केतुके
केतुके अर्थात क्यातुके वा हात्तीबार लाई अङ्ग्रेजीमा सेन्चुरी प्लान्ट (century plant) वा अमेरिकन अलो (American aloe) भनेर चिनिन्छ । केतुके एक किसिमको काँडादार वनस्पति हो। यसका ठूलठूला काँडादार पात हुन्छन् । हात्तीलाई समेत छेक्न सक्ने भएकाले यसलाई हात्तीबार भनिएको हो । कतै कतै यसलाई केतु र केतुकी पनि भनिएको सुनिन्छ । यसको पातलाई ढुङ्गामा चुटेर पानिमा गलायो भने बलियो रेशा निस्किन्छ । त्यो रेशा विभिन्न काममा प्रयोग हुन्छ ।
केतुके | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | वनस्पति |
प्राकृतिक समूह: | फूल फुल्ने वनस्पति |
प्राकृतिक समूह: | एकदलीय वनस्पति |
गण: | एस्पारागेल्स |
परिवार: | Asparagaceae |
उपपरिवार: | Agavoideae |
वंश: | Agave L., 1753[१] |
प्रजाति: | A. americana
|
वैज्ञानिक नाम | |
Agave americana L., 1753[१] |
यो बोट रोपेको १५ वर्षसम्म सजिलै रहने गर्दछ । रूख सानो, पात धेरै र ठूला हुने अनि धेरै टाढा टाढासम्म यसका जरा फैलने र जरा औषधीमा समेत प्रयोग हुने भएकाले पनि यो धेरै उपयोगी मानिन्छ । २ सय ५० देखि ७ हजार ५ सय मिलिलिटरसम्म वर्षा हुने स्थानमा खेती नै गर्न सकिने केतुकेको जरा सेवन गर्दा रोकिएको दिशा, पिसाब खुल्ने, महिलाहरूको महिनाबारी नियमित हुने र छिनछिनमा बेहोस हुने खालका रोगहरू निको हुने विस्वास गरिन्छ । [२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Agave americana L.", Germplasm Resources Information Network, United States Department of Agriculture, २००५-०५-२३, अन्तिम पहुँच २०१०-०१-१२।
- ↑ बहुउपयोगी हात्तीबार लोपोन्मुख, घनश्याम गौतम