श्यामल
हरिहर अधिकारी (जन्म: वि.सं. २०१६ पौष ३०) एक नेपाली पत्रकार तथा साहित्यकार हुन्।[१][२] उनी 'श्यामल' को नामले परिचित रहेका छन्।[३]
श्यामल | |
---|---|
जन्म | हरिहर वि.स. २०१६ साल पौष ३० गन्मगाउँ पगनाथ, दैलेख |
पेशा | साहित्य, पत्रकारिता, सामाजिककार्य |
भाषा | नेपाली |
राष्ट्रियता | नेपाली |
नागरिकता | नेपाली |
शिक्षा | साहित्यमा स्नातकोत्तर |
विधा | कविता, निबन्ध |
उल्लेखनीय कार्यहरू | निबन्ध सङ्ग्रह रित्तो गाउँका लेखक |
उल्लेखनीय पुरस्कारहरू | राष्ट्रिय प्रतिभा पुरस्कार २०५५ |
अभिभावकहरू | उदयराम अधिकारी (पिता) कलावती अधिकारी (माता) |
जीवनी
सम्पादन गर्नुहोस्हरिहर अधिकारीको जन्म दैलेखको गन्मगाउँ पगनाथमा पिता उदयराम अधिकारी र माता कलावती अधिकारीको कोखबाट भएको थियो।
साहित्य तथा पत्रकारिता
सम्पादन गर्नुहोस्तीसको दशकदेखि पत्रकारिता र साहित्यलेखनमा सक्रिय श्यामलको पत्रकारिता भने ‘मातृभूमि’ पत्रिकाबाट सुरू भएको हो । करिब चारदशकबाट वैचारिक एवम् प्रगतिवादी साहित्यका माध्यमद्वारा समग्र नेपाली समाजको रूपान्तर गर्ने अभियानमा सक्रिय श्यामलको प्रमुख विधा भने कविता र निबन्ध नै हो । साहित्यलेखन, पत्रकारिता तथा समाजरूपान्तरणको अभियानका अभियान्ता श्यामले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) मा विशेषज्ञ सेवा दिइसकेका छन् ।
हरिहर अधिकारीले राष्ट्रिय, अन्तर्राष्ट्रिय विकास परियोजना सञ्चालन गरेर संस्थाका लागि विकास व्यवस्थापन तथा क्षमता विकास परामर्शदाता, प्रशिक्षक, अनुवादक, सहजकर्ताको भूमिका पनि निर्वाह गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयबाट नेपाली भाषा र साहित्यमा स्नातकोत्तर गरेका श्यामलले ‘रूपरेखा’ मासिक, ‘प्रख्यात’ साहित्यिक मासिक, ‘घोषणा’, ‘दृष्टि’ (साप्ताहिक), ‘प्रतिपक्ष’ (साप्ताहिक), ‘नयाँ पत्रिका’ र ‘सौर्य’ (दैनिक)मा सम्पादक तथा सल्लाहकार सम्पादकको रूपमा कार्य गरेका थिए ।
सम्मान तथा पुरस्कारहरू
सम्पादन गर्नुहोस्साहित्य तथा पत्रकारितामा विशिष्ट योगदान गरे वापत श्यामलले प्राप्त गरेका सम्मान तथा पुरस्कारहरू
- राष्ट्रिय प्रतिभा पुरस्कार २०५५
- साझा प्रकाशनबाट गरिमा सम्मान २०६४
- अग्निशिखा पत्रकारिता पुरस्कार २०६६
- साहित्य सन्ध्या पुरस्कार २०७३
प्रकाशित पुस्तकहरू
सम्पादन गर्नुहोस्- कविता सङ्ग्रहहरू
- लयब्रह्म
- हतारमा यात्रा
- निबन्ध सङ्ग्रहहरू
- रित्तो गाउँ
सन्दर्भ सामाग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "राससको अध्यक्षमा श्यामल, नेपाल टेलिभिजनमा विष्ट", nepalkhabar, अन्तिम पहुँच २०१९-०५-२१।[स्थायी मृत कडी]
- ↑ "राससको अध्यक्षमा हरिहर अधिकारी ‘श्यामल’ नियुक्त", News of Nepal (अङ्ग्रेजीमा), २०१८-०६-१४, अन्तिम पहुँच २०१९-०५-२१।
- ↑ "श्यामल", nepal.ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०१९-०५-२१। वेब्याक मेसिन अभिलेखिकरण २०१७-११-२२ मिति