सप्तर्षि तारामण्डल पृथ्वीको उत्तरी गोलार्धको आकाशमा रातमा देखिने तारामण्डल हो। यो फाल्गुन–चैत देखि श्रावण–भाद्र महिनासम्म आकाशमा सात ताराको समूह को रुपमा देख्न सकिन्छ । यसमा चार ताराहरू वर्गमा र तीनवटा विकर्ण रेखामा बस्छन्। यी ताराहरूलाई काल्पनिक रेखासँग जोड्दा प्रश्न चिन्ह (?) को आकार प्रतीत हुन्छ। यी ताराहरूको नामाकरण प्राचीन कालका सात ऋषिहरूको नामबाट छ। यी क्रमशः क्रतु, पुलह, पुलस्त्य, अत्री, अंगिरस, वशिष्ठमरिची हुन्।

सप्तर्षि तारामण्डल
कालो रातमा आकाशमा सप्तर्षि नक्षत्रका सात तारा
धार्मिक ग्रन्थहरूमा पृथ्वी भन्दा माथिका सबै लोकहरू

यसलाई आकाशमा डोरीसँगै उड्ने चङ्गाको आकार पनि मान्न सकिन्छ। यदि अर्को दुई ताराहरूलाई जोड्ने रेखा सीधा उत्तर दिशामा विस्तार गरिन्छ भने, यो ध्रुव तारामा पुग्छ। दोस्रो शताब्दी ईस्वीमा टोलेमीले बनाएका ४८ तारामंडलहरूको सूचीमा पनि यो नक्षत्र समावेश गरिएको थियो।

अन्य भाषाहरू

सम्पादन गर्नुहोस्

अंग्रेजीमा सप्तर्षिको नक्षत्रलाई "उर्सा मेजर" (Ursa Major), "ग्रेट बियर" (Great Bear) वा "बिग बियर" (Big Bear) भनिन्छ - जसको अर्थ "ठूलो भालु" हो। यसलाई अमेरिकाक्यानडामा "बिग डिपर" (Big Dipper) अर्थात ठूलो डाडु पनि भनिन्छ। चीनमा यसलाई "पे-तेऊ" भनिन्छ।

सप्तर्षि नक्षत्रमा कुल ९३ ताराहरूलाई बायर नाम दिइएको छ, जसमध्ये १३ वटा गैर-सौर ग्रहको वरिपरि परिक्रमा गरिरहेको पाइएको छ। यस नक्षत्रका मुख्य सात ताराहरू यस प्रकार छन्-

नाम अंग्रेजी नाम बायर नाम चमक
( परिमाण )
दूरी
( प्रकाश वर्ष )
क्रतु दुभे (Dubhe) α UMa १.८ १२४
पुलह मेराक (Merak) β UMa २.४ ७९
पुलस्त्य फेक्दा (Phecda ) γ UMa २.४ ८४
अत्री मेग्रेज (Megrez ) δ UMa ३.३ ८१
अंगिरस Alioth ε UMa १.८ ८१
वसिष्ठ मिजार (Mizar ) ζ UMa २.१ ७८
मारिची अल्काइड (Alkaid) η UMa १.९ १०१

सप्तर्षि तारामण्डल ध्रुव ताराको परिक्रमा २४ घण्टामा पूरा गर्छ। यसको पहिलो दुई तारा सधैं ध्रुव ताराको सिधा रेखामा देखिन्छन्। प्राचीन कालमा जब दिशा जान्नको लागि कुनै उपकरण थिएन, तब ध्रुव ताराको सहायताले नै दिशाको ज्ञान हुन्थ्यो।

सप्तर्षि तारामण्डलमा धेरै आकाशगंगाहरू पनि भेटिएका छन्। ती मध्ये मेसिये-81 भनिने सर्पिल आकाशगंगा हो, जुन आकाशको सबैभन्दा चम्किलो ग्यालेक्सीहरू मध्ये एक हो। यस नक्षत्रको क्षेत्रमा मेसिये-82 नामक ग्यालेक्सी पनि छ, जसलाई यसको आकारको कारणले सिगार ग्यालेक्सी पनि भनिन्छ। यहाँ पृथ्वीबाट २.५ करोड प्रकाश-वर्ष टाढा रहेको चक्री ग्यालेक्सी (पिनव्हील ग्यालेक्सी) छ। सप्तर्षि तारामण्डलमा जम्मा ५० वटा आकाशगंगा देखिएका छन् । []

धार्मिक ग्रन्थ सप्तर्षि मण्डल

सम्पादन गर्नुहोस्

हिन्दू धर्ममा विष्णु पुराणका अनुसार कृतक त्रैलोक्य - भूः, भुवः और स्वः – यी तीन संसारलाई एकसाथ कृतक त्रैलोक्य भनिन्छ। सप्तर्षि तारामण्डल शनि मण्डलबाट एक लाख योजना माथि छ ।

सप्तर्षि मण्डल सात ऋषिहरू (मरिची, अत्री, अंगिरा, पुलाह, क्रतु, पुलस्त, वशिष्ठ) को नामबाट नामाकरण गरिएको हो।

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "Ursa Major, Constellation Boundary वेब्याक मेसिन अभिलेखिकरण २०१३-०६-०५ मिति". The Constellations. International Astronomical Union. Retrieved 16 August 2015.