परिभाषा :सम्पादन

सातकुने पात भएको, झुप्पामा फल लाग्ने, रातो वा सेतो डाँठ भएको, फूलबाट तेल निकालिने र पातचाहिँ रेसमका कीरालाई खुवाइने एक जातको बोट वा त्यसै वनस्पतिको फललाई अँडिर भनिन्छ । यसको तेल जुलाफका निम्ति प्रयोग गरिन्छ । अँडिरलाई अंग्रेजीमा Castor-Oil plant भनिन्छ । यसलाई वनस्पतिशास्त्रमा Ricinus communis Linn. भनिन्छ ।

अँडिर अथवा अंडी
Ricinus communis
अँडिरको वितरण क्षेत्र
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
उपकुल:
वंश:
उपवंश:
Ricininae
वंश:
Ricinus
प्रजाति:
R. communis
वैज्ञानिक नाम
Ricinus communis
L.

जात  :सम्पादन

मोटो खालको अँडिर हुन्छ र यसलाई वनस्पतिशास्त्रमा Jatropha curcas Linn. भनिन्छ । अर्को बेग्लै Jatropha gossipifolia Linn. वानस्पतिक नाम भएको जङ्गली अँडिर पनि हुन्छ । आयुर्वेदका प्राचीन ग्रन्थमा भने सेतो, रातो र मोटो गरी तीन किसिमका अँडिरका बारेमा चर्चा गरिएको पाइन्छ ।

संस्कृत पर्यायवाची नामहरू  :सम्पादन

आमण्ड, उत्तानपत्र, उत्तानपत्रक, उरुबु, उरुबुक, उरुबूक, एरण्ड, करपर्ण, गन्धर्वहस्तक, चञ्चु, चित्र, चित्रक, चित्रबीज, तत्कर, तरुण, दीर्घदण्ड, दीर्घदण्डक, नागकर्ण, पञ्चाङ्गुल, ब्यडम्बक, मण्ड, महापञ्चाङ्गुल, महैरण्ड, याचनक, रचङ्कुला, रक्तैरण्ड, रुचक, रुबु, रुबुक, रुबूक, लघु, वर्धमान, वर्धमानक, वातवैरी, वातारि, व्यडम्बक, व्याघ्र, व्याघ्रतर, व्याघ्रदल, व्याघ्रपुच्छ, शुक्ल, शुक्लैरण्ड, श्वेतैरड, सितैरण्ड, स्थूलैरण्ड, स्निग्ध, हस्तिकर्ण र ह्रस्वैरण्ड ।

स्वाद :सम्पादन

अँडिरमा गुलियो, पिरो, नुनिलो र तीतो स्वाद मिसिएको हुन्छ ।

आयुर्वेदमा उल्लेखित गुण ;सम्पादन

यसमा निम्नलिखित रोगहरू नाश गर्न सक्ने गुण हुन्छ–सम्पादन

  1. शूल,
  2. सुजन,
  3. पेटका रोग,
  4. ज्वर,
  5. व्रध्नरोग (त्यस्तो वातरोग जो सुजन र शूल गराएर तिघ्रा र अण्डकोशको जोर्नीबाट अण्डकोशमा जाने काम गर्दछ),
  6. दम,
  7. कफविकार,
  8. आनाह (पचेर अथवा नपची दूषित भएको मलमूत्र पेटमा रोकिएर हुने रोग),
  9. खोकी,
  10. कुष्ठरोग,
  11. पेटमाखानपिन पचेर बनेको रसमा बिकार भई हुने वातसम्बन्धी रोगहरू,
  12. वाकवाकी,
  13. रक्तविकार,
  14. पाण्डु,
  15. भ्रम हुने रोग र
  16. अरुची

यसले निम्न लिखित अङ्गहरुको दुखाई नाश गर्दछ–सम्पादन

  • कम्मर,
  • तल्लोपेट (वस्ति),
  • टाउको र
  • पेट ।

अँडिरको पातको ओखती :सम्पादन

अँडिरको पातले वातविकार, कफविकार, कीरा र मूत्रकृच्छ्र रोग (पिसाबले च्याप्ने तर गर्न खोज्दा थोपा थोपा मात्र हुने रोग) नाश गर्दछ । अँडिरका कमला पातले विशेषतः गुल्म (वात, कफ, पित्त आदिका विकारबाट पेटभित्र वायुको गोला जम्ने रोग, वायुरोग, गानुगोला),  तल्लोपेटको शूल र सात किसिमका अण्डकोष वृद्धिका रोग समेत ठिक गर्दछ ।

