सुजानगर उपजिल्ला

बङ्गलादेशको राजशाहीमा उपस्थित उपजिल्ला

सुजानगर बङ्गाली: সুজানগর बङ्गलादेशको उत्तरी भागमा पर्ने जिल्ला पाबना जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ।[२]

सुजानगर
সুজানগর
सुजानगर is located in बङ्गलादेश
सुजानगर
सुजानगर
बाङ्लादेशको नक्शामा सुजानगर उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: २३°५५′उ॰ ८९°२६′पू॰ / २३.९१७°N ८९.४३३°E / 23.917; 89.433निर्देशाङ्कहरू: २३°५५′उ॰ ८९°२६′पू॰ / २३.९१७°N ८९.४३३°E / 23.917; 89.433
देश बङ्गलादेश
विभागराजशाही विभाग
जिल्लापाबना जिल्ला
क्षेत्रफल
 • जम्मा३३४.४ किमी (१२९.१ वर्ग माइल)
जनसङ्ख्या
 (सन् १९९१[१])
 • जम्मा२१४,१३२
 • घनत्व६४०/किमी (१७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटसुजानगर उपजिल्लाको आधिकारिक नक्शा

भूगोल सम्पादन गर्नुहोस्

सुजानगर बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २३°४८' देखि २४°००' उत्तर अक्षांश र ८९°२३' देखि ८९°३८' पूर्वी देशान्तरणमा अवस्थित छ। सुजानगर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३३४.४० वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई साँथिया उपजिल्लाले उत्तर, राजबाडी सदरपाङ्शा उपजिल्लाले दक्षिण, बेडा उपजिल्लाले पूर्व, पाङ्शापाबना सदर उपजिल्लाले पश्चिमबाट घेरेको छ। पद्मा, आत्राई, गाजनमर बिल, जिदल बिल, महेसखोलर बिल आदि यस उपजिल्लाको प्रमुख नदिहरू हुन्।

जनशाङ्खिकि सम्पादन गर्नुहोस्

बङ्गलादेश राष्ट्रिय जनगणना अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या २५११९२ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १३०७५७ छ भने महिलाको जनसङ्ख्या १२०४३५ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १४०५७४ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १०५७०, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ४४ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ४ रहेको छ। यस उपजिल्लामा पहाडी, मुण्डा, आदि जनजातिका मानिस बसोबास गर्छन्। यस उपजिल्लामा ३०४ मस्जिद, ५८ हिन्दु मन्दिर र १ चिहान रहेका छन्। सुजानगर जामे मस्जिद, सतबाडीया जामे मस्जिद, दुलाई चौधरी बाडी जामे मस्जिद, सागरकान्दीमा रहेको हजरत शाह महताव उदिनको चिहान, शिदेश्वरी काली मन्दिर आदि यस उपजिल्लाका केही लोकप्रिय धार्मिक स्थलहरू हुन्।[३]

अर्थतन्त्र सम्पादन गर्नुहोस्

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, जुट, उखु, तोरी, लसुन, प्याज तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, कटहर, केरा, लिची, मेवा, भुइँकटर, खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, तेल उद्योग, बिस्कुट कारखाना, इट्टा उद्योग, फलाम उद्योग तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया लसन, प्याज, सारी, लुङ्गी, गम्छा, चामल, आँप तथा मौसमी तरकारी तथा अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका आलसको तेल, जुट र तिल पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ३५ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा ३९ माछापालन केन्द्र, १२८ दुग्ध सङ्कलन केन्द्र तथा १८ कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६१.१७% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै २.८९% मजदुरी, उद्योग ५.९५%, वाणिज्यमा १२.७३%, सञ्चार र यातायातमा २.७१%, निर्माण क्षेत्रमा ०.९५%, सुविधा ५.७२%, धार्मिक सेवा ०.१७%, वैदेशिक रोजगारी ०.४१% र अन्य ७.३०% रहेका छन्।

प्रशासन सम्पादन गर्नुहोस्

प्रशासकीय सजानगर थानाको स्थापना सन् १८७२ मा भएको थियो भने सन् १९८३ मा दिन यसलाई उपजिल्लामा परिणत गरिएको थियोे। हाल यस उपजिल्लामा १० सङ्घ परिषद्, १९५ मौजा/महल्ला र १९७ गाउँहरू रहेका छन्।[४]

शिक्षा सम्पादन गर्नुहोस्

यस उपजिल्लाको कुल साक्षरता दर ३६.७% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४०.१% छ भने महिलाको साक्षरता दर ३३% रहेको छ। यस उपजिल्लामा ७ क्याम्पस, ३३ माध्यमिक विद्यालय, १३६ प्रथमिक विद्यालय, ७ बाल उद्दान केन्द्र र ६ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; सतबाडीया क्याम्पस (सन् १९६६), खालिलपुर उच्च विद्यालय (सन् १९०१), दुलाई उच्च विद्यालय (सन् १९६७), दुर्गापुर सरकारी उच्च माध्यमिक विद्यालय, रानीनगर सरकारी उच्च विद्यालय, उतल सदिक् फजिल मदरसा (सन् १९१५) आदि।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (১৬ ডিসেম্বর ২০১৪), "এক নজরে সুজানগর উপজেলা", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার। 
  2. সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, सम्पादक (सन् २०१२), "सुजानगर उपजिल्ला", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 
  4. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्