अन्तर्राष्ट्रिय मातृभाषा दिवस

अंतर्राष्ट्रीय दिवस

अन्तर्राष्ट्रिय मातृभाषा दिवस (अङ्ग्रेजी: International Mother language Day) फेब्रुअरी २१ मा मनाइन्छ। सन् १९५२ मा बङ्गलादेशमा मातृभाषा (बङ्गाली भाषा) बोल्न पाउनुपर्छ भनेर माग गर्ने विद्यार्थी मारिएको दिनको संस्मरणमा यो दिवस मनाइने गरिन्छ। त्यसबेला बङ्गलादेशलाई पूर्वी पाकिस्तान भनिन्थ्यो। सन् १९९९ नोभेम्बर १७ मा युनेस्कोले पनि यस दिनलाई विशेष दिनका रूपमा स्विकार गरेको थियो। पछि सन् २००० मा संयुक्त राष्ट्र सङ्घले समेत यस दिनलाई मातृभाषा दिवसका रूपमा आह्वान गरेपछि विश्वभर यो दिवस मनाउन थालिएको हो। बङ्गलादेशमा भने अहिले पनि आजको दिन राष्ट्रिय विदा दिने गरिन्छ।[१]

अन्तर्राष्ट्रिय मातृभाषा दिवस
सहिद मीनार , ढाका मेडिकल कलेज कम्पलेक्स, बङ्गलादेश स्थित सहिद स्मारक, २१ फेब्रुअरी १९५२ मा बाङ्गला (बङ्गाली) भाषाको लागि बलिदानको स्मृति।
आधिकारिक नामअन्तर्राष्ट्रिय मातृभाषा दिवस
महत्त्वभाषाहरू तथा सांस्कृतिक विविधता र बहुभाषावादको बारेमा जागरूकता बढाउनको लागि।
मिति२१ फेब्रुअरी
आवृत्तिवार्षिक
अन्तर्राष्ट्रिय मातृभाषा दिवस

समयक्रम सम्पादन गर्नुहोस्

 
अन्तर्राष्ट्रिय मातृभाषा दिवस स्मारक, आशफिल्ड पार्क, सिड्नी, अस्ट्रेलिया अनावरण समारोह, १९ फरवरी २००६
  • १९५२ : जग बसेको दिन।
  • १९९९ : युनेस्कोले फेब्रुअरी २१ लाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसको दिन घोषणा गर्‍यो।
  • २००० : अन्तर्राष्ट्रिय मातृभाषा दिवसको उद्घाटन उत्सव।
  • २००१ : दोस्रो वार्षिक उत्सव।
  • २००२ : भाषामा विविधता : ३००० भाषाहरू खतराको सूचीमा (नारा: भाषाको आकाशगङ्गामा, प्रत्येक एक शब्द तारा हुन्। )
  • २००३ : चौथो वार्षिक उत्सव।
  • २००४ : बच्चाहरूको जानकारीको लागि शिक्षा।[२]
  • २००५ : ब्रेल र सङ्केत भाषाहरू।
  • २००६ : भाषाहरू र साइबरस्पेस।
  • २००७ : बहुभाषी शिक्षा
  • २००८ : अन्तर्राष्ट्रिय भाषा वर्ष
  • २००९ : दसौ वार्षिक उत्सव
  • २०१० : मैत्री संस्कृतिको लागि अन्तर्राष्ट्रिय वर्ष।
  • २०११ : सूचना र सञ्चार टेक्नोलजी।
  • २०१२ : मातृभाषा शिक्षा तथा समावेशी शिक्षा।
  • २०१३ : मातृभाषामा शिक्षाको लागि पुस्तक।
  • २०१४ : विश्व नागरिकता लागि स्थानीय भाषा: स्पटलाइट विज्ञान।
  • २०१५ : शिक्षा मार्फत समावेश: भाषा गणना (पेरिस एउटा घटना)।
  • २०१६ : निर्देश र सिकाई परिणामको गुणस्तर शिक्षा र भाषाहरू।
  • २०१७ : बहुभाषी शिक्षा मार्फत दिगो भविष्य तिर।

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. http://www.hamropatro.com/posts/articles_events/articles_events_matribhasha_diwas मातृभाषा दिवस- हाम्रोपात्रो
  2. "Languages in Education | Education | United Nations Educational, Scientific and Cultural Organization", Portal.unesco.org, अन्तिम पहुँच २०१६-०७-०२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्