२०२३ ओडिशा रेल दुर्घटना

भारतीय राज्य ओडिशामा सन् २०२३ जुन २ एक मालबाहक रेल गाडी, १२८४१ कोरमण्डल एक्सप्रेस१२८९४ एसएमभिटी बेङ्गलोर-हावडा सुपरफास्ट एक्सप्रेस एकआपसमा ठोक्किएर दुर्घटनाग्रस्त भएका थिए।[५][६] यस घटनामा हालसम्म २८८ जनाको मृत्यु भइसकेको छ भने करिब ९०० जना घाइते भएका छन्।[७][१][८] यो दुर्घटना भारतमा अहिलेसम्मकै सबैभन्दा घातक रेल दुर्घटनाहरू मध्येको एक हो।[९][१०]

ओडिशा रेल दुर्घटना
नक्सा
रेल दुर्घटनाग्रस्त स्थान
विवरण
मिति२ जुन २०२३ (2023-06-02)
बेलुकी ०७:०० भामास (१३:३० युटिसी)[१]
स्थानबहानगा बजार रेलवे स्टेसन नजिक, बालासोर, ओडिशा
निर्देशाङ्क२१°२०′१७″उ॰ ८६°४५′५२″पू॰ / २१.३३८०६°N ८६.७६४४४°E / 21.33806; 86.76444निर्देशाङ्कहरू: २१°२०′१७″उ॰ ८६°४५′५२″पू॰ / २१.३३८०६°N ८६.७६४४४°E / 21.33806; 86.76444
देशभारत
सञ्चालकभारतीय रेलवे
घटना प्रकारपटरीबाट बाहिरिनु, दोहोरो ठक्कर
कारणअनुसन्धानको क्रममा; सिगनल त्रुटिको कारण इलेक्ट्रोनिक इन्टरलकिङमा परिवर्तन[२]
तथ्याङ्क
रेल३ रेल
मृत्यु२८८[३]
घाइते१,१७५+[४]

दुर्घटना सम्पादन गर्नुहोस्

 
ओडिशा रेल दुर्घटना

सन् २०२३ जुन २ मा स्थानीय समय अनुसार लगभग बेलुकी ७ बजे [११] भारतको पूर्वी राज्य ओडिशाको बालासोर जिल्लाको बहानगा बजार रेलवे स्टेसन नजिकै हावडा-चेन्नई मुख्य लाइनमा दुईवटा यात्रुवाहक रेलहरू ठोक्किएका थिए। यस घटनामा २८८ जनाको ज्यान गएको थियो भने अन्य ९०० भन्दा बढी यात्रुहरू घाइते भएका थिए।[१२][१३][१४] पहिलो रेल पटरीबाट बाहिरिएको अनुमान गरिएको छ र यसका केही डिब्बा पल्टिएर विपरित ट्रयाकमा पुगेको थियो र दोस्रो रेलसँग ठोक्किन पुगेको थियो।[१५] दुर्घटनामा एउटा मालगाडी पनि ठोक्किएको थियो।[१६]

यात्रुवाहक रेल्वे १२८४१ कोरोमण्डल एक्सप्रेस (शालिमार र एमजिआर चेन्नई सेन्ट्रल बीच) र १२८६४ एसएमभिटी बेङ्गलोर-हावडा एसएफ एक्सप्रेस (एसएमभिटी बेङ्गलोर-हावडा बीच) एकआपसमा जुधेका थिए।[१७][१८]

