सेल्फी डाँडा सुरुङ्गा

ह्याप्पील्यान्ड फनपार्क अर्थात् सेल्फी डाँडाको नामले प्रसिद्ध यो झापा जिल्लाको कनकाई नगरपालिका–३ स्थित ह्याप्पील्यान्ड फनपार्क आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र हो । यो सुरुङ्गा बजारदेखि एक किलोमिटर उत्तरतर्फ चार बिघा क्षेत्रफलमा बनेको छ । यहाँ दैनिक ५०० देखि एक हजारसम्म आन्तरिक पर्यटक आउने गरेका छन् । [१] फनपार्कमा माटोको ढिस्को उठाएर निर्माण गरिएको सेल्फी डाँडाले पर्यटकलाई बढी आकर्षित गर्ने गरेको छ । पार्कमा आइसफल टावर, पानीको फोहोरा, बगैचा र बाल उद्यान निर्माण गरिएको छ । यहाँ हात्ती, बाघ, गैँडालगायतको प्रतिमा पनि राखिएको छ । पार्कभित्र रहेको मिनी चिडियाखानामा विभिन्न चराचुरुङ्गी र वन्यजन्तु राखिएको छ । पार्कभित्र चार कट्ठा जग्गामा कृत्रिम पोखरी निर्माण गरिएको छ । यहाँ निर्माण गरिएको आकाशे पुलमा फोटो खिच्नेको घुइँचो लाग्छ । शनिवार र चाडपर्वमा अत्यन्त भीड लाग्छ यहाँ भारत बङ्गलादेश र भूटानबाट पर्यटक घुम्न आउने गरेका छन् ।[१][२]

ह्याप्पी ल्यान्ड फनपार्क
देश नेपाल
अञ्चलमेची अञ्चल
जिल्लाझापा जिल्ला

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "अनलाइन खबर" (Nepaliमा), Online khabar, २०७५ भदौ १५, अन्तिम पहुँच २७ अक्टोबर २०१८ 
  2. "Aahakhabar" (नेपालीमा), Aahakhabar, २०७५ भदै १५, अन्तिम पहुँच २८ अक्टोबर २०१८  वेब्याक मेसिन अभिलेखिकरण १४ जुन २०२० मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्