम", sabkuchgyan.com, अन्तिम पहुँच २०१८-६-१४ 
  3. ३.० ३.१ ३.२ ३.३ ३.४ तिवारी, प्रियंका (८/३१/२०१६), "अमृता प्रीतम ने रखी थी लिव -इन की नींव", navodayatimes.in, नवोदय टाईम्स, अन्तिम पहुँच २०१८-०६-१४ 
  4. "अमृता प्रीतम जीवनी Biography of Amrita Pritam", jivani.org, अन्तिम पहुँच २०१८-०६-१४ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्