अक्सफोर्ड विश्वविद्यालय

अक्सफोर्ड विश्वविद्यालय (कानूनी रूपमा द चान्सलर, मास्टर्स एन्ड स्कलर्स अफ द युनिभर्सिटी अफ द अक्सफोर्ड) अक्सफोर्ड, अक्सफोर्डसायर, इङ्ल्यान्डमा रहेको एउटा कलेजिएट अनुसन्धान विश्वविद्यालय हो। यहाँ सन् १०६९ देखि नै अध्यापन हुँदै आइरहेको प्रमाणहरू भेटिएका छन्,[२] जसले यस विश्वविद्यालयलाई अङ्ग्रेजी-बोल्ने विश्वको सबैभन्दा पुरानो विश्वविद्यालयको तथा नियमित सञ्चालनमा रहेको विश्वको दोस्रो पुरानो विश्वविद्यालयको रूपमा चिनाउँछन्।[२][१०] यसको द्रुतदर विकास सन् ११६७ देखि भएको पाइन्छ जति बेला हेनरी द्वितीयले अङ्ग्रेज विद्यार्थीहरूलाई पेरिस विश्वविद्यालयमा भर्ना हुनबाट रोक लगाएका थिए।[२] सन् १२०९ मा विद्यार्थीहरू र अक्सफोर्ड नगरवासीहरू बीच विवास पश्चात् केही शिक्षाकर्मीहरू उत्तर-पूर्वी क्षेत्र क्याम्ब्रिज गए जहाँ उनीहरूले छुट्टै शिक्षालयको स्थापना गरे जुन क्याम्ब्रिज विश्वविद्यालय बन्यो।[११] यी दुई अङ्ग्रेजी प्राचीन विश्वविद्यालयहरूका विभिन्न समान विशेषताहरू रहेका छन् र सामूहिक रूपमा अक्सब्रिजको नामले पनि चिनिन्छन्।

अक्सफोर्ड विश्वविद्यालय
रोमन: Universitas Oxoniensis
उपनाम
द चान्सलर, मास्टर्स एन्ड स्कलर्स अफ द युनिभर्सिटी अफ द अक्सफोर्ड[१]
आदर्श वाक्यरोमन: Dominus illuminatio mea
नेपालीमा आदर्श वाक्य
The Lord is my light
प्रकारसामुदायिक अनुसन्धान विश्वविद्यालय
स्थापनाअन्दाजी १०९६; ९२८ वर्ष अघि (१०९६)[२]
इन्डोमेन्ट£६.१ बिलियन (कलेजहरू सहित) (३१ जुलाई २०१९ अनुसार)[३]
बजेट£२.४५ बिलियन (कलेजहरू बाहेक) (सन् २०१८–२०१९)[३]
कुलपतिद लर्ड प्याटन अफ बार्नेस
उप-कुलपतिलुइन रिचार्डसन[४][५]
शैक्षिक कर्मचारी
७०००+ [६]
विद्यार्थीहरू२४,५१५ (सन् २०१९) [७]
स्नातकहरू११,९५५
स्नातकोत्तरहरू१२,०१०
अन्य विद्यार्थीहरू
५४१ (सन् २०१७)[८]
स्थान,
इङ्ल्यान्ड, संयुक्त अधिराज्य

५१°४५′१८″उ॰ ०१°१५′१८″प॰ / ५१.७५५००°N १.२५५००°W / 51.75500; -1.25500निर्देशाङ्कहरू: ५१°४५′१८″उ॰ ०१°१५′१८″प॰ / ५१.७५५००°N १.२५५००°W / 51.75500; -1.25500
क्याम्पसविश्वविद्यालय नगर
रङ्गहरू  अक्सफोर्ड निलो[९]
एथ्लेटिक्सखेल सम्बन्धित निलो
सम्बन्धनहरूआइएआरयु
रुसेल समूह
युरोपियम
इयुए
सुनौलो त्रिभुज
जी५
एलइआरयु
एसइएस
युनिभर्सिटिज युके
वेबसाइटox.ac.uk

