होलिडे आइक्यु डटकम
होलिडे आइक्यु डटकम भारतको पहिलो र सबैभन्दा ठूलो एक अनलाइन यात्रा समुदाय र जानकारी वेबसाइट हो जुन प्रयोगकर्ताहरूद्वारा उत्पन्न गरिएका सामग्रीहरूद्वारा सञ्चालित छ। यात्रा जानकारीहरू समीक्षा, तस्वीर, श्रव्य दृश्यहरू र अन्तर्क्रियात्मक यात्रा मञ्चहरू सहित सामग्रीको विविध प्रकारका माध्यमबाट उत्पन्न हुन्छ। सीधा कुनै अग्रिम भुक्तानको समर्थन नगर्ने यो यात्रा आयोग होइन। यो यात्रा भण्डार हो जसले यात्रुहरूलाई होटल सञ्चालक, यात्रा सञ्चालक र अनलाइन यात्रा आयोगहरूलाई जोड्दछ। यस कम्पनीको प्रधान कार्यालय भारतको एक प्रमुख व्यापारीक केन्द्र बेङ्गलोरमा रहेको छ।[१][२]
व्यवसाय प्रकार | सार्वजनिक |
---|---|
उद्योग | यात्रा |
स्थापित | सन् २००४ |
स्थापनाकर्ता | हरि नायर |
केन्द्रीय कार्यालय | बेङ्गलोर, भारत |
मुख्य व्यक्ति | विष्णु कतरा (सञ्चालन अधिकारी) |
मूल सङ्गठन | लिजर एण्ड लाइभष्टाइल इन्फर्मेसन सर्भिसेस निजी लिमिटेड |
वेबसाइट | http://www.holidayiq.com/ |
विवरण
सम्पादन गर्नुहोस्होलिडे आइक्यु डटकम लिजर एण्ड लाइफ ष्टाइल इन्फरमेसन सर्भिसेस प्राइभेट लिमिटेडको स्वामित्वमा रहेको छ। यात्रा जानकारी पोर्टल हुनुको साथ साथै कम्पनीले भारतमा होटल सञ्चालक र यात्रन आयोगहरूका लागि पनि उत्पादनहरू सृजना गर्दछ।[३][४]
यात्री अन्तर्दृष्टिको आधारमा, वेबसाइटले वेबसाइटमा आगन्तुकहरूलाई जानकारी प्रदान गर्दछ। बेङ्गलोरमा प्रधान कार्यालय रहेको, हलिडेआईक्यु डटकमका कार्यालयहरू दिल्ली, मुम्बई र कलकत्तामा पनि रहेका छन्। [५] होलिडेआइक्यु डटकमले उपभोक्ताहरूसँग कुनै लेनदेन राख्दैन। यसले यात्रीहरूलाई यसको यात्रा साझेदारहरूका माझ जोड्दछ र राजस्व कमाउनको लागि 'प्रति खोज लागत' व्यवसाय नमूनामा कार्य सञ्चालन गर्दछ। कम्पनीका प्रमुख वित्तीय अधिकारी विष्णु कतरा हुन्। हलिडेआईक्यु डटकमले ६०,००० भन्दा बढी भारतीय होटल र २५,००० भारतीय गन्तव्यहरूको बारेमा जानकारी प्रदान गर्दछ।
इतिहास
सम्पादन गर्नुहोस्सन् २००४ मा, हलिडेआईक्यु डटकमका संस्थापक र प्रमुख कार्यकारी अधिकृत हरि नायरले यस संस्थाको स्थापना गरेका थिए। सन् २००४ देखि, कम्पनीले टाइगर ग्लोबल म्यानेजमेण्ट र एक्सेल पार्टनर्सबाट कोषको रूपमा रकम प्राप्त गरेको थियो।[६]
होलिडेआइक्यु डटकम, सिङ्गापुरमा आधारित यात्राका लागि खोजी कम्पनी विगोसँग समायोजित भएको थियो। तथापि सन् २०१३ मा, यी दुई कम्पनीहरू छुट्टिएका थिए।[७]
लोकप्रियता
सम्पादन गर्नुहोस्सिमिलर वेब
सम्पादन गर्नुहोस्नोभेम्बर २०१९ सम्म, सिमिलर वेबको तथ्याङ्कका अनुसार, यो विश्वव्यापी सर्वाधिक लोकप्रिय वेबसाइटहरूको सूचीमा ३,००९अौँ स्थानमा रहेको छ भने भारत यसको क्रम ८६ र जसमा यसको उछाल दर २८.६७% रहेको छ।[८]
अलेक्सा इन्टरनेट
सम्पादन गर्नुहोस्नोभेम्बर २०१९ सम्म, अलेक्सा इण्टरनेटको तथ्याङ्कका अनुसार, यो विश्वव्यापी सर्वाधिक लोकप्रिय वेबसाइटहरूको सूचीमा २,४५१अौँ स्थानमा रहेको छ भने भारत यसको क्रम १२९अौँ रहेको छ।[९]
पुरस्कारहरू
सम्पादन गर्नुहोस्सन् २०१४, रेड हिएरिङ एसिया:उत्कृष्ट १०० विजेताहरू [१०]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ HolidayIQ CEO on the firm's merger and demerger with Wego, latest round of funding and future plans - Techcircle.in - India startup news, internet, mobile, e-commerce, software, online businesses, technology news, funding. भिसि सर्कल, अन्तिम पहुँच मिति: २९ अक्टोबर २०१४
- ↑ Tiger Global, Accel invest in HolidayIQ वेब्याक मेसिन अभिलेखिकरण २०१६-०९-०८ मिति द इकोनोमिक टाइम्स, अन्तिम पहुँच मिति २९ अक्टोबर २०१४
- ↑ Self catering one's holidays वेब्याक मेसिन अभिलेखिकरण २०१५-१०-२६ मिति. selfcatering-scotland.net, अन्तिम पहुँच मिति:२९ अक्टोबर २०१४
- ↑ Tiger Global, Accel invest in HolidayIQ वेब्याक मेसिन अभिलेखिकरण २०१६-०९-०८ मिति, द इकोनोमिक टाइम्स, अन्तिम पहुँच मिति: २९ अक्टोबर २०१४
- ↑ [url=/2012-11-01/goa/34856235_1_hotel-reviews-goa-remo-fernandes HolidayIQ to launch 'hiq!PAD' for tourism in Goa] द टाइम्स अफ इण्डिया, अन्तिम पहुँच मिति: २९ अक्टोबर २०१४
- ↑ Tiger Global, Accel invest in HolidayIQ वेब्याक मेसिन अभिलेखिकरण २०१६-०९-०८ मिति. द इकोनोमिक टाइम्स, अन्तिम पहुँच मिति: २९ अक्टोबर २०१४
- ↑ HolidayIQ De-Merges From Wego, Raises Money; What It Needs To Do. मिडिया नामा, अन्तिम पहुँच मिति: २९ अक्टोबर २०१४
- ↑ सिमिलर वेब, "होलिडे आइक्यु डटकमको विश्लेषण तथा विवरणहरू", अन्तिम पहुँच २९ कात्तिक २०७६।
- ↑ अलेक्सा इण्टरनेट, "होलिडे आइक्यु डटकमको विवरण, प्रतिस्पर्धी तथा विश्लेषण", अन्तिम पहुँच २९ कात्तिक २०७६। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०७-२८ मिति
- ↑ "सन् २०१४ रेड हियरिङ एसिया: शीर्ष १०० विजेताहरू", रेड हियरिङ, अन्तिम पहुँच २९ अक्टोबर २०१४।