प्रतिक्रिया सम्पादन गर्नुहोस्

भारतीय रेलवे तथा ओडिशापश्चिम बङ्गालका सरकारहरूले घटना लगत्तै हेल्पलाइन नम्बरहरू जारी गरेका थिए। ओडिशाका मुख्य सचिव प्रदीप जेनाका अनुसार उद्धारका लागि एनडीआरएफ (National Disaster Reaction Response Force) को ३ इकाइ, ४ ओडीआरएएफ युनिट, १५ भन्दा धेरै दमकल, १०० डाक्टर, २०० प्रहरी र २०० एम्बुलेन्स परिचालन गरिएको थियो। थप चारवटा एनडीआरएफ टोली दुर्घटनास्थलतर्फ गइरहेको बताइएको छ। स्थानीय बस कम्पनीले घाइते यात्रुलाई ओसारपसारमा सहयोग गरेका छन्।[१९][२०] स्थानीय जनताले यात्रुहरूलाई पानी उपलब्ध गराए र सम्भव भएसम्म यात्रीहरूको सामान निकाल्न मद्दत गरे।[२१]

परिणाम सम्पादन गर्नुहोस्

 
प्रधानमन्त्री नरेन्द्र मोदीले ३ जुन २०२३ मा दुर्घटना स्थलको भ्रमण गरेका थिएँ

रेलवेले मृतकका परिवारलाई १० लाख, गम्भीर घाइतेहरूलाई ₹ २ लाख र सामान्य घाइतेहरूलाई ₹ ५० हजार क्षतिपूर्ति प्रदान गर्ने घोषणा गरेको छ। साथै, प्रधानमन्त्री राष्ट्रिय राहत कोष ( PMNRF) बाट मृतकका परिवारलाई ₹ २ लाख र घाइतेहरूलाई ₹ ५० हजार दिइनेछ।[२२][२३]

दुर्घटना पछि, ४९ रेल रद्द गरियो र ३८ रेल अर्को रुटमा डाइभर्ट गरियो।[२४][२५] जुन ३ मा निर्धारण गरिएको मुम्बई CSMT-मडगाउँ वन्दे भारत एक्सप्रेसको उद्घाटन पनि रद्द गरियो।[२६]

यस घटनापछि ओडिशाका मुख्यमन्त्री नवीन पटनायकले एक दिने राजकीय शोकको घोषणा गरेका छन्।[२७]

प्रतिक्रिया सम्पादन गर्नुहोस्

 
प्रधानमन्त्री नरेन्द्र मोदीले बालासोरको एक अस्पतालमा दुर्घटनामा परी घाइते भएकाहरूलाई भेटेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन्।[२८] केन्द्रीय गृहमन्त्री अमित शाहले घटनालाई "अत्यधिक विचलित" भएको बताए।[१६]

