धमनी

मुटुबाट शरीरमा रगत पुर्याउने नली

मुटुबाट शरीरमा रगत पुर्याउने नलीलाई धमनी भनिन्छ । धमनीका शाखाहरूलाई आर्टरिओल्स भनिन्छ । धमनिको भित्ता बाक्लो मांसपेशीले बनेको हुन्छ र यसले रगतको ठूलो चाप खप्न सक्छ । धमनीमा भल्भ हुँदैन ।