यो विश्वविद्यालय ३९ वटा अर्ध-स्वायत्त आङ्गिक क्याम्पसहरू, ५ स्थायी नीजि हलहरू, र चार वटा प्रभागमा व्यवस्थित विभिन्न शैक्षिक विभागहरूले बनेको छ।[१२] सबै कलेजहरू विश्वविद्यालय भित्र रहेका स्वशासित संस्थाहरू हुन्, जसले आफ्नो सदस्यता तथा आन्तरिक संसचना र क्रियाकलापहरूको व्यवस्थापन स्वयं गर्दछन्। सबै विद्यार्थीहरू कलेजका सदस्यहरू हुन्।[१३] यसको कुनै मुख्य क्याम्पस रहेको छैन्, र यसका भवन तथा संसाधनहरू नगर केन्द्रमा छरिएर रहेका छन्। अक्सफोर्डमा स्नातक शिक्षण साप्ताहिक रूपमा साना-समूहमा कलेजहरू र हलहरूमा ट्युटोरियलहरूको रूपमा चलाइन्छ - यो अक्सब्रिज प्रणालीको एउटा नितान्त फरक विशेषता हो। यसको अलावा केन्द्रीय विश्वविद्यालय फ्याकल्टी र विभागहरूले कक्षाहरू, लेक्चरहरू, सेमिनारहरू, प्रयोगात्मक कृयाकलाप र कहिलेकाँही थप ट्युटोरियलहरू समेत प्रदान गर्ने गर्दछन्। स्नातकोत्तर शिक्षा मुख्य रूपमा केन्द्रीय रूपमा प्रदान गरिन्छ।

अक्सफोर्डले विश्वको सबैभन्दा पुरानो विश्वविद्यालय सङ्ग्रहालय सञ्चालन गर्दछ, साथै यसले विश्वकै ठूलो युनिभर्सिटि प्रेस [१४] र सबैभन्दा ठूलो देशव्यापी शैक्षणिक पुस्तकालय प्रणाली समेत सञ्चालन गर्दछ।[१५] आर्थिक वर्षको समाप्ति २१ जुलाई २०१९ मा विश्वविद्यालयको जम्मा आय £२.४५ बिलियन थियो, जस मध्ये £६२४.८ मिलियन अनुसन्धान अनुदान र अनुबन्धहरूबाट प्राप्त भएको थियो।[३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "The University as a charity", University of Oxford, मूलबाट १२ जनवरी २०१६-मा सङ्ग्रहित। 
  2. २.० २.१ २.२ २.३ "Introduction and History", University of Oxford, मूलबाट २० अक्टोबर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अक्टोबर २०१४ 
  3. ३.० ३.१ ३.२ "Finance and funding", ox.ac.uk, अन्तिम पहुँच २०२०-०४-०३ 
  4. "Declaration of approval of the appointment of a new Vice-Chancellor", Oxford University Gazette (University of Oxford), २५ जुन २०१५, पृ: ६५९, मूलबाट ३० जुन २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ जुन २०१५  वेब्याक मेसिन अभिलेखिकरण ३० जुन २०१५ मिति
  5. "New Vice-Chancellor pledges 'innovative, creative' future for Oxford", News and Events, University of Oxford, ४ जनवरी २०१६, मूलबाट ७ जनवरी २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ जनवरी २०१६ 
  6. https://www.ox.ac.uk/about/facts-and-figures/full-version-facts-and-figures?wssl=1
  7. https://public.tableau.com/views/UniversityofOxford-StudentStatistics/AtaGlance?:embed=y&:display_count=yes&:showVizHome=no
  8. "Student Numbers", University of Oxford, University of Oxford, मूलबाट १५ सेप्टेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २ सेप्टेम्बर २०१९ 
  9. "The brand colour – Oxford blue", Ox.ac.uk, मूलबाट २४ मे २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ अगस्ट २०१३  वेब्याक मेसिन अभिलेखिकरण २४ मे २०१३ मिति
  10. Sager, Peter (२००५), Oxford and Cambridge: An Uncommon History, पृ: ३६। 
  11. "Early records", University of Cambridge, २८ जनवरी २०१३, मूलबाट ११ अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १० अक्टोबर २०१३ 
  12. "Oxford divisions", University of Oxford, मूलबाट २० अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ नोभेम्बर २०१३  वेब्याक मेसिन अभिलेखिकरण २० अक्टोबर २०१३ मिति
  13. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named CollegesandHalls
  14. Balter, Michael (१६ फेब्रुअरी १९९४), "400 Years Later, Oxford Press Thrives", The New York Times, मूलबाट २४ सेप्टेम्बर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ जुन २०११ 
  15. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named uls