सिराइचुली
सिराइचुली चितवन जिल्लाको इच्छाकामना गाउँपालिका वडा नम्बर १ हात्तिवाङ, काउलेमा अवस्थित चितवन जिल्लाको सबैभन्दा अग्लो पहाडी शिखर हो।[१] सिराइचुलीको उचाई एक हजार ९४५ मिटर रहेको छ भने यहाँबाट गौरीशङ्कर, धौलागिरी, लाङटाङ, रोल्वालिङ, मनास्लु लगायतका हिमाल तथा नेपालको दक्षिणी भेग तराई क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ रमेशकुमार पौडेल, "झुल्के घाम हेर्न सिराइचुली", कान्तिपुर दैनिक (नेपालीमा), अन्तिम पहुँच २२ साउन २०८१।
- ↑ "ओझेलमा चितवनको सिराइचुली" (नेपालीमा), अन्तिम पहुँच २२ साउन २०८१।