२०७३ एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको फाइनल

तेस्रो एनभिए कप

राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको उपाधि न्यु डायमन्ड एकेडेमी र हेल्प नेपाल क्लबले उपाधी जितेका छन् ।

महिलातर्फको खेलमा नैकापको न्यु डायमन्ड एकेडेमीले विभागीय टोली नेपाल प्रहरीलाई ३–० को सोझो सेटमा पराजित ग¥यो भने हेल्प नेपालले त्रिभुवन आर्मी क्लबलाई ३–० कै सोझो सेटमा हरायो ।

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन भएको च्याम्पियनसिपमा न्यु डायमन्ड एकेडेमीले पुलिसलाई २५–१८, २५–१४ र २५–१८ को सोझो सेटमा पराजित गरेको हो । पुलिस टोलीमा राष्ट्रिय खेलाडीको बाहुल्यता भए पनि न्यु डायमन्डले एकपक्षीय रूपमा खेल जित्यो । डायमन्डलाई जिताउन प्रतिभा माली,ललिता नाथकृपा अधिकारीले उत्कृष्ट खेल खेले । प्रतिभाले स्पाइकबाट २९, ब्लकबाट २ र सर्भिसबाट ४ महत्त्वपूर्ण अङ्क बटुलिन । त्यसैगरी कप्तान ललिता नाथले स्पाइकबाट ३ र ब्लकमा २ अङ्क जोड्न सफल भइन् । पुलिसकी कोपिला उप्रेतीले स्पाइकबाट ८ र ब्लकबाट एक अङ्क जोडेपनि टोलीलाई जित दिलाउन पर्याप्त भएन ।

त्यसैगरी पुरुषतर्फको फाइनल खेलमा भारतीय खेलाडीको बाहुल्यता रहेको हेल्प नेपाल क्लबले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई २५– २१, २७–२५ र २५–१७ को सोझो सेटमा हरायो । हेल्प नेपाललाई उपाधि दिलाउन शुभम् चौधरीले स्पाइकबाट २६ अङ्क बटुले । आर्मीका नरेन्द्र गिरीले स्पाइकबाट १६ र मानबहादुर श्रेष्ठले स्पाइकबाट ८ र ब्लकबाट २ अङ्क जोडे पनि टोलीलाई विजयी बनाउन सकेनन् ।

त्यसैगरी तेस्रो स्थानका लागि भएको महिलातर्फको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले टप्स पश्चिमाञ्चललाई २५–२१, २५–१४ र २५–१२ को सोझो सेटमा पराजित गर्यो । टप्स पश्चिमाञ्चलकी मञ्जु गुरुङ र अरुणा शाही जम्न नसक्दा एपीएफले सहज विजय प्राप्त गर्यो । त्यसैगरी पुरुषतर्फको तेस्रो स्थानको खेलमा विभागीय टोली एपीएफले पश्चिमाञ्चललाई ३–२ को सेटमा हरायो । एपीएफले २५–२३, १९– २५, २५–१९, २९–३१ र १५–६ को सेटबाट हरायो । नेपाल भलिबल संघको वार्षिक क्यालेन्डरअनुसार भएको प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन भएको थियो । प्रतियोगितामा पुरुषतर्फ १२ टोली र महिलातर्फ ९ टोलीको सहभागिता रहेको थियो ।

प्रतियोगिताको पुरुष तथा महिलातर्फको उपाधि बिजेता न्यु डायमन्ड र हेल्प नेपालले ट्रफीसहित नगद १ लाख २५ हजार रूपैयाँ प्राप्त गरे भने उपविजेता नेपाल पुलिस क्लव र नेपाली सेनाले नगद ७०/७० हजार रूपैयाँ प्राप्त गरे । त्यसैगरी प्रतियोगितामा तेस्रो स्थान हासिल गरेका एपीएफका महिला तथा पुरुष टोलीले ५०/५० रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा महिलातर्फ न्यु डायमन्ड एकेडेमीकी प्रतिभा माली र पुरुषतर्फ हेल्प नेपालका शुभम् चौधरी उत्कृष्ट खेलाडी घोषित भए । उनीहरूले १५/१५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । त्यसैगरी महिलातर्फ सेटरमा न्यु डायमन्डकी कृपा अधिकारी, डिफेन्समा न्यु डायमन्डकै सलिना श्रेष्ठ उत्कृष्ट घोषित भइन् भने स्पाइकरमा नेपाल पुलिसकी कोपिला उप्रेती र वेष्ट सर्भरमा टप्स पश्चिमाञ्चलकी अरुणा शाही उत्कृष्ट भए ।

त्यसैगरी पुरुषतर्फ बेष्ट स्पाइकरमा नेपाली सेनाका नरेन्द्र गिरी, सेटरमा हेल्प नेपालका विकास चौधरी, ब्लकमा हेल्प नेपालकै शुभे सिंह, डिफेन्समा हेल्प नेपालका मोहन पुन र सर्भरमा सेनाका मानबहादुर श्रेष्ठ घोषित भए । विधागत रूपमा उत्कृष्ट हुनेले जनही ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्मा, महासचिव जितेन्द्रबहादुर चन्दलगायतले पुरस्कृत गरे ।

फाइनल तालिक सम्पादन गर्नुहोस्

प्रतिस्पर्धा(महिला/पुरूष) वर्ष टिम १ नतिजा टिम २ स्थान
पुरूष २०१६(२०७३-०६-०३) हेल्प नेपाल भलिबल क्लब  Y (३-०) त्रिभुवन आर्मी भलिबल टिम  N राष्ट्रिय खेलकुद परिषद् (राखेप) कबर्डहल
महिला २०१६(२०७३-०६-०३) न्युडायमण्ड भलिबल क्लब  Y (३-०) नेपाल आर्मी भलिबल टिम  N राष्ट्रिय खेलकुद परिषद् (राखेप) कबर्डहल[१]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

स्रोत सम्पादन गर्नुहोस्

  1. Ujyalo Nepal भदौ ३, एनभिए कप राष्ट्रिय भलिबल न्यु डायमन्ड र हेल्प नेपालले जित