ओडिशापश्चिम बङ्गाल राज्यका मुख्यमन्त्रीहरूले घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्।[२९][३०]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ Dash, Jatindra; V, Abinaya (३ जुन २०२३), "At least 261 dead in India's worst train accident in over two decades", Reuters (अङ्ग्रेजीमा), मूलबाट ३ जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ जुन २०२३ 
  2. Soutik Biswas and Adam Durbin (४ जुन २०२३), "India train disaster: Signal fault the likely cause, minister says", BBC News, अन्तिम पहुँच ४ जुन २०२३ 
  3. Yasir, Sameer (२०२३-०६-०४), "India Vows Punishment for Those Responsible for Deadly Train Crash", New York Times, अन्तिम पहुँच २०२३-०६-०४ 
  4. "Train Crash: PM Promises Stringent Action Against Guilty; Death Toll Mounts To 288", State Times News, ४ जुन २०२३, अन्तिम पहुँच ४ जुन २०२३ 
  5. "Odisha train accident: A look back at the nearly identical 1998 Khanna rail disaster" 
  6. "Odisha train mishap: A look at some of the biggest railway accidents in India" 
  7. "Toll in Odisha train tragedy reaches 280, many still trapped", India Today 
  8. "Coromandel express accident live: Death toll in Odisha train accident rises to 237", The Times of India (अङ्ग्रेजीमा), २०२३-०६-०३, मूलबाट ३ जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०६-०३ 
  9. "Odisha train accident: A look back at the nearly identical 1998 Khanna rail disaster" 
  10. "Odisha train mishap: A look at some of the biggest railway accidents in India" 
  11. "India train crash death toll surpasses 230, estimated 900 injured", Aljazeera (अङ्ग्रेजीमा), ३ जुन २०२३, मूलबाट २ जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ जुन २०२३ 
  12. "India train crash: More than 280 dead after Odisha incident", BBC, ३ जुन २०२३, मूलबाट २ जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जुन २०२३ 
  13. "Photos: 70+ killed, over 600 injured in Balasore triple train crash in Odisha", Hindustan Times (अङ्ग्रेजीमा), ३ जुन २०२३, मूलबाट २ जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जुन २०२३ 
  14. "Coromandel express accident live: Train accident in Odisha leaves over 200 dead, 900 injured", The Times of India (अङ्ग्रेजीमा), ३ जुन २०२३, मूलबाट ३ जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ जुन २०२३ 
  15. "Odisha three-train accident: 288 dead in India’s worst train tragedy since 1995; survivors recount horrors" 
  16. १६.० १६.१ "India train crash: More than 280 dead after Odisha incident", BBC, ३ जुन २०२३, मूलबाट २ जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जुन २०२३ 
  17. "Several trains cancelled after railway accident in Odisha", The Times of India, २ जुन २०२३, आइएसएसएन 0971-8257, मूलबाट २ जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जुन २०२३ 
  18. "India train crash: More than 230 dead after Odisha incident", BBC News (en-GBमा), २०२३-०६-०२, मूलबाट २ जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०६-०३ 
  19. "Rescue Teams At Odisha Train Crash Site, Ops To Last 3 More Hours: Official", NDTV.com, मूलबाट २ जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जुन २०२३ 
  20. "India train crash: More than 280 dead after Odisha incident", BBC, ३ जुन २०२३, मूलबाट २ जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जुन २०२३ 
  21. Sharma, Ashok (२ जुन २०२३), "More than 200 killed and 900 hurt after 2 trains derail in India; hundreds still trapped in coaches", AP News (अङ्ग्रेजीमा), मूलबाट २ जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ जुन २०२३ 
  22. "Odisha tragedy: What we know so far after accident involving three trains", Hindustan Times (अङ्ग्रेजीमा), २ जुन २०२३, मूलबाट २ जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जुन २०२३ 
  23. "Coromandel express accident live updates: Death toll in Odisha train accident rises to 237; railway minister orders high-level probe", Times of India, ३ जुन २०२३, मूलबाट ३ जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ जुन २०२३ 
  24. "Odisha train tragedy: 49 trains cancelled, 38 diverted after Coromandel, Bengaluru-Howrah Express trains derail", The Times of India, ३ जुन २०२३। 
  25. "18 Trains Cancelled, 7 Diverted After Big Train Accident In Odisha", NDTV.com, मूलबाट २ जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जुन २०२३ 
  26. "Flagging off function of Goa-Mumbai Vande Bharat Express cancelled following Odisha train tragedy", The Times of India, २ जुन २०२३, आइएसएसएन 0971-8257, मूलबाट २ जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जुन २०२३ 
  27. "Odisha train accident: CM Naveen Patnaik declares one-day state mourning", Hindustan Times (अङ्ग्रेजीमा), २०२३-०६-०३, अन्तिम पहुँच २०२३-०६-०३ 
  28. "PM Modi Announces Rs 2 Lakh For Families Of Odisha Accident Victims", NDTV.com, मूलबाट २ जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०६-०३ 
  29. "Odisha train accident: Bengal government announces measures to aid passengers and kin in distress", www.telegraphindia.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०६-०३ 
  30. "Coromandel Express accident Live Updates: PM Modi to visit Odisha accident site today, will meet injured at Cuttack hospital", The Indian Express (अङ्ग्रेजीमा), २०२३-०६-०२, मूलबाट ३ जुन २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०६-०३