नेपाल भलिबल सङ्घको वार्षिक कार्यक्रम अन्तर्गत तेस्रो एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप प्रतियोगिता भदौं २८ देखी सुरू भएको छ । असोज ३ सम्म चल्ने प्रतियोगितामा पुरुष तर्फ ११ र महिला तर्फ १० टोलीले प्रतिस्पर्धा गर्ने बुधबार, भदौ १३ गते पत्रकार सम्मेलनमा नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्र बहादुर चन्दले बताउनु भएको थियो ।
प्रतियोगिताको विजेता पुरुष तथा महिला खेलाडीले १ लाख २५ हजार, उपविजेताले ७० हजार, तेस्रोले ५० हजार पाउनेछ । प्रतियोगितालाई मुख्य प्रायोजन
गरेको ट्रिनिटी कलेजले च्याम्पियनसिपको विजेता पुरुष र महिला क्लबको पुरस्कार प्रदान गरेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई जनही १५ हजार, उत्कृष्ट वेस्ट ब्लकर, सेटर, स्पाइकर, लिबेरो र सर्भरले जनही ५ हजार पाउनेछन । विधागत रूपमा उत्कृष्ट हुने खेलाडीलाई सञ्जय स्मृती प्रतिष्ठानले प्रायोजन गरेको छ ।