अण्डकोष
(अण्डकोशबाट अनुप्रेषित)
अण्डकोष (अङ्ग्रेजी: स्क्रौटम) पुरूषको मुख्य प्रजनन् अङ्ग हो । लिङ्गको तल एक थैली हुन्छ; थैलीको छाला खुकुलो हुन्छ । त्यो छाला गर्मीयाममा धेरै बढेर झुण्डिन्छ भने जाडो याममा खुम्चिएर सानो हुन्छ । त्यो थैली भित्र अण्डकोष हुन्छन् । यीनको मुख्य कार्य शुक्राणु र पुरूष उत्तेजित द्रवलाई बनाउनु हो ।
अण्डकोषको लम्बाई ३.५ से.मी. र चौडाईं २.५ से.मी. हुन्छ । यसमा रक्त सञ्चार कार्य धेरै हुन्छ । दुवै तिरको अण्डकोष एक नलिद्वारा जोडिएका हुन्छन् । त्यो नलिलाई वास डिफेरेन्स भनिन्छ । अर्को तिर यो अन्य ग्रन्थिसँग जोडिएको हुन्छ । त्यो ग्रन्थीलाई सेमिनाल वेसाईकल भनिन्छ ।
तस्वीर सङ्ग्रह
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा अण्डकोष सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।