अबु मिना
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
अबु मिना Egyptian Arabic: ابو مينا उच्चारण [æbuˈmiːnæ, æbo-]) प्राचिन इजिप्टमा अवस्थित नगर, प्रार्थनास्थल तथा किस्चियनहरूको तीर्थस्थल थियो। यो क्षेत्र इजिप्टको प्राचिन सहर अलेक्जेन्द्रियाबाट ४५ किलोमिटर दक्षिणपश्चिममा अवस्थित छ। अबु मिना क्षेत्रलाई युनेस्कोले सन् १९७९ मा विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो। हाल भग्नावशेषको रूपमा थोरै संरचनाहरू बाँँकी रहेको भए पनि मुख्य भवनहरूका जग स्पष्ट छुट्याउन सकिने अवस्थामा रहेका छन्।
युनेस्को विश्व सम्पदा क्षेत्र | |
---|---|
मापदण्ड | सांस्कृतिक: (iv) |
स्रोत | १८२ |
दर्जा प्राप्त | १९७९ ([२],३औं शत्र) |
हालसालै यस क्षेत्रको आसपासमा खेतिपाति सुरु गरिएका कारण जमिनमुनि पानीको सतहमा आएको परिवर्तनसँगै धेरै भग्नावशेषहरू ढल्ने तथा कमजोर भएको पाइएको छ। यो क्षेत्रलाई सन् २००१ मा खतरामा परेका विश्व सम्पदा क्षेत्रहरूको सूचीमा सूचीकृत गरिएको थियो। यहि कारणले अबु मिनाका अधिकारीहरू धेरै खतरामा परेका भग्नावशेषहरूको जग वरिपरि बालुवा राख्न बाध्य भए।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्