अँडिरको फल :सम्पादन

अँडिरको फलले गुल्म, शूल, वातविकार, फियोका रोग, पेटका रोग र अल्काई ठिक गर्दछ ।  यसले जठराग्निलाई (पाचनशक्ति) तिब्ररूपले बाल्दछ । फलले दिसा खुकुलो पार्दछ तथा वातजन्य, कफजन्य र पेटसम्बन्धी रोगलाई नाश गर्दछ ।

सेतो अँडिर पारो प्रशोधनमा समेत उपयोगी हुन्छ ।

अँडिरको बेफाइदा :सम्पादन

अँडिर गर्मी गर्ने र पचाउन कठिन हुने गुणको हुन्छ । अँडिरको पातले पित्त र रगतलाई दूषित बनाउँदछ ।

अँडिरको तेलसम्पादन

स्वाद  : अँडिरको तेल तिक्खर, टर्रो, तीतो, पिरो, स्वादिलो र पचेपछि गुलियो हुन्छ ।

गुण : यो लेस्याइलो, सूक्ष्म, अती रसायनी र अति नै दीपनी (आम वा खाएको कुरा पचेर बनेको रसलाई नपचाउने तर पाचनशक्तिलाई बाल्ने) हुन्छ ।

फाइदा : अँडिरका तेलका निम्नलिखित फाइदाहरू बताइएको छ–

  • दीपन (आम वा खाएको कुरा पचेर बनेको रसलाई नपचाउने तर पाचकाग्निलाई बाल्ने),
  • वीर्यवर्धक,
  • छालाका लागि हितकर,
  • उमेरलाई स्थिर राख्ने,
  • दिमागको ग्रहा गर्ने क्षमता (मेधा) बढाउने,
  • शरीरको कान्ति बढाउने,
  • बलदायक,
  • योनि शुद्ध पार्ने,
  • शुक्र शुद्ध पार्ने,
  • विषमज्वर नाशक,
  • मुटुका रोग नाशक,
  • वातविकार नाशक,
  • पेटका रोग, नाशक,
  • आनाह नाशक,
  • गुल्म नाशक,
  • अष्ठीला (मूत्राशयमा गाँठा पलाएर मूत्रत्यागमा अवरोध हुने एक रोग (प्रोस्टेट ग्ल्याण्ड) नाशक,
  • कमर नचल्ने रोग नाशक,
  • वातरक्त (हातगोडाका औँला वा अरु भागका जोर्नी सुनिई दुख्ने रोग) नाशक,
  • कब्जियत नाशक,
  • व्रध्न, नाशक,
  • सुजन नाशक,
  • पेटमाखानपिन पचेर बनेको रसमा बिकार भई हुने वातसम्बन्धी रोगहरू नाशक,
  • विद्रधि (गुदद्वार, वस्ति, नाभि, कोखा, तिघ्राका जोर्नी, मिर्गौला, मुटु, कलेजो, फियोमा पैदा भएर कालान्तरमा फुट्ने खटिरा विशेष) नाशक,
  • कीराजन्य विकार नाशक,
  • सबै अङ्गका शूल नाशक र
  • कुष्ठरोग नाशक हुन्छ ।

पेट सफा गर्नुपर्दा यसको तेल खुवाई दिसा लगाउने गरिन्छ ।


बेफाइदा :

अँडिरको तेल गर्मी गर्ने, पित्तविकार बढाउने, पचाउन कठिन र गनाउने गुणको हुन्छ । विज्ञको परामर्श बिना अँडिरको अन्धाधुन्ध प्रयोग गर्न हुँदैन ।

सन्दर्भ ग्रन्थ :सम्पादन

  1. नेपाली बृहत् शब्दकोश,
  2. अमरकोश,
  3. भावप्रकाश निघण्टु,
  4. द आयुर्वेद इन्साइक्लोपेडिया, स्वामी सदाशिव तिर्थ,
  5. राज निघण्टु,
  6. मदनपाल निघण्टु,
  7. अनलाइन संस्कृत नेपाली शब्दकोश, के.यन.स्वामी

चित्र दिर्घासम्पादन

यो पनि हेर्नुहोस्सम्पादन