हुतराम वैद्य बागमती नदी संरक्षणमा लागेका कृषि इञ्जिनियर एवम् संरक्षणविद् हुन्। वि.सं. २००७ मा भारतको इलाहाबाद विश्वविद्यालयबाट कृषि इन्जिनियरिङ गरेका हुतराम वैद्य मुलुककै पहिलो कृषि इञ्जिनियर हुन् । १४ वर्षसम्म कृषि विभागमा काम गरेका उनले[१] नेपालमा बहुवर्षीय धानबाली[२] भित्र्याएका थिए । बागमती सफाइ अभियानका अभियन्ता वैद्यले बागमती सभ्यता बचाउन जीवनभर क्रियाशिल थिए । उनका वातावरण र बागमती सम्बन्धी १० वटा पुस्तक प्रकाशित छन् ।[१]

बाल्यकाल सम्पादन गर्नुहोस्

हुतरामको जन्म नेपालकै पहिलो डाक्टर रत्नदास वैद्यका कान्छा छोराको रूपमा भएको थियो ।[२]

निधन सम्पादन गर्नुहोस्

हुतराम वैद्यको ९४ वर्षको उमेरमा २०७० पुस ९ बिहान ७ बजे निधन भएको हो। फोक्सोमा समस्या देखिएपछि अस्पतालमा भर्ना भएका वैद्यको काठमाडौंस्थित नर्भिक अस्पतालमा निधन भयो ।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ "संरक्षणविद हुतराम वैद्य रहेनन्", हिमालखबर, ९ पुस २०७०, अन्तिम पहुँच १० पुस २०७० 
  2. २.० २.१ "पहिलो कृषि वैज्ञानिक हुतराम वैद्यको निधन", नागरिक न्युज डटकम, ९ पुस २०७०, अन्तिम पहुँच १० पुस